Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

खुलामञ्चबाट विप्लवले भने– केपीलाई महाकाली र प्रचण्डलाई कर्णालीको चिसोपानीमा डुबाउनुपर्छ

काठमाडौं, १ फागुन । नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई महाकाली र प्रधानमन्त्री प्रचण्डलाई कर्णालीको चिसोपानीमा डुबाउनुपर्ने चेतावनी दिएका छन् । मोहन वैद्यसँग विभाजित भएपछि पहिलो पटक आयोजित पार्टी महाधिवेशनको काठमाडौको खुलामञ्चमा आइतबार उद्घाटन गर्दै विप्लवले ओली र प्रचण्ड दुवै चटकी भएको आरोप लगाए । विप्लवको प्रश्नः प्रचण्डको सम्पति तीन तोला कि तीन तला ? प्रमुख राजनीतिक तीनै दलका नेताहरुविरुद्ध आक्रामक भाषण गरेका विप्लवले प्रचण्डको सम्पत्ति विवरणप्रति पनि ब्यंग्य गरे । ‘प्रचण्डले आफ्नो सम्पति किन लुकाउनु पर्यो,’ विप्लवले प्रश्न गरे, ‘प्रचण्डको सम्पत्ति तीन तोला हो कि तीन तला ?’ ढुंगेललाई अपराधी बनाउन खोजियो माओवादी महासचिव विप्लवले जनयुद्धका घटना ब्युँताएर नेता कार्यकर्तालाई अपराधी बनाउन प्रचण्डले नै खोजेको आरोप लगाए । ‘प्रचण्डले चाहेमा जनयुद्धको घटनालाई निरुपण गर्न सकिन्छ’ उनले भने, ‘प्रचण्डले नै ढुंगेललाई किन अपराधी बनाउन खोज्दैछन् ?’ माओवादीमा भाइरस पस्यो विप्लवले जनयुद्ध गरेर शहर पसेको माओवादीमा भाइरस परेको टिप्पणी गरे । माओवादी बालुवाटार पसेपछि रोगले गस्त भएको भन्दै उनले प्रचण्डप्रति ब्यंग्य गरे । उनले भाइरस हटाउन अहिले प्रचण्ड गल्ली गल्ली हिडेको टिप्पणी गरे । सरकारप्रति निकै आक्रामक देखिएका विप्लवले फाइदाका लागि अहिलेको सरकारले देश बेच्न पनि तयार हुने आरोप लगाए । जस्तापाता बेच्ने मन्त्रीलाई खाल्डो खनेर पुर्नुपर्छ नेता विप्लवले भूकम्पका बेला जस्तापाता बेच्ने मन्त्री र सांसदलाई खाल्डो खनेर पुर्नुपर्ने उद्घोष गरे । ‘भूकम्पपीडितको विचल्ली हुँदा सरकार रमिते बनेर बसेको छ’, उनले भने, ‘भूकम्पकाबेला जस्ता पाता बेच्ने मन्त्रीलाई ४० फिटको खाल्डोमा पुर्नुपर्छ ।’ घैंटेको बजेट पचाउन गगनको भाषण विप्लवले कांग्रेसका युवा नेता तथा स्वास्थ्यमन्त्री गगन थापालाई पनि स्वास्थ्यको बजेट पचाएको आरोप लगाए । ‘स्वास्थ्य क्षेत्रको अवस्था लथालिंग छ’, उनले भने, ‘घैंटेको बजेट पचाउन गगन थापा बागबजारमा भाषण गर्दै हिड्छन् ।’ युद्धका लागि तयार रहन अपिल नेता विप्लवले युवाहरुलाई युद्धका लागि तयार रहन अपिल पनि गरे । युवा पंक्तिहरुलाई विदेश नजान आग्रह गर्दै विप्लवले युद्धमा होमिनुपर्ने बेला आएको बताए । आवश्यक परे युद्ध लड्न तयारी हुनुपर्ने भन्दै युवालाई तयारी अवस्थामा रहन पनि उनले आग्रह गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending