Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

देउवा राजनीतिले प्रहरीमा भाँडभैलो

\"\" काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अडानले गर्दा नेपाल प्रहरीभित्र कचिंगल मच्चिएको छ । देउवाकै दबाबमा सरकारले आइतबार नेपाल प्रहरीको महानिरीक्षक (आईजी) तेस्रो बरियताका जयबहादुर चन्दलाई नियुक्त गरेको थियो । आईजीपीका लागि चन्दसहित नवराज सिलवाल, प्रकाश अर्याल, बमबहादुर भण्डारी लाइनमा थिए । ती मध्ये चन्द तेस्रो बरियताका हुन् । बरियता मिचेर आईजी नियुक्त गरिए विवाद हुने भन्दै कांग्रेसकै नेता तथा गृहमन्त्री बिमलेन्द्र निधिले पनि त्यसको विरोध गरेका थिए । तर आसन्न निर्वाचनलाई लक्षित गर्दै देउवाले बैतडीलाई आईजी नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिए । उनले चन्दलाई आईजी नबनाएर सत्ता ढाल्नेसम्मको चेतावनी दिएर प्रचण्डलाई अप्ठेरोमा पारेपछि सरकारले आइतबार अपरान्ह ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक पनि हतारहतार आइतबार विहान नौ बजे नै बोलाइएको थियो । बरिष्ठता मिचेर आईजीपी नियुक्त गर्न खोजिएको भन्दै शुक्रबार अधिवक्ता कपिलदेव भट्टले हालेको रिटमाथि सर्वोच्चले आइतबार सुनुवाई गर्ने भएपछि कार्यालय नखुल्दै मन्त्रिपरिषद् बैठकले चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । बरिष्ठता मिचेर आईजीपी नियुक्त गरिएको यो पहिलो घटना भने होइन । तत्कालिन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका बेला गृहमन्त्री भएका देउवाले २०४८ मा मोतिलाल बोहरालाई महानिरीक्षक बनाएका थिए । देउवाकै प्रभावमा एमाले नेता बामदेव गौतम गृहमन्त्री भएकाबेला पनि २०६५ मा रमेश चन्द ठकुरीलाई बरियता मिचेर महानिरीक्षक बनाइएको थियो । विवादस्पद बोहरा र ठकुरी दुवै छानबिनमा परेका थिए । अहिले पुनः कांग्रेस सभापति देउवाले आगामी चुनावमा बुथ कब्जा गर्ने योजनाका साथ तेस्रो बरियताका चन्दलाई आईजीपी नियुक्त गर्न सरकारलाई दिएको दबाबका कारण प्रहरी संरचनाभित्र भाँडभैलो मच्चिएको छ । बरियताका आधारमा प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख नवराज सिलवाल सर्वोच्च पुगेका छन् भने उनी सर्वोच्च जानुअघि नै दायर रिटको फैसला गर्दै सर्वोच्चले चन्दलाई आईजीपी नियुक्तको निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दिएको छ । नियुक्तिको विवाद र सर्वोच्चको फैसलापछि सोमवार अवकास पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एआईजी दिनेशचन्द्र पोखरेल कार्यवाहक सुम्पिने तयारी गरेको स्रोतको भनाइ छ । पोखरेल प्रहरी अस्पतालका प्रमुख छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending