Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

रामेछापमा सबै औषधि निःशुल्क

\"\"रामेछाप, २५ माघ । बिभिन्न जिल्लामा सरकारले निःशुल्क दिने औषधी अभाव रहेको खबर आईरहेको बेला रामेछापमा भने निःशुल्क औषधीको अभाव नरहेको जानकारी गराईएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सदरमुकाम मन्थलिमा पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा कुनै पनि औषधीको अभाव नरहेको जनाएको हो । कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डा. प्रकाश प्रसाद शाहले जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा ७० थरी , प्राथमीक स्वास्थ्य केन्द्रमा ५८ थरी, स्वास्थ्य चौकिमा ३५ थरी र सामुदायिक स्वास्थ्य इकाईमा ३५ थरी औषधीहरु निशुल्क पाईने र यी कुनै पनि औषधी अभाव नरहेको उहाले बताए ।  जिल्लामा आवश्यक पर्ने औषधि केन्द्रबाट समेत आपूर्ती हुने र त्यसले पनि नपुगेमा रकम थप गर्ने स्वास्थ्यमन्त्रीको घोषणाले जिल्लामा औषधी अभाव नहुनेमा आफु ढुक्क रहेको पत्रकार सम्मेलनमा कार्यालय प्रमुख शाहले बताए । कार्यक्रमा जिल्ला स्वास्थ्य कार्यलय रामेछापले जिल्लामा संचालन गरीरहेको बिभिन्न गतिबिधीको बारेमा पनि जानकारी गराईएको थियो । जिल्ला स्वास्थ्य कार्यालय रामेछापद्धारा हाल सम्म प्राथमीक स्वास्थ्य केन्द्र ३ वटा, स्वास्थ्य चौकी ५२ वटा,शहरी स्वास्थ्य केन्द्र ४ वटा र सामुदायीक स्वास्थ्य इकाइ ८ वटा संचालनमा रहेको शाहले बताए ।  स्वास्थ्य संस्थाबाट कम्तिमा एक घण्टा भन्दा टाढाको बस्तिमा स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य इकाई सञ्चालन गरीएको उहाले बताउनुभयो । सामुदायीक स्वास्थ्य इकाईमा आधारभूत स्वास्थ्य उपचारका साथसाथै गर्भ जाँच सेवा लगायतका स्वास्थ्य सेवाहरु प्रदान गरिन्छ । कार्यलय प्रमुख डा. शाहले प्राथमीक स्वास्थ्य केन्द्र मन्थलीमा संचालन गरीएको सल्यक्रीयाद्धारा गरीने सुत्केरी सेवा प्रभावकारी बन्दै गएको बताए । उनले रामेछाप जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने योजना अनुरुप २ वटा नगरपालिका र २२ वटा गाबिसलाई पुर्ण खोपुयुक्त गाबिस घोषणा गरीसकीएको र बाकि गाविसहरुमा पनि तिव्रताको साथ काम भइरहेको बताए । कार्यक्रममा सहभागी पत्रकारहरुले जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जिल्लाका सबै स्वास्थ्य संस्थामा आवश्यक औषधी समयमै पु¥याउन सफल भएकोमा कार्यालयलाई धन्यबाद दिएका छन । सहभागी पत्रकारहरुले स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्यकर्मी १० बजेदेखि ५ बजेसम्म अनिवार्य कार्यालयमै हुनुपर्ने सुझाव दिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख डां शाहको अध्यक्षतामा भएको कार्यक्रमको कार्यालयका जनस्वास्थ्य निरीक्षक केशवराज फुयालले संञ्चालन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending