Khabar Dabali १४ माघ २०८२ मंगलवार | 27th January, 2026 Tue
Investment bank

'तोकिएकै मितिभित्र तीन तहको निर्वाचन सम्भव'

\"\" काठमाडौँ, ७ माघ । संविधानको सफल कार्यान्वयनका लागि आगामी २०७४ साल माघ ७ गतेभित्र तीनै तहको निर्वाचन गर्न धेरै चुनौती रहे पनि सम्भव भने भएको आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । उनीहरुले निर्वाचन सम्पन्न गर्न आवश्यक कानुन बनाउन र तयारीसम्बन्धी प्राविधिक कार्य सम्पन्न गर्न सरकारलाई नागरिक तहबाट निरन्तर दबाब र सुझावसमेत दिनुपर्ने आवश्यकता औँल्याएका छन् । न्याय र प्रशासनसहित विभिन्न क्षेत्रमा कार्य अनुभव सँगालेका विज्ञ सम्मिलित नागरिक प्रतिरक्षा अभियानद्वारा आयोजित सो छलफल कार्यक्रममा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले संविधान कार्यान्वयन गर्न राजनीतिक दलहरुले चाहँदा तीनै तहको निर्वाचन सम्पन्न गर्न सकिने बताउँदै त्यसका लागि आवश्यकपर्ने कानुन बनाउन तदारुकता देखाउनुपर्ने बताए । “निर्वाचन सम्पन्न गर्न सरकारलाई जिम्मेवार बनाउन निरन्तर दबाब र सुझाव दिनुपर्छ, आवश्यक कानुन पनि छिट्टै बनाउनुपर्छ”– पूर्वनिर्वाचन आयुक्त पोखरेलले भने । अर्का पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले निर्धारित मितिमा तीन तहको निर्वाचन असम्भव त छैन तर जटिलता र चुनौती भने रहेको बताए ।  उनले स्थानीय तहको निर्वाचन मनसुन सुरु हुनुपूर्व जेठ १० गतैअगावै गर्न उपयुक्त हुने, प्रदेश र सङ्घको निर्वाचन एकैदिन गर्दा राम्रो हुने तथा तीनवटा निर्वाचनको मार्गचित्र छिट्टै तय गर्नुपर्ने सुझाव दिए । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विभिन्न जटिलता र कठिनाइका बाबजुद निर्वाचन गर्न सम्भव भए पनि यसका लागि सबै तह र क्षेत्रबाट खबरदारी आवश्यक रहेको बताए । कार्यक्रममा बोल्ने वक्ताहरुले सङ्कटका बेला निर्वाचन मात्र नभएर राष्ट्रका प्रमुख सवालमा बुद्धिजीवीले केही न केही निकाससहितको धारणा राख्नुपर्नेमा जोड दिए । सो अभियान पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठको संयोजकत्वमा गठन भएको र त्यसमा समाज विभिन्न क्षेत्रमा ख्याति कमाएका ४० भन्दा बढी आबद्ध रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending