Khabar Dabali ११ बैशाख २०८३ शुक्रबार | 24th April, 2026 Fri

मधेसी मोर्चाको अर्को ‘रिहल्सन’

\"\" काठमाडौं, १६ माघ । नयाँ संविधान जारी हुनुअघिदेखि आन्दोलन थालेर शिथिल भएको मधेसी मोर्चाले फेरि अर्को आन्दोलनको ‘रिहल्सन’ गर्दैछ । आफूहरुको आंशिक माग सम्बोधन हुने गरी ल्याएको संविधान संशोधन प्रस्तावसमेत विपक्षी दलहरुका कारण पारित हुने सम्भावना नभएपछि मोर्चाले फेरि मधेस आन्दोलन चर्काउने तयारी गरेको छ । लामो समयको आन्दोलनकाबाट थकित भएको मोर्चाले सुरक्षित अवतरण खोज्दै संशोधनमा सहमति जनाउँदासमेत असफल पार्न खोजेको भन्दै मोर्चाले मधेसमा आन्दोलन चर्काउनका लागि ‘रिहल्सन’ गर्न लागेको हो । आन्दोलनको ‘रिहल्सन’कै लागि मोर्चाले माघ २३ गते मधेसका सबै जिल्लाहरुमा वृहत्त जनप्रदर्शन गर्ने तयारी गरेको छ । मधेसी जनताले आफूहरुको आन्दोलनलाई साथ दिने नदिने अन्योलकै कारण मोर्चाले एक दिने कार्यक्रमको घोषणा गरेको छ । मोर्चाले भनेजस्तै माघ २३ को जनप्रदर्शनमा उल्लेख्य सहभागिता भयो भने आन्दोलनलाई निरन्तरता दिने रणनीति बनाएका छन् । तर आन्दोलनमा पहिलेजस्तै उभार आएन भने सरकारलाई दबाब दिनका लागि अन्य रणनीति अपनाउने भएका छन् । स्थानीय तहको पुनर्संरचना गर्दा मधेसमा स्थानीय तहको संख्या कम्तिमा ५० प्रतिशत हुनुपर्ने मोर्चाका नेताहरुले बताउँदै आएका छन् । संविधान संशोधन भन्दा पुनर्संरचनाको मुद्दामा आन्दोलन उठ्न सक्ने अड्कलका साथ मोर्चाले माघ २३ गते मधेसका सबै जिल्लामा गरिने प्रदर्शनकै क्रममा आयोगको प्रतिवेदन जलाउने निर्णय गरेका छन् । संसदमा पेश गरिएको संविधान संशोधन विधेयक रोकेर सरकारले निर्वाचन गर्नेबारेमा प्रमुख विपक्षी दलसँग छलफल थालेपछि मोर्चा सत्तारुढ प्रमुख घटक कांग्रेस र माओवादीसँग रुष्ट बनेको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको तत्कालिन सरकार विस्थापित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार बन्ने बेलामा मोर्चाले सत्तारुढ दुई दलसँग तीन बुँदे सहमति गरेको थियो । सोही सहमतिअनुसार मधेस आन्दोलनमा मारिएकालाई सरकारले शहीद घोषणा गरिसकेको छ भने प्रमुख प्रतिपक्षी दलको अवरोध छिचोल्दै संविधान संशोधन प्रस्ताव संसदमा पेश गरिसकेको छ । मोर्चालाई मनाउन स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनसमेत परिमार्जन गर्न सकिने सरकारले बताएको छ । तर सरकारले भनेजस्तो सहज नभएको निश्कर्षमा मोर्चाले पुनः मधेस आन्दोलन चर्काउनका लागि ‘रिहल्सन’ गर्न लागेको हो । मोर्चाका नेताहरुले सहमतिअनुसार आन्दोलनका क्रममा मोर्चाका कार्यकर्तामाथि लगाइएको झट्टा मुद्धासमेत फिर्ता नलिएको बताएका बताएका छन् । मोर्चाको बिरोधकै कारण पनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट मन्त्रिपरिषद् पुगिसकेको स्थानीय पुनर्संरचनाको प्रतिवेदन पनि मन्त्रिपरिषद्मा पेश हुन सकेको छैन । उक्त प्रतिवेदन राजनीतिक सहमतिमा मात्रै मन्त्रिपरिषद्मा पेश गर्ने सरकारले निर्णय गरेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending