Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

पर्वत पुगेर प्रचण्डले भने-वैशाख अन्तिम सातासम्म चुनाव गर्न सकिन्छ, १/२ दिनभित्र मिति घोषणा गर्छु

\"\" पर्वत, १३ माघ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी वैशाख अन्तिम साता स्थानीय निकायको निर्वाचन हुने दाबी गरेका छन् । पाँचौ पर्वत महोत्सवलाई बिहीबार सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै उनले निर्वाचनसम्बन्धी विधेयक संसद्बाट पारित भइसकेपछि निर्वाचनको मिति घोषणा गर्ने तयारीमा आफू रहेको बताएका हुन् । “पहिले कानुन निर्माण गर्नुप¥यो, त्यसपछि निर्वाचनको मिति घोषणा हुन्छ” उनले भने । प्रधानमन्त्री प्रचण्डले माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा भएमा वैशाख अन्तिम सातासम्म चुनाव गर्न सकिने भएकाले दुई÷तीन दिनभित्रमा चुनावको मिति घोषणा हुने दाबी गरे । माघ १५ गतेभित्र निर्वाचनसम्बन्धी विधेयक पारित गरिसक्न आफूले सम्बन्धित समितिलाई आग्रह गरिसकेको उनको भनाइ थियो । आगामी २०७४ को माघ ७ गतेसम्म तीनै तहको निर्वाचन गर्नुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले निर्वाचनमा जाँदा मधेसी, थारु, आदिवासी, जनजातिलाई समेतसँगै लैजानुपर्ने भएकाले संविधान संशोधन गरेर अघि बढ्ने तयारी भइसकेको पनि बताए । उनले निर्वाचन गर्ने सम्बन्धमा सबै राजनीतिक दलहरु सहमति नजिक पुगेको बताउँदै मधेसी मोर्चाका मागलाई पनि सम्बोधन गरेर अघि बढ्न सरकार हरतरहले लागिपरेको बताए । “जसरी संविधान जारी गर्दा मुलुकका सबै राजनीतिक शक्ति एकै ठाउँमा उभिएका थिए, त्यस्तै संविधान कार्यान्वयनको सुनिश्चितता र निर्वाचन गर्नका लागि पुनः एकै ठाउँमा उभिनुपर्ने अवस्था आएको छ” उनले भने । मधेस, पहाड र हिमाललाई मिलाएर देशलाई निर्वाचनमा लैजानुपर्ने उल्लेख गर्दै उनले प्रधानमन्त्रीको नाताले आफूले सबै पक्षलाई मिलाउन हरतरहले प्रयत्न गरेको बताए । मुलुक बिखण्डन गर्न खोज्ने तत्व सक्रिय हुँदै गएको बताउँदै प्रधानमन्त्री प्रचण्डले आफूले सत्ता र सत्ता बाहिर रहेका पार्टीलाई यो प्रवृत्तिलाई नियन्त्रण गर्न राज्यकातर्फबाट कठोर कदम चाल्ने चेतावनी पनि दिए । केही व्यक्तिले भड्काउन खोज्दैमा नेपाली जनताको एकतामा बिखण्डन नआउने उनको तर्क रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending