Khabar Dabali १५ माघ २०८२ बुधबार | 28th January, 2026 Wed
Investment bank

विद्युत् चोरीमा संलग्नलाई जोगाउन प्राधिकरणमा आन्दोलनको नाटक

काठमाडौं, १२ माघ । करिब १३ अर्ब बराबरको विद्युत् चोरीमा संलग्न भएको पाइएपछि महानगरिय प्रहरी अपराध महाशाखाले नेपाली काँग्रेस र नेकपा (एमाले) निकटका कर्मचारी संगठनका केन्द्रीय कोषाध्यक्ष र केन्द्रीय सदस्य नै पक्राउ परेपछि त्यसलाई नै निहु बनाएर उनीहरुले आन्दोलनको नाटक सुरु गरेका छन् । प्राधिकरणले विगत २२ वर्षदेखि एकै स्थानमा रहेका कर्मचारीलाई पछिल्लो पटक सरुवा गरेपछि विद्युत् चोरीको जालो भत्किएपछि उनीहरु आन्दोलनको धम्की दिदै बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय र क्षेत्रीय कार्यालयहरुमा घेराउ गरेका छन् । विद्युत् चोरीमा संगठित गिरोह नै रहेको भन्ने सूचनाका आधारमा उक्त गिरोह भत्काउन पहिलो चरणमा प्राधिकरणले दुई हजार ४८० कर्मचारी सरुवा गरेका थियो । कर्मचारी सरुवा भएपछि विद्युत् चोरीमा संलग्न गिरोहको जालो भत्किएको भन्दै उनीहरुले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईको कार्यकक्ष समेत घेराउ गर्दै चोरीमा संलग्नलाई कारवाही नगराउन धम्की दिएका थिए । प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयमा ३२९, जनकपुर क्षेत्रीय कार्यालयमा ३५४, हेटौडा क्षेत्रीइ कार्यालयमा २९२, काठमाडौँ क्षेत्रीय कार्यालयमा ७८१, पोखरा क्षेत्रीय कार्यालयमा १६६, बुटवल क्षेत्रीय कायाृलयमा २६५ , नेपालगन्ज क्षेत्रीय कार्यालयमा १६१, अत्तरिया क्षेत्रीय कार्यालयमा १३२ जना कर्मचारी गरि दुई हजार ४८० जना कर्मचारीको नेपाल विद्युत् प्राधिकरण विनियमन अनुसार नै सरुवा गरिएको थियो । नेपाल विद्युत् प्राधिकरणलाई टाट पल्टाउन उद्यत मानिएका नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ र नेपाल विद्युत् प्राधिकरण कर्मचारी यूनियनका पदाधिकारी नै पछिल्लो पटक विद्युत् चोरीमा संलग्नलाई जोगाउन आन्दाोलनको बाहाना निकालेका छन । आन्दोलनको बाहाना उनीहरुले त्यो निकालेका छन् कि जसमा प्राधिकरणले पछिल्लो पटक सरुवा गरेका कर्मचारीको प्रसंगलाई लिएर निकालेका छन् । विद्युत् चोरीमा संलग्नलाई कारवाही हुने र त्यसमा आफूहरुको समेत संलग्नता रहेको पुष्टि हुने भएपछि कर्मचारी संघ र युनियनका पदाधिकारी नै आन्दोलनको नाटक रच्न लागेका हुन् । प्राधिकरणलाई घाटामा लैजाने र चोरीमा संलग्न हुने कर्मचारीले नैतिक रुपमा पदमा बसीरहन मिल्दैन । तर चोरीमा संलग्नलाई जोगाउन कर्मचारी संघका अध्यक्ष जनार्दन भट्टराई, सहअध्यक्ष प्रमिला ढुंगाना, कर्मचारी यूनियनका अध्यक्ष रामेश्वर पौडेल र पूर्व अध्यक्ष रामप्रसाद रिमाललगायतका व्यक्तिहरु शक्तिकेन्द्र धाउन सुरु गरेका छन् । चोरीलाई संलग्नलाई कानुनअनुसार हदैसम्मको कारवाही गराउनुपर्नेमा उनीहरुलाई जोगाउन कर्मचारी यूनियनका पदाधिकारी नै शक्ति केन्द्र धाउन थाल्नुले प्राधिकरणलाई असफल बनाउने योजनाले काम गरेको छ । ऊर्जा मन्त्रालयले सुरु गरेको सुधार अभियान मन नपराएका केही सिमित व्यक्तिले जसरी भएपनि सुधार अभियानलाई असफल बनाउने चोरीमा संलग्नलाई कारवाही हुनबाट रोक्ने तथा आगामी दिनमा समेत थप चोरी गराउन उक्साउने, दण्डहिनता बढाउने तथा भ्रष्टाचारलाई संस्थागत गराउने योजना बनाएका छन् । उद्योगसँग मिलेर राज्यलाई नोक्सान पुर्याएको आरोप, पक्राउ पर्नेमा ९ जना बहालवाला कर्मचारी, ४ जना ब्यापारीलाई केही दिन पहिले प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको थियो । यस्तै व्यापारीसँग मिलेर लोडसेडिङ बढाउन मद्दत गरेको र बिजुलीको मिटर बिगारेर चुहावट गरेको भन्दै प्रहरीले नेपाल विद्युत प्राधिकरणका सुपरभाइजरसहित १६ जनालाई पक्राउ गरेको थियो । महानगरीय अपराध महाशाखाको टोलीले आइतबार पक्राउ गरेकामा बालाजु प्राधिकरणका सुपरभाइजर सुमन श्रेष्ठ,पूर्व मेन्टिनेन्स तलबहादुर कार्की, विद्युत प्राधिकरण हेटौंडाका कर्मचारी महादेव प्रधान लगायत छन्। पक्राउ पर्नेमा प्राधिकरणका ९ जना बहालवाला कर्मचारी छन् भने बाँकी अवकाशप्राप्त कर्मचारी र व्यापारी छन्। त्यस्तै प्रहरीले बानेश्वरमा कार्यरत प्राधिकरणका कर्मचारी अच्युत खड्का, दिलबहादुर साउद, ओम ढुंगाना, श्याम बस्नेत, प्रदीप शर्मा, सुर्यबहादुर थापा, ठाकुर महर्जन, मनिज श्रेष्ठ र भगवान पाण्डेलाई पनि पक्राउ गरेको छ । प्रहरीले ब्यापारी कुमार लामा, तपन घोष, परवेज आलम र रमेश चुडाँललाइ पनि पक्राउ गरेको छ। ‘लोडसेडिङलाई मलजल गर्ने र घुस लिएर उद्योगहरूलाई बिजुली दिएको थाहा पायौं,’ महानगरीय अपराध महाशाखाका प्रमुख सर्वेन्द्र खनालले भने, ‘त्यही अभियोगमा उनीहरूलाई पक्राउ गरेका हौं।’ उनीहरुलाई चोरी र ठगी मुद्दा चलाइएको छ । दस वर्षदेखि मिटर बिगारेर राज्यलाई अर्बौं रकम घाटा पारेको देखिएकाले ठगी मुद्दा दायर गर्न लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनीहरूले मिटर बिगारेर उद्योगसँग प्रतिमहिना कम्तीमा २५ हजारदेखि ३ लाख रुपैयाँसम्म उठाउने गरेका थिए। उनीहरूले १० वर्षभन्दा बढी समयदेखि पानी कारखाना, कपास कारखाना, चक्लेट कारखाना, बिस्कुट कारखाना लगायत उद्योग र राजधानीका मिठाइ पसलको मिटर बिगारेर मासिक रूपमा रकम उठाइरहेको प्रहरीले जनाएको छ। हेटौंडा कार्यालयका कर्मचारी प्रधानले हेटौंडाको हटियामा सिभम् सिमेन्टको मिटर बिगारेर मासिक रूपमा रकम उठाएको आरोप छ । यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दुई दिन अगाडि सिवम् सिमेन्टको लाइन काटेको र दुई दिन पछाडि २५ लाख घुस लिएर लाइन जोडिदिएका थिए । त्यतिखेर समेत प्रधानको संलग्ननता रहेको थियो । उनीहरूले गौशालामा रहेको रामेश्वरम स्विट, बेजान मिष्ठान भण्डार, जोरपाटीस्थित लिक्वेन्स वाटर कारखानामा पनि मिटर बिगारेर रकम असुली गरेको भेटिएको छ। सिभम सिमेन्टलाई दिइएको डेडिकेडेट फिडर बाट २० घन्टा विद्युत् दिदा प्राधिकरणले रु १३ करोड आम्दानी गर्दथ्यो । तर सो उद्योगलाई १९ घन्टाके फाइल स्वीकृत गराएर २४ घन्टा नै विद्युत् दिई बिल भने रु ६ करोडको मात्रै उठ्ने बनाएका थिए । त्यसमा प्रधानको योजनाले काम गरेको बताइन्छ । पेट्रोल पम्पको मिटर बिगार्ने पनि विद्युत् चोरीमा महाशाखा प्रमुख खनालका अनुसार यसरी बिजुलीको मिटर बिगार्दा सबैभन्दा पहिला प्राधिकरण कर्मचारी र उद्योगीबीच ‘सेटिङ’ गरिन्छ । मिटरमा पाँच सय युनिट उठेको छ भने पहिला बिलिङमा ५० युनिट बनाइन्छ । त्यसपछि मिटर रिडिङ गर्नेले सिल तोडेर उल्टो घुम्ने गरी जडान गरिन्छ । यसो गर्दा ४ महिनामा २ हजार युनिट उठेको छ भने २ सयमात्र उठ्ने बनाइन्छ । सुपरभाइजर श्रेष्ठको साथबाट प्रहरीले मेसिन बिगार्ने उपकरणसमेत बरामद गरेको छ । यसअघि महाशाखाले डेढ वर्षअघि राजधानीमा पेट्रोल पम्प बिगारेर ठगी गर्ने पम्प सञ्चालकहरूलाई पनि पक्राउ गरेको थियो । सुपरभाइजर श्रेष्ठ पम्पको सिल बिर्गान विद्युत् चोरीमा छुट्टा छुट्टै गिरोह नेपाल प्रहरीले पक्राउ गरेका विद्युत् प्राधिकरणका कर्मचारीहरु मध्ये नेपाली काँग्रेस र नेकपा(एमाले) निकटका कर्मचारीहरुको संगठित गिरोह नै रहेको पाइएको छ । प्रहरीकाअनुसार पक्राउ परेकामा सूर्यबहादुर थापा लगनखेल वितरण केन्द्रका मिटर रिडिड सुपरभाइजर हुन् । उनी नेकपा(एमाले) निकटको कर्मचारी यूनियनका कर्मचारी यूनियनका इकाइ अध्यक्ष हुन् । यस्तै महादेव प्रधान कर्मचारी यूनियनका केन्द्रीय सल्लाहकार हुन् । यस्तै पक्राउ परेका मनिष श्रेष्ठ मिटर रिडर सुपरभाइजर हुन् । उनी रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन् । उनी नेपाली काँग्रेस निकट कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष हुन् । अर्का इलेक्टिकल सुपरभाइजर सुमन श्रेष्ठ कर्मचारी संघका केन्द्रीय सदस्य रहेको भन्दै गृह मन्त्रालयमा पुगेर विद्युत् चोरीमा संलग्नलाई छुटाउन दबाव दिएका छन् । विद्युत् चोरीमा संलग्नलाई तत्काल छाड्न कर्मचारी संघ र युनियनका पदाधिकारीले यही माघ गते प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिड, उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईलाई समेत घेर्न पुगेका थिए । विद्युत्चोरीमा संलग्नलाई धमाधम कारवाही हुन थालेपछि उनीहरुलाई कारवाहीबाट जोगाउन कर्मचारी सरुवाको विषयलाई लिएर आन्दोलन सुरु गरिएको भन्दै प्राधिकरणका उच्च अधिकारी पनि आश्चर्यमा परेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending