Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

यि चर्चित नेपाली : जसले क्यान्सरलाई जिते

\"\"क्यान्सर भन्ने बित्तिकै मान्छेको मनमा एक खालको पहिरो जान्छ । डरको पहिरो । भ्रममा बाँचेको नेपाली समाजले क्यान्सरलाई मृत्युको दाजुभाई ठान्छ । तर, समयमै उपचार गराउन सकिएमा ४० प्रतिशत क्यान्सर पूर्ण रुपमा निको हुन्छ । अझै पनि ९० प्रतिशत नेपालीहरु लाज, भय, आर्थिक र सामाजिक कारणले अन्तिम अवस्थामा मात्रै स्वास्थ्य संस्थामा पुग्ने गरेका छन् । केही चर्चित नेपाली अनुहार छन्, जसले समयमै क्यान्सरको उपचार गराए र क्यान्सरलाई जिते । यी अरुका लागि पनि हौसलाका पात्र हुन सक्छन् । क्यान्सर सबै अवस्था असाध्य रोग होइन भन्ने कुरा उदाहरण हुन सक्छन् । रामवरण यादव, पूर्व राष्ट्रपति पूर्वराष्ट्रपति डा. रामवरण यादवले क्यान्सर जित्न सफल भएका छन् । उनलाई प्रोस्टेटको क्यान्सर भएको थियो । गत भदौमा भारतमा स्वास्थ्य परीक्षण गर्ने क्रममा उनलाई प्रोस्टेट क्यान्सर देखिएको थियो । प्रोस्टेट पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो। भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय (पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच सेन्टर) मा गरिएको परीक्षणमा ‘एडिनोकार्सिनोमा अफ प्रोस्टेट’ (प्रोस्टेटको क्यान्सर) देखिएपछि अस्पतालले उनलाई उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाएको थियो। भारतीय अस्पतालको सुझावका आधारमा पूर्व राष्ट्रपति यादव उपचारका लागि अमेरिका गएका थिए । उनलाई ‘मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी’ (सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि) गर्न सल्लाह दिइएको थियो । उक्त उपचार विधि नेपालमा नभएपछि उनी अमेरिका गएका हुन् । अमेरिकाको मिचिगनमा रहेको हेनरी फोर्ड अस्पतालमा गत सेप्टेम्बरमा उपचारका लागि भर्ना भएका यादवको डा.मेननको नेतृत्वमा रहेको चार सदस्यीय चिकित्सकको टोलीले रोवटिक सर्जरी विधि अपनाएर प्रोस्टेटको शल्यक्रिया गरिएको थियो। शल्यक्रियापछि स्वस्थ भएर डा. यादव नेपाल फर्केका हुन् । उनलाई चिकित्सकले वेला वेलामा फलोअप गर्न भने सुझाएका छन् । मनिषा कोइराला, अभिनेत्री मनिषा कोइरालालाई पाठेघरको क्यान्सर भएको थियो । समयमै उपचार गरेका कारण उनी क्यान्सर मुक्त भएकी छिन् । उनको पाठेघरको क्यान्सरको उपचार अमेरिकामा भएको हो । नेपालमा रहेको बेलामा क्यान्सर पुष्टि भएपछि उनी उपचारका लागि भारतको जसलोग अस्पतालमा पुगेकी थिइन् । तर, त्यहाँबाट पनि उनलाई अमेरिका जान सुझाइएको थियो । उनको अमेरिकामा उपचार भएको हो। क्यान्सर निको भएपछि कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस अपडेट गर्दै आफू क्यान्सर मुक्त भएको बताएकी थिइन् । उनले त्यतीबेला ‘म भक्कानो छोडेर रोएँ, जब मैले ‘क्यान्सर फ्री’ भन्ने शब्द सुनेँ’ भन्दै सामाजिक सञ्जालमा लेखेकी थिइन् । क्यान्सर विशेषज्ञ चिकित्सकको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौंमा आएको समयमा उनले आफूलाई क्यान्सर सर्भाइभल भनेको मन नपर्ने बताएकी थिइन् । ‘मलाई मात्र होइन म जस्ता अरूलाई पनि क्यान्सर विजेता भनेको उपयुक्त सुनिन्छ,’ उनले त्यतिबेला भनेकी थिइन् । कर्ण शाक्य, लेखक कर्ण शाक्य पनि क्यान्सर विजेता हुन् । उनलाई झण्डै १० वर्षअघि प्रोष्टेड क्यान्सर देखिएको थियो । त्यो बेला क्यान्सर बारे प्रशस्त भ्रम थिए । त्यो समयमा क्यान्सर देखिदा कस्तो हुँदो हो । तर, उनले हिम्मत हारेनन् । उनलाई छिनछिनमा पिसाब लाग्ने समस्या भएपछि भारतको राजिव गान्धी अस्पतालमा उपचार गर्न पुगे । त्यहाँ भर्ना भएको तेस्रो दिन उनलाई प्रोष्टेट क्यान्सर भएको थाहा भएको  थियो  । तर, सुरुवाती चरणमै पत्ता लागेको थियो । उपचार गराए । उनले हिम्मत हारेनन् । त्यस त्यसबाट मुक्त छन् अहिले । त्यसपछि उनले लेखन यात्रा अघि बढाएका हुन् । अहिले उनका पुस्तक धेरै पढिनेमध्य पर्छन् । उनकै सोच र प्रयासमा नेपालमै क्यान्सरको उपचार गर्ने पहिलो र ठूलो अस्पताल भरतपुर अस्पताल बनेको हो । क्यान्सर भनेपछि विभेद गर्ने समाजका अघि जनचेतना जगाउन उनले गोरखापत्र र राइजिङ नेपालमा लेखे– श्रीमती र छोरी क्यान्सरबाट गुमाएको घटना, क्यान्सर भएपछि दिने दुःख र नहुने उपचारका बारेमा । आफू पनि क्यान्सर विजेता बनेका कुरा लेखिरहे । भनिरहे । उनी भन्छन्, ‘जनचेतना जगाउनका लागि सुरुवात आफैंबाट गर्नु थियो, गरें ।’ तारा पोखरेल, नर्स नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले जीवनभर अरुलाई रोग लाग्न नदिने उपाय बताइरहिन् । रोग लागेपछि थलिएका बिरामीको सेवा गरिन् । तर, उनी उनी आफैंलााई एक्कासी क्यान्सर देखियो । क्यान्सर भएपछि त जीवनै सकियो भनेर बुझ्नेहरु छन् । उनलाई भेट्न पुग्नेहरु ढोकामा पुग्ने बित्तिकै डाँको छाडेर रुन थाल्छन् । बिरामीलाई सम्झाउनुपर्ने भेट्नेहरुलाई बिरामी पोखरेलले उल्टो सम्झाउनुपर्छ, ‘क्यान्सर भयो भन्दैमा जीवन सकिने होइन । सन्चो भइसकें ।’ आफूलाई क्यान्सर भएपछि उनलाई अर्काे काममा पनि जुट्नुपर्ने महशुस भएको छ । क्यान्सरसँग जोडिएका प्रशस्त भ्रम छन् । ‘निश्चित स्टेजसम्मको क्यान्सरबाट मुक्ति पाउन सकिन्छ । शरीरका निश्चित भागका क्यान्सरलाई सदाका लागि बिदा गर्न सकिन्छ भन्ने चेतना छैन,’ उनको अनुभव छ  । उनले क्यान्सर पहिलो स्टेजमै चाल पाइन् । ‘नुहाउने क्रममा बे्रष्ट भन्दा केही माथि एउटा सानो गाँठो भेटियो । नदुख्ने गाँठो भेटिएपछि शंका लागेर जाँच गरें,’ उनले भनिन्, ‘हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा जाँच गराएँ । जाँचमा क्यान्सर देखियो ।’ क्यान्सर देखिएपछि उनले तुरुन्तै अप्रेसन गर्ने निर्णय लिइन् । बायाँ भागको ब्रेष्ट नै काटेर फालिएको छ । अहिले पुरानै जीवनशैलीमा फर्किसकेकी छिन् । भन्छिन्, ‘मेरो कार्यशैली र बोलीव्यवहार हेरेर मान्छेहरु भर्खरै क्यान्सर जितेकी मान्छे भनेर पत्याउँदैनन् ।’  आफूले क्यान्सर जितेपछि अहिले अरुलाई यस सम्बन्धमा सचेत रहन र भएपछि नआत्तिइ उपचारमा लाग्न सल्लाह दिइरहेकी हुन्छिन् । शान्ता चौधरी, पूर्व सभासद् पूर्व सभासद् शान्ता चौधरीलाई स्तन क्यान्सर भएको थियो । उनका अनुसार २८÷२९ वर्षको हुँदा उनलाई पाठेघरसम्बन्धी समस्या थियो । गनाउने सेतो पानी बग्ने हुन्थ्यो । उनी भन्छिन्, ‘त्यो समयमा डाक्टरकोमा जान लाज लाग्थ्यो । पछि जँचाएर औषधि खाएँ । त्यति नै खेर महिनावारी हुँदा स्तन पनि दुख्थ्यो । डाक्टरकोमा जँचाउँदा स्तनमा गिर्खा भेटियो ।’ त्यो समयमा डाक्टरले हर्मनको कारणले यस्तो भएको भनको उनी बताउँछिन् । भिटामिन ई खाइन् । भिटामिन ई ले उनको गिर्खा अलि कम चाहिँ भयो, तर औषधी खान छाडेपछि फेरि बढ्यो । दिल्लीमा पाठेघरको उपचार गराउन जाँदा स्तन पनि जँचाएको थिइन् । स्तनमा क्यान्सरको सानो सेल पलाएको चाल पाइन् । उनी सम्झिन्छन्, ‘त्यो समयमा मेरो हंशले ठाउँ छाडेको थियो, अब मर्ने भएँ भनेर । पछि त्यो पलाएको सेललाई पनि काटेर फालियो । अहिले म पूर्ण स्वस्थ छु ।’ उनी महिलाहरू आफ्ना भित्री रोग लाजका कारण लुकाउने बताउँछिन् । अहिले भन्न थालेकी छिन्,  ‘आफूलाई त्यस्तो कुनै रोग लागेको खण्डमा तुरुन्तै डाक्टरकोमा जाँच गराउन जानुपर्छ । रोग पालेर बस्नु हुँदैन ।’ सुजाता कोइराला, काँग्रेस नेतृ नेपाली कांग्रेसकी नेतृ एंव पूर्व उपप्रधानमन्त्री सुजाता क्यान्सर मुक्त भएकी छन् । उनको पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा मेरो ओभरीमा पनि क्यान्सरको सिस्ट देखापरेको थियो । उनको दोस्रो अपरेशनमार्फत ओभरीमा देखिएको क्यान्सरको पनि सफल उपचार भएको हो । उनी उपचारका लागि कार्तिक २८ गते सिंगापुर गएकी थिइन् । पहिले ब्रेष्ट क्यान्सर देखियो। ब्रेष्ट निकालेर फालिइएको  छ । त्यो पहिलो स्टेजमै थियो त्यसैले त्यति डराउनुपर्ने थिएन । ब्रेष्ट क्यान्सर देखिएको एक महिनामै  पाठेघरमा  पनि क्यान्सर देखियो । ओभरीमा क्यान्सर देखिँदा त्यही विषयमा विशेषज्ञता पाएका र महिलाकै स्वास्थ्य हेर्ने डाक्टरले हेर्नुभयो ।  दुईटै ओभरी र युटेरसको शल्यक्रिया भयो । त्यसलाई काटेर फालियो । त्यसमा क्यान्सर पनि शुरुवाती चरणमा, ब्रेष्ट क्यान्सरको भन्दा पनि कम थियो । क्यान्सर भएपछि आफूलाई मात्रै यस्तो भइरहेको उनले ठानेको बताएकी छिन् । जब अरुका कुरा पनि सुनिन्, उनले चित्त बुझाइन् । अहिले तन्दुरुस्ती प्राप्त गर्ने प्रक्रियामै छन् । उनी क्यान्सर जित्न आफ्नो जीवनशैली बदल्नुपनै बताउँछिन् । ‘बाहिर निस्कने, मानिसहरूसँग भेट्ने, समयमा सुत्ने, समयमा खाने गर्नुपर्छ। म योगा, ध्यान पनि गर्छु । ब्रिदिङ एक्सरसाइज पनि गर्न थालेकी छु । ध्यान चाँहि भर्खरै गर्न थालेको तर असाध्यै फाइदा भइरहेको छ,’ उनको अनुभव छ । स्वास्थ्यखबरडटकममा प्रवीण ढकालको रिपोर्ट साभार गरिएको
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies