Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

बाग्मती सफाइ महाअभियानमा टेलिकम

\"\"काठमाडौं, १५ माघ । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शनिवार बाग्मती सफाइ महाअभियानमा सहभागी भएको छ । वार्षिक उत्सवका अवसरमा शनिवार टेलिकमका कर्मचारीहरु बाग्मती सरसफाइ अभियानमा जुटेका हुन् । सो अवसरमा टेलिकमले सफाइ अभियानका लागि आवश्यक सफाइ सामग्रीहरु पनि सहयोगस्वरुप हस्तान्तरण गरेको छ । शनिवार काठमाडौंको सुविधानगर तीनकुनेस्थित बाग्मती नदी किनारमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले सफाइ कार्यका लागि आवश्यक विभिन्न सामग्रीहरु हस्तान्तरण गरिन् । \"\"उक्त सामग्रीहरु बाग्मती सफाइ महाअभियानका अभियन्ता किशोर थापामार्फत अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिलाई हस्तान्तरण गरिएको हो । उक्त अवसरमा अभियन्ताहरुका लागि आवश्यक सफाइ सामग्रीहरु ः १ सय जोर ट्रयाक सुट, ३ सय जोर गम बुट, ३ सय जोर पञ्जा, ५० थान डोको, ५० थान सुइरो र २ सय थान मास्क हस्तान्तरण गरिएको थियो । सो अवसरमा प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नदीनाला र हरियाली मानव जीवनको अभिन्न अंग भएकाले बाग्मती नदीको संरक्षण, सबद्र्धन गर्नुपर्ने आवश्यकता महसुस गरी नेपाल टेलिकम यस कार्यमा प्रत्यक्षर अप्रत्यक्ष रुपमा निरन्तर संलग्न रहेको बताइन् । \"\"उनले यसै आर्थिक वर्ष भित्र बाग्मती नदी किनारामा दुई वटा शौचालय निर्माण सम्पन्न गर्ने बताउँदै भविष्यमा पनि बाग्मती सफाइ अभियानमा सहयोग र सहभागिता भइरहने प्रतिबद्धता व्यक्त गरिन् । बाग्मती सफाइ अभियन्ता डा. राजु अधिकारीले नेपाल टेलिकमले सुरुवातदेखि नै बाग्मती सफाइ अभियानका लागि निरन्तर रुपमा गर्दै आएको सहयोग र सहभागिताका लागि धन्यवाद दिएका थिएी । उनले आगामी दिनमा समेत कम्पनी यो कार्यमा संलग्न रहने विश्वास ब्यक्त गरे । सफाइ अभियान सुरु हुनु अघि कम्पनीमा कार्यरत कर्मचारीहरु बबरमहलस्थित दूरसञ्चार तालिम केन्द्रमा भेला भई लामबद्ध रुपमा तीनकुने निकट सफाइ स्थलमा पुगेका थिए । सहभागी कर्मचारीहरुले सफाइ अभियानका लागि उत्साह प्रदान गर्ने विभिन्न ब्यानर र प्लेकार्डहरु बोकेका थिए । उक्त सफाइ अभियानमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक लगायत बरिष्ठ अधिकृतहरु र उपत्यकाभित्रका कार्यालयमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो । \"\"नेपाल टेलिकमले बाग्मती सफाइ अभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता सफाइ अभियानमा संलग्न हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ । त्यसैगरी बाग्मती सफाइ अभियान प्रारम्भ भएदेखि नै नेपाल टेलिकम आफ्नो वार्षिकोत्सवको अवसरमा सफाइ अभियानमा संलग्न हुुनुका साथै सफाइका लागि विभिन्न सामग्रीहरु उपलब्ध गराई सहयोग गरिरहेको छ । बाग्मती नदीको सफाइ, स्वच्छता र संरक्षण एवं बाग्मती सभ्यताको प्रवद्र्धनको लागि २०७० जेठ ५ गतेदेखि हरेक शनिबार यो अभियान सञ्चालन हुँदै आइरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending