Khabar Dabali २६ मंसिर २०८१ बुधबार | 11th December, 2024 Wed
Investment bank

२०–२० क्रिकेट प्रतियोगितामा धाईजन नौ विकेटले विजयी

\"\"झापा, १४ माघ ।नेपाली क्रिकेट समर्थक समाज समन्वय समिति झापाको आयोजनामा सञ्चालित २०–२० क्रिकेट प्रतियोगितामा धाईजन क्रिकेट क्लव नौ विकेटले विजयी भएको छ । धाईजनले फाईनलमा दमक क्रिकेट क्लवलाई हराएर उपाधि जित्न सफल भएको हो । टस जितेर पहिले ब्याटिङ्ग गरेको दमकले १९ दशमलव ३ ओभरमा १० विकेटको क्षतिमा ५७ रनमात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा धाईजनका अशोक सुब्बाले चार ओभरमा १९ रन खर्चिएर दुई रनआउट सहित तीन विकेट लिएका थिए भने विक्रम कार्की र दिपेश कमातीले समान दुई÷दुई विकेट तथा नाम्लिग एक्तेनले एक विकेट लिएका थिए । दमकका तर्फबाट भने याडम राईले १६ र रोशना थापाले १३ रन बनाउनुबाहेक बाँकीले दोहोरो योगफल तयार पार्न सकेनन् । जवाफी ब्याटिङ्गका क्रममा मैदान उत्रिएको धाईजनले भने सात दशमलव तीन ओभरमा एक विकेटको क्षतिमा ६० रन जोड्न सक्यो । प्रतियोगितामा धाईनका अंकित सुवेदीले २४ रन बनाएर आउट भए । उनलाई दमकका असिम काफ्लेले आउट गरेका थिए । त्यस्तै सुवेदीसँगै ओपनिङ्गमा आएका नित्र्य खडौरियाले २८ रन बनाएका थिए । अशोक सुब्बाले पाँच रन जोडेका थिए । प्रतियोगितामा विजयी भएसँगै धाईजनले २५ हजार नगद, ट्रफी र प्रमाणपत्र तथा उपविजेता दमकले १५ हजार नगदसहित ट्रफी र मेडल हात पारेका छन् । त्यस्तै प्रतियोगिता अवधिभर १० विकेट लिएका अशोक सुब्बाले वेष्ट बलर तथा म्यान अफ दि सिसिज र म्यान अफ द फाईन बन्दै आठ हजार नगद, ८० रनसहित बेस्टब्याटस्मेन र mयकत सिक्सर नृत्य खडौरियाले पाँ हजार नगद प्राप्त गरेका छन् । प्रतियोगितामा कन्काई नगरपालिकाका प्रमुख मेघराज बास्तोलाले विजयीलाई पुरस्कार वितरण गरेका थिए । नेपाली क्रिकेट समर्थक समाज समन्वय समिति (ल्ऋक्क्) ले राम्रो सुरुवात गरेको भन्दै आगामी दिनमा पनि साथ र सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरेका थिए । ल्ऋक्क् जिल्ला समन्वय समिति झापाका संयोजक विश्वराज गौतमले यस प्रतियोगिताले युवा स्तरमा क्रिकेटलाई चलायमान बनाएको बताए । माघ छ गतेदेखि सुरु भएको प्रतियोगितामा १६ टिम सहभागी भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy