Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

सहकारी कार्यालय जस्तो छ काभ्रेको मालपोत कार्यलय

धुलिखेल, २७ माघ । जिल्ला मालपोत कार्यलयमा सेवाग्राहीहरुको सजिलै बन्नुपर्ने काम कर्मचारीको कारण ढिला हुने गरेको छ । जिल्लामा मालपोत कार्यलयमा एकै दिन सकिने जग्गा पास लालपुर्जा दिन ढिला गरेर भएपनि अड्काउने र दुई दिन लगाउने गरेका छन । नियमले एकै दिन सकिने काम पनि कहिले फुर्सद छैन भन्दै फेसबुक चलाएर बस्छन, काम सजिलै सगँ गरिदिदैनन् । पैसा दिँदा भने नियमले मिल्ने नमिल्ने हेरिदैन, अचम्मको थिति मालपोतमा छ । घुस नदिई सामान्यदेखि ठूलो काम गर्नका लागि कर्मचारीहरुले काम नगरेर सेवाग्राहीलाई मर्कामा पारेको देखिएको छ । फाईल खोज्न घण्टौं लाग्छ मालपोत कार्यलय धुलिखेलमा आवश्यक कागजातहरु छरपस्ट छन । महत्वपूर्ण कागजातहरु बिना फाईलिङ थुप्रो लगाएर भद्रगोल अवस्थामा राखिएको छ । कागजको थुप्रोमाथि चढेर कर्मचारीहरुले कागज खोजिरहेका हुन्छन् । सेवाग्राहीहरुलाई आफ्नो कागजात भेट्न घण्टौं लाग्छ । सरकारको तलब खाएर बसेको कर्मचारीले कागज खोजेको समेत सेवाग्राहीबाट कम्तिमा एक सय रुपैयाँ लिन्छन् भन्ने गुनासो छ । सरकारी कर्मचारीहरु अफिसबाटै सहकारीमा बचत नेपाल सरकारले सरकारी कर्मचारीहरुलाई बैंकबाट तलब दिने गरेको धेरै समय भईसकेको छ । तर धुलिखेल मालपोत कार्यलयमा दिनहुँजसो सहकारीका कर्मचारीहरु पैसा उठाउन मालपोत कार्यलय पुग्छन् । मालपोत कार्यलयका कर्मचारीहरुले सहकारीमा दिनहुँ जस्तो बचत गर्छन । त्यस कार्यलयका अधिकाशं कर्मचारीहरु सहकारीमा नियमित बचत गर्छन् । त्यही पैसा तह लगाउन सहकारीमा बचत गरेका हुन् । महिनामा कति घुस खाइएछ भनेर हिसाब गर्न यो बचत सजिलो भएको होला ।’ सरकारी कर्मचारीलाई दिनहुँ जस्तो बचत गर्न पैसा कहाँबाट आउछ ? सहकारीको कर्मचारीहरु अफिस टाईममा सरकारी कार्यालय पैसा उठाउन छिर्नु कत्तिको जायज हो ? कर्मचारी भन्छन् सिस्टमले काम गर्दैन काम गर्न सजिलो होस् भनेर सरकारले मालपोत कार्यलयहरु अनलाइन प्रणाली र टोकन सिस्टमको व्यवस्था गरेको छ । तर, कुनै पनि कार्यलयमा त्यो सिस्टम चलाउन कर्मचारीहरुले जागर देखाएका छैनन् । अनलाईन प्रणालीले पनि सर्वसाधारणले धेरै सास्ती भोग्नुपरेको छ । सिस्टमले काम नगरेकको बाहना बनाएर कर्मचारीलाई घुसखोरीका लागि सहज भएको धुलिखेलका लेखापढी व्यावसायी बताउँछन् । ‘नयाँ सफ्टवेयरमा वारेसनामा लेख्न मिल्दैन भनेर झुलाउँछन् कर्मचारीहरु । ‘तर लेखापढीमार्फत घुसदिने हो भने वारेसनामाको काम पनि उत्तिखेरै हुने गरेकोछ ।’ ढिलो खुलेर चाडो बन्द हुन्छ कार्यालय सरकारी कार्यलय विहान १० बजे खुलेर ५ बजे बन्द हुन्छ । जाडोको मौसममा ४ बजे बन्द हुने व्यवस्था गरिएको छ । धुलिखेल मालापोत कार्यलयमा ११ बजेसम्म पनि सेवाग्राहीहरु कर्मचारीहरुको पर्खाइमा हुन्छन । अफिस १० बजे खुले पनि अधिकाशं कर्मचारीहरु ११ बज्दासम्म आईपुगेका हुँदैनन् । जसले गर्दा सेवाग्राहीहरु मर्कामा परेका छन् । व्यवस्थापनमा कमजोरी धुलिखेल मालपोत कार्यालयहरुको व्यवस्थापन अत्यन्तै फितलो छ । नयाँ आधुनिक भवन बने पनि सेवाग्राहीहरुलाई बस्ने ठाउँसमेत छैन । सरकारी कार्यलयको भ¥याङ तथा भित्ताहरुमा पान खाएर थुकेको फोहोर छ । कार्यालय अत्यन्त फोहोर पारेर राखिएको छ । धुलिखेलको मालपोत भवन अपांगमैत्री छैन । ह्वीलचियर लाने बाटोको मुखमा मोटरसाईकल पार्किङ गरर राखेको कारणले कोही सेवाग्राहीहरु त्यहाँबाट छिर्न सक्दैनन् । मालपोत कार्यलयले मोटरसाईकल त्यसरी पार्किङ गरेर राख्दासमेत हटाउने कुनै पहल गरेको छैन । लाइन र टोकन सिस्टम सुचारु नगर्दा सेवाग्राहीहरु लेखापढी व्यावसायीलाई पैसा नदिईकन आफै काम गर्न सक्दैनन् । त्यसैले धुलिखेल मालपोत कार्यलयहरु सेवाग्राहीलाई दुख दिने र घुस खाने अखडा बनेका छन् । यो अखडालाई ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालको अध्ययनले पनि पुष्टि गरेको थियो । ट्रान्सपरेन्सीको अध्ययनमा सबैभन्दा घुस्याहा कर्मचारी मालपोतका हुन्छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending