Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

यस्ता छन् भोजपुरी फिल्मका १० सेक्सी नायिका

१. मोनालिसा भोजपुर सिनोमाकी सबैभन्दा चर्चितद नायिकामध्येकी एक मोनालिसा आफ्नो सेक्सी अवतारका कारण सधैँ विवादले घेरिरहन्छिन् । बलिउडमा आउनुभन्दा पहिले मोनालिसाले थुप्रै ‘बी ग्रेड’ फिल्महरुमा काम गरेकी छिन् । बलिउडका ‘सिंघम’ भनिने अजय देभगनसँग मोनालिसाले आफ्नो बलिउड यात्रा सुरु गरेकी हुन् । उनी फिल्म ‘ब्ल्याकमेल’ मा आइटम गर्ल बनिन् । भोजपुर फिल्म ‘मेने प्यार किया’ मा मोनालिसाले एउटा लामो किसिङ सिन पनि दिएकी छिन् जसका कारण उनी निकै विवादमा घेरिएकी थिइन् । \"2२. अंजना सिंह ‘देवर पर मनवा डोले’, ‘लावारिस’, ‘आँधी तुफान’ जस्ता चर्चित भोजपुरी फिल्मकी नायिका अंजना सिंह भोजपुरी सिनेमाकी चर्चित नायिका मानिन्छिन् । दुई वर्षमा २५ वटा फिल्ममा साइन गरेकोले पनि उनी चर्चित भएको पुष्टि हुन्छ । केहि दिन पहिले आफूलाई एक अपरिचित नम्बरबाट फोन आएको र १० लाख रुपैयाँ मागेको भन्दै उनले पुलिसमा रिपोर्ट दर्ता गरेकी थिइन् । यद्यपी यो विषयमा पछि केहि पनि कुरा बाहिर आएन । \"3३. श्वेता तिवारी भोजपुरी फिल्मकी नायिका श्वेता तिवारीले अहिले भोजपुरी फिल्मबाट टाढै छिन् । उनी भन्छिन्, ‘यो फिल्म क्षेत्रका निर्माता निर्देशकहरु महिलाहरुलाई एउटा वस्तुको रुपमा मात्र हेर्ने गर्दछन्’ । भारतीय टेलिश्रृङ्खला ‘कसौटी जिन्दगी की’ बाट चर्चित भएकी श्वेताले आफ्नो श्रीमान राजाले आफूलाई घरेलु हिंसा गरेको आरोप लगाएकी थिइन् । धेरै वर्षपछिको कानुनी लडाइँ पछि अन्तत अभिनव कोहलीसँग विवाह गरेकी छिन् । उनी ‘बिग बस ४’ की विजेता पनि हुन् । \"4४. श्रद्धा शर्मा भोजपुरी नायिका श्रद्धा शर्मा आफ्नो बोल्ड अवतारका साथै श्वेता तिवारीका श्रीमान राजा चौधरीसँगको सम्बन्धका कारण चर्चामा रहेकी छिन् । जब श्रद्धा ‘बिग बस’ को घरमा आएकी थिइन् तब भोजपुरी नायिका निशा यादवले श्रद्धाले आफ्नो करियरलाई अगाडि बढाउनका लागि राजाको प्रयोग गरेको र आफूले चाहेको पुरा भएपछि राजालाई छोडेको आरोप लगाएकी थिइन् । यसका साथै उनी केरलामा सुट गरिएको एक डान्स भिडियोका लागि फोटो सुटको क्रममा भएको वार्डरोब मालफंक्सनका कारण पनि चर्चामा रहन सफल भएकी थिइन् । \"5५. रश्मी देसाई टेलिश्रृङ्खला ‘उतरन’, ‘तपस्या’ बाट घरघरमा चर्चित बनेकी रश्मी देसाईको बारेमा निकै थोरै मानिसहरुलाई थाहा छ । उनले टेलिश्रृङ्खलामा आउनुभन्दा पहिले बी ग्रेड फिल्महरुमा काम गरेकी थिइन् । उनी भोजपुरी फिल्मी चर्चित नायिका मध्येकी एक हुन् । उनको भोजपुरी फिल्म ‘प्यार जब केहु से होइ जाला’, ‘कब होई गवना हमार’, ‘बलमा बडा नादान’, ‘बम्बईकी लैला छपराका लैला’, ‘तुहसे प्यार बा’ जस्ता फिल्म चर्चामा रहेका छन् । उनी दिव्या देसाईको नामले पनि चर्चित छिन् । \"6६. नगमा नगमाले अभिनय गरेको थुप्रै भोजपुर फिल्म चर्चित बनेका छन् । नगमा र भोजपुरी सुपरस्टार रवि किसनको सम्बन्धको बारेमा पनि चर्चा भएको थियो । तर पछि दुबै अलग भए किनभने रवि किसन विवाहित थिए । नगमाको नाम इन्डियन क्रिकेट टीमका पूर्व कप्तान सौरभ गांगुलीसँग पनि जोडिएको थियो । यद्यपी, दुबैले कहिले पनि आफ्नो सम्बन्धको बारेमा खुलेर स्विकारेनन् । पछि नगमाको नाम विवाहित एकपी शरद कुमारसँग पनि जोडिएको थियो । \"7७.दिव्या द्विेदी भोजपुरी फिल्मका साथै थुप्रै हिन्दी फिल्महरुमा काम गरिसकेकी दिव्याले अब भोजपुरी फिल्ममा काम नगर्ने बताएकी छिन् । दिव्याले ‘पारो पटनावाली’, ‘सौतन’ जस्ता फिल्महरुमा काम गरेकी छिन् । तर उनलाई लाग्छ कि भोजपुरी फिल्महरुमा राम्रो स्क्रिप्ट हुँदैन र त्यति सम्मान पनि पाइँदैन । उनी भन्छिन्, ‘ भोजपुरी समाज राम्रो छ तर निर्माता निर्देशकहरुले यसलाई अश्लिल बनाइदिएका छन् ।’ \"8८. सम्भावना सेठ भोजपुरी नायिका र आइटम गर्ल सम्भावना सेठले भोजपुरी फिल्मबाट निकै नाम कमाएकी छिन् । उनी धेरैजसो आइटम गीतहरुमा देखा पर्छिन् । सम्भावनाले ‘धुरंधरः द शूटर’, ‘अन्धा कानुन’, ‘गवनवा ले ला राजा जी’ जस्तो भोजपुरी फिल्ममा काम गरेका छन् । \"9९. सीमा सिंह इलाहबादमा बस्ने सीमा सिंह भोजपुरी फिल्ममा आइटम गर्लको रुपमा चिनिन्छिन् । उनको नृत्य कलाले उनलाई भोजपुरी फिल्मी डान्सिङ क्विन र हेलेनको रुपमा परिचय दिएको छ । उनले अहिलेसम्म १५० भोजपुरी फिल्महरुमा २५० वटा आइटम नम्बर गरिसकेकी छिन् । सीमाले आफ्नो करियर नायिकाको रुपमा फिल्म ‘चोरवा बनल दामाद’ बाट सुरु गरेकी हुन् । उनले लगातार चारपटक बेस्ट डान्स पर्फमेन्सको अवार्ड पाएकी थिइन् । \"10१०. मधु शर्मा भोजपुरी फिल्मकी हट नायिका मधु शर्मा भोजपुरी सिनेमामा आफ्नो उत्कृष्ट अभिनयका लागि चर्चित छिन् । मधु राजस्थानको जयपुरको मारवाडी परिवारकी हुन् । उनले सधैँ नायिका बन्ने धोको राखेको बताउने गरेकी छिन् । मधुले भोजपुरी फिल्म ‘एक दुजे के लिए’ बाट डेब्यु गरेकी थिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending