Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

नारायणकाजीको निवास पुगेर प्रचण्डसँग ओलीले भने, ‘जे भयो–भयो अब पहिलेकै बाटोमा फर्कौ’

[caption id=\"attachment_99993\" align=\"alignnone\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडौँ, २९ माघ । सरकार परिवर्तनसँगै बिग्रिएको प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार खानासहितको छलफल भयो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको पहलमा भएको उक्त छलफलबाट निर्वाचनको मिति समेत तय भयो । बैठकपछि सहभागी माओवादी र एमालेका नेताहरुले नै छलफल सकारात्मक भएको प्रतिक्रिया दिए । संविधान संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता भएपछि प्रचण्डको मुख समेत हेर्न मन नलागेको बताएका ओली प्रचण्डसँग खाना समेत सँगै खाएर छलफल जुट्न सहमत हुनुको रहस्य अर्कै रहेको खुलेको छ । छलफलमा सहभागी एक नेताका अनुसार एमाले अध्यक्ष केपी ओलीले माओवादी र एमाले मिल्नुको विकल्प नभएको उल्लेख गरेका थिए । संविधान संशोधन र आगामी निर्वाचनका विषयमा छलफल गर्न बसेको बैठकमा प्रचण्डले पनि अन्तत एमाले र माओवादीबीचको एकता र सहकार्यको विकल्प नभएको बताएका थिए । ‘ओलीजीले अहिलेको परिस्थितीलाई बिफ्रिङ गर्दै विगतकै बाटोमा फर्किनुपर्ने धारणा राखेका थिए, प्रचण्डजीले पनि अन्तरालमा माओवादी प्रचण्डबीचको एकता र सहकार्यको विकल्प नभएको बताउनुभएको थियो’ खबडबलीसँग छलफलमा सहभागी एक नेताले भने । ती नेताका अनुसार प्रचण्ड नेतृत्वको सरकार ढाल्न दिनरात छलफलमा जुटेका ओलीले प्रचण्डसँग मिलेर जानुपर्ने प्रस्ताव समेत अघि सारेका छन् । भारतीय राजदूतलाई विराटनगर पुगेर सरकार ढाल्न सहयोग मागेका ओलीले प्रचण्डसँग मिलेर जानुपर्ने प्रस्ताव गरेको स्रोत बताउँछन् । तर एमाले नेता भीम रावलले भने छलफल सकारात्मक भए पनि एमाले र माओवादी मिल्नुपर्ने विषयमा कुरा नभएको बताए । ‘अहिलेको समस्या समाधानका निम्ति दलहरु एकठाउँमा उभिुनपर्छ भन्ने कुरा भएको हो, अनि एमाले र माओवादीबीचको दूरी बढाउनुहुन्न त्यसलाई विस्तारै घटाउनुपर्छ, कार्यकर्ताले एमाले र माओवादीबीच सहकार्य र एकता चाहेका छन्, भन्नेसम्मको कुरा भएको हो तर अध्यक्ष ओलीज्युले पुरानै बाटोमा फर्किने कुरा गर्नुभएको छैन’ एमाले–माओवादीको सत्ता गठबन्धन भत्किनु सबैभन्दा ठूलो दुर्भाग्य भएको भन्दै सरकार भत्किनुको कारणबारे समेत समीक्षा भएको बताइएको छ । ‘हाम्रै सरकार ठीक थियो, अब जे भयो भयो पहिलेकै बाटोमा फर्कौ’ ओलीले प्रचण्डलाई भनेका थिए । तर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने तत्काल पुरानो बाटोमा फर्किने सम्भावना नरहेको जवाफ दिएका छन् । ‘पुरानै बाटोमा फर्कौ भन्नाले तपाईले माओवादी एमालेकै गठबन्धमा सरकार बनाऔँ भन्न खोज्नुभएको होला, म पूर्वसहमतिभन्दा बाहिर जान सक्दिन, यो अहिले सम्भव छैन’ प्रचण्डले भनेका थिए । छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकार निर्वाचनको मिति घोषणाको तयारीमा रहेकाले प्रतिपक्षीको तर्फबाट आफूले सकारात्मक सहयोगको अपेक्षा गरेको बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending