भीमदत्तनगर, लगातार तीन दिन भएको वर्षाका कारण कञ्चनपुरमा गहुँ उत्पादन १० प्रतिशतले कमी आउने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
गहुँ काटेर समेट्ने समयमा आएको वर्षाका कारण खल्ला क्षेत्रमा लगाएको गहुँ पूर्णरुपमा नोक्सान भएको वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले बताए ।
‘खल्ला र पानी जमेको ठाउँमा रहेको गहुँ पूर्णरुपले नोक्सान भएको छ”, उनले भने, ‘बमौसमी वर्षाका कारण किसानले दुःख पाए ।” जिल्लामा लगाइएको कुल ३० हजार हेक्टर क्षेत्रफलमा गहुँ तयार भइसकेका अवस्थामा वर्षा भएकाले उत्पादनमा कमी आउने उनले बताए ।
“प्रतिहेक्टर २.५ मेट्रिकटन गहुँ उत्पादन हुन्थ्यो”, उनले भने, “यस वर्ष उत्पादनमा कमी आउने निश्चित छ ।”
त्यसैगरी पछिल्ला दिनमा भएको वर्षाका कारण गहुँको बीउ उत्पादनमा पनि ह्रास आएको छ । “वर्षाका कारण गहुँको बीउ उत्पादनमा पनि समस्या हुने देखियो”, थापाले भने, “गहुँका दानाभित्र पानी पसेकाले गुणस्तर कायम हुन सक्दैन ।”
हावाहुरीसँगै परेको वर्षाका कारण सुदूरपश्चिमभर हिउँदेबालीमा नोक्सान पुगेको कृषि विकास कार्यालयले जनाएको छ । वर्षाका कारण गहुँ, तोरीलगायत तरकारी तथा फलफूलमा समेत क्षति पुगेको छ ।
खेतमा पाकेको गहुँ बाली काटेर भित्र्याउन नपाउँदा कृषक चिन्तित बनेका छन् । उता पहाडी जिल्लामा पनि शनिबारको असिनापानीले विभिन्न ठाउँमा हिउँदेबालीमा नोक्सानी पुर्याएको छ ।
बैतडी, बझाङ, बाजुरा, दार्चुला, डडेल्धुरालगायतका जिल्लामा केही समययता परिरहेको असिनापानीले गहँु बालीसँगै तरकारी खेती र फलफूलसमेत नष्ट गरेको कृषकले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...




प्रतिकृया लेख्नुहोस्: