Khabar Dabali १६ माघ २०८२ बिहीबार | 29th January, 2026 Thu
Investment bank

कर्मचारी अपुगले पुनर्निमाण प्राधिकरणमा यस्ता छन् समस्या

\"\"काठमाडौँ, २७ माघ । भूकम्पपछिको पुनःनिर्माणलाई तीव्रता दिन गठन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा दरबन्दी अनुसारका कर्मचारी पूर्ति हुन नसक्दा काम अघि बढ्न सकेको छैन । प्राधिकरण केन्द्रीय कार्यालयमा ७० जना कर्मचारीको दरबन्दी रहेकामा २१ पद खाली रहेको प्राधिकरणका सचिव डा सञ्जय शर्माले राससलाई जानकारी दिए । “प्राधिकरणमा प्राविधिकतर्फको सहसचिव एक, प्राविधिक उपसचिव तीन, प्राविधिक शाखा अधिकृत १०, शाखा अधिकृत प्रशासन एक र प्राविधिक नायब सुब्बा छ पद रिक्त छ, दरबन्दीअनुसार कर्मचारी नहुँदा काममा प्रभाव परेको छ, जिल्ला कार्यालयमा उपसचिव भए अरु कर्मचारी करारमा लिएर काम गर्ने गरी सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको छ, स्वीकृत भएर आएपछि कर्मचारी करारमा लिने प्रक्रिया सुरु हुन्छ” – उनले भने । जिल्ला समन्वय समितिको कार्यालयमा ७० दरबन्दी रहेकामा १२ जना कार्यरत छन् भने ५८ पद रिक्त छ । जिल्ला कार्यालयमा राजपत्राङ्कित द्वितीय श्रेणी नेपाल प्रशासन सेवा सामान्य प्रशासन समूहका १४ उपसचिवमध्ये आठ पद पूर्ति छ भने छ पद रिक्त छ । राजपत्राङ्कित तृतीय श्रेणीका १४ इन्जिनियरको दरबन्दीमध्ये चार पदमात्र पूर्ति छ, १० पद खाली छ । पुनःनिर्माणमा प्राविधिक कर्मचारीको सङ्ख्या कम हुँदा काम गर्न समस्या भएको बुधबार सार्वजनिक लेखा समितिको बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले बताएका । प्राधिकरणमा आउँछु भनेका कर्मचारीलाई पनि मन्त्रालयले पठाउन ढिलाइ गरेको उनको गुनासो थियो । जिल्ला कार्यालयमा १४ लेखापाल र २८ सिभिल इन्जिनियरको दरबन्दीमध्ये सबै पद रिक्त छ । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा जिल्ला कार्यालय सञ्चालनमा कर्मचारी अभाव भएको हो । जिल्ला कार्यालयमै कर्मचारीको अभाव हुँदा गाउँ गाउँमा खटिएका इन्जिनियरको समन्वयमा समस्या भएको छ । जसका कारण पीडितले गाउँमा इन्जिनियरलाई भेट्न नसकिएको गुनासो आइरहेको प्राधिकरणले जनाएको छ । पहिलो किस्ताको रु ५० हजार बुझेर पुनःनिर्माण सुरु गरेका पीडितले कर्मचारी अभावकै कारण समस्या खेप्नुपरेको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending