Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

‘गर्लफ्रेन्ड’ ‘ब्वायफ्रेण्ड’ भेट्टाइदिने रुख !

\"\" अन्तर्राष्ट्रिय जगतमा युवा पुस्तामा निकै लोकप्रिय भ्यालेन्टाइन डे अर्थात प्रणय दिवस केही वर्षयता नेपाली युवापुस्तामा पनि लोकप्रिय बन्दै गएको छ । हरेक वर्षको फेब्रअरी १४ तारिखका दिन भ्यालेन्टाइन डे मनाइने भए पनि त्यसको एक साताअघिदेखि नै उत्सव मनाउने गरिएको छ । इशापूर्व २६९ तिर रोमका पूजारी सन्त भ्यालेन्टाइनको प्रेम प्रसंगलाई लिएर नै विश्वका विभिन्न मुलुकमा भ्यालेन्टाइन डे मनाउने गरिएको छ । विभिन्न ठाउँमा विभिन्न किसिमले प्रणय दिवस मनाउनको चलनकाबीच भारतको एक कलेज अनौठो किमिसले भ्यालेन्टाइन डेको अवसरमा ‘गर्लफ्रेन्ड’ ‘ब्वायफ्रेण्ड’ एउटा रुखको पूजा गर्ने गरिन्छ । भारतको नयाँ दिल्लीस्थित दिल्ली युनिभर्सिटीको हिन्दु कलेजमा एउटा किकरको रुख छ । त्यस रुखलाई विद्यार्थीहरु ‘भर्जिन ट्री’ भन्ने गर्छन् । युवा युवतिहरुका लागि प्रेमको केन्द्र मानिने यो रुखको ‘भ्यालेन्टाइन डे’ (प्रणय दिवस)का दिन विशेष पूजा गर्ने गर्दछन् । प्रणय दिवसका दिन अर्थात फेब्रुअरी १४ मा यो रुखको पानीले भरिएको रातो बेलुन तथा कण्डमले सजाउने गरिन्छ । रुखलाई सजाउनुका साथै विद्यार्थीहरुले ‘दमदमी माई’को फोटो पनि सजाउने गर्दछन् । कुनै बलिउड नायिकालाई दमदमी माई बनाउँने गर्दछन् । ती नायिकाको फोटो पनि रुखमा सजाउने गर्दछन् । पूजा गरेको ६ हप्तामा ‘गर्लफ्रेण्ड’ वा ‘ब्वायफ्रेण्ड’ ! कलेजका विद्यार्थीहरुकाबीच यो पूजाका अनौठो मान्यता छ । भ्यालेन्टाइन डेमा गरिने उक्त पूजाको जो सहभागी भइ प्रसाद लिन्छन्, उसलाई ६ हप्ताभित्र ‘गर्लफ्रेण्ड’ वा ‘ब्वायफ्रेण्ड’ मिल्ने विश्वास विद्यार्थीहरुले गर्ने गरेका छन् । यदि कोही भर्जिन छ भने एक वर्षभित्र उसको भर्जिनिटी पनि भंग हुने मन्यता पनि रहेको छ । सन् २०१५ को प्रणय दिवसमा मोडल तथा बलिउड नायिका लिसा हेडनलाई ‘दमदमी माई’ बनाएको थियो भने सन् २०१४ मा नायिका दीपिका पादुकोणलाई दमदमी माईको संज्ञा दिइएको थियो । कसरी मनाउन थालियो भ्यालेन्टाइन डे ? इशापूर्व २६९ तिर रोमका पूजारी सन्त भ्यालेन्टाइन प्रेममा परेका थिए । जेलमै बस्दा जेलरकी छोरीसँग उनको प्रेम बस्यो । प्रेमविरोधी राजाद्वारा स्थापित जेलमै उनले प्रेम साटासाट गरे । मृत्युदण्डको सजायसँगै फाँसीको अघिल्लो दिन उनले आफ्नी प्रेमिकालाई भावविह्वल प्रेमपत्र लेखे । त्यसपछि भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइयो । उनलाई फेब्रुअरी १४ का दिन मृत्यु दण्डा दिइएको थियो । खुला प्रेमको चुनौती दिँदै मृत्युवरण गरेका कारण सोही दिन हरेक वर्ष भ्यालेन्टाइन डे मनाउने गरिएको किंवदन्ती छ । रोममा राजा क्लाउडियस द्वितीयको शासनकालमा रोमन युवालाई प्रेममा पर्न र विवाह गरेर घरजम गर्न निषेध गरिएको थियो । उनी युद्ध गरेर रोमन साम्राज्य विस्तार गर्ने आफ्नो अभीष्ट पूरा गर्न सैनिक र राज्यका युवालाई प्रेम तथा विवाहबाट टाढा राख्न चाहन्थे । आफ्नी श्रीमती, सन्तान र प्रेमीको प्रेमका कारण युद्धमा जाँदैनन् भन्ने सोच राजाको थियो । उनले रोमका चर्चहरूमा विवाह गराउनेलाई सजाय दिने उर्दी नै जारी गरेका थिए । सैनिक र युवालाई जस्तै चर्चका पूजारी भ्यालेन्टाइनलाई यस निर्णयले विचलित तुल्याएको कारण १४ फेब्रुअरीलाई प्रणय दिवसका रुपमा मनाउने चलन चलेको मानिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending