Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

सीमा नाका भएर चेलीबेटी ओसारपसार बढ्दो

भीमदत्तनगर, २८ माघ  । कञ्चनपुरको झलारी नगरपालिकाका १६ वर्षीया रामवती बोहरा (नाम परिवर्तन) लाई ज्वाइँ नाता पर्ने प्रकाश मगरले आर्थिक प्रलोभनमा पारेर भारतको मुम्बई पुर्‍याए। मुम्बईको कोठीमा पुगेपछि रामवती एक भारतीय ग्राहकसँगै भागेर भारतकै जवलपुर पुगिन् । अलपत्र परेका उनलाई भारतीय प्रहरीले महिला तथा मानवअधिकारका क्षेत्रमा क्रियाशील संस्थामार्फत माइती नेपाल कञ्चनपुरलाई बुझायो। रामवती जस्तै यहाँका अन्य चेली पनि यसरी नै पश्चिमी नाका गड्डाचौकी भएर भारतका विभिन्न ठाउँमा बेचिने गरेका छन् । चालु आवको आठ महिनामा कञ्चनपुरको विभिन्न सीमाक्षेत्रबाट भारतलगायत तेस्रो मुलुक जान लागेका १०५ चेलीको उद्धार गरिएको छ। आव २०७२ /0७३ मा १ सय ५६ जना तथा आव २०७१/0७२ मा प्रहरीले सीमा नाकाबाट ९८ चेलीलाई घर फर्काएको तथ्याङ्क छ। भूकम्पपछि रोजगारीका महिला तथा बालबालिकालाई विभिन्न बहानामा भारत तथा तेस्रो मुलुक पुर्‍याउने क्रम बढ्दै गएको छ । “रोजगारी छैन, भारतमा काम गर्न जान लागेका भन्छन्,” जिल्ला प्रहरी कार्यालयअन्र्गत महिला सेलका सपना ऐरी चौधरीले भनिन् – “खुल्ला सीमा भएका कारण रोक्न गाह्रो हुने गरेको छ।” पछिल्लो समय सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लाका चेलीलाई रोजगारीका बहानामा भारत हुँदै तेस्रो मुलुक पुर्‍याउने दलाल सक्रिय भएका छन्। “हामीले शङ्कास्पद अवस्थामा भेटिएकालाई मात्रै सीमामा नियन्त्रणमा लिने हो,” उनले भने। भारतका विभिन्न सहर जाने सवारी साधनमाथि समेत निगरानी बढाउँदै आएको उनले बताए। निगरानी र सुरक्षा सतर्कता बढाउन सके केही मात्रामा चेलीबेटी ओसारपसारमा कमी आउन सक्छ। “उद्धार गरिएका प्रायः भारतहुँदै पैसा कमाउने प्रलोभनमा परी तेस्रो मुलुकतर्फ जाने रहेका छन्,” ऐरीले भने। वैदेशिक रोजगारका नाउँमा चेलीलाई बेचबिखनका लागि लैजाने सञ्जाल मुलुकका दूरदराजका साथै भारतको राजधानी दिल्लीसम्म सक्रिय छन्। सीमा कटेपछि दलाललाई चहेको ठाउँसम्म पु¥याउन कुनै कठिनाइ हुँदैन। माइती नेपाल, कञ्चनपुरले सन् २०१६ मा पश्चिमी नाका गड्डाचौकी भएर लैजाँदै गरेको अवस्थामा ३३८ चेलीको उद्धार गरेको छ। माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्ला अदालतमा सात र चितवनमा एक गरी आठवटा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका मुद्दा चलिरहेको जानकारी दिए। “भारतभन्दा पनि तेस्रो मुलुक जाने चेलीको बढी उद्धार गरिएको छ,” उनले भने “इजरायल, दुबइ, कुवेत, कतारलगायत मुलुक जानेको सङ्ख्या अत्यधिक छ ।” तीन सय ३८ जनामध्ये २१ जना दुबइ, १२ जना कुवेत, ११ जना किर्गिस्तान र १० जना इराक जान खोजेका पाइएको माइती नेपालका संयोजक भट्टले बताए। “मानव ओसार पसार रोक्न सुरक्षा सतर्कता बढाउनतर्फ सरकार गम्भीर हुनु पर्छ,” उनले भने। सन् २०१६ को उद्धार तथ्याङ्क हालसम्मकै उच्च हो । माइती नेपालले सीमामा मात्रै नभएर भारतका विभिन्न सहरबाट समेत १३ जना चेलीको उद्धार गरी आफन्तको जिम्मा लगाएको छ । “भारतमा दलाल नेपाली चेलीलाई तेस्रो मुलुक पठाउन बढी सक्रिय रहेका पाइन्छ,” भट्टले भने । तेस्रो मुलुक जाने प्रायः चेलीसित कुनै कागजपत्र हुँदैन । “राहदानी समेत नरहेको पाइयो,” उनले भने – “दलालले तेस्रो मुलुकमा बढी आम्दानी हुन्छ भनेर परामर्श गरेर लग्ने गरेका छन् ।” भारतीय सीमा सुरक्षा र अन्य निकायबाट पनि मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि सहयोग पाउने गरेको उनको भनाइ छ । “सीमामा प्रहरीमात्रै भएर पुग्दैन,” संयोजक भट्टले भने– “राज्यले सीमामा चेलीबेटी बेचबिखन नियन्त्रण गर्न छुट्टै निकाय स्थापना गर्नुपर्छ ।” त्यसैगरी काठमाडौँ–दिल्ली, पोखरा–दिल्लीसम्म सञ्चालनमा आएको लामो दूरीका बसमार्फत दलाललाई पछिल्लो समय सहज भएको उनी बताउँछन्। हाल कञ्चनपुरमा सुरक्षा संयन्त्रका साथै माइती नेपाल, थ्री एन्जेल, साना हातलगायत संस्था मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा सक्रिय छन् । सीमामा उद्धार हुने र आफन्तको जिम्मा लगाउने काम भए पनि मानव बेचबिखनमा संलग्नलाई कानुनी दायरामा ल्याउन निकै चुनौतीपूर्ण रहेको भट्ट बताउँछन्। “मुख्य दलाल त भेटाउनै गाह्रो छ,” उनले भने – “ओसारपसारको जिम्मा पाएका व्यक्ति मात्रै समातिएका घटना छन् ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending