Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

हुकिङकाे करेन्टले लियो चार मजदुरको ज्यान

जनकपुरधाम , जनकपुरमा बन्दै गरेको एउटा घरमा हुकिङ गरेर तानेको तारबाट सेफ्टीट्यांकमा करेन्ट फैलँदा तीनजना मजदुरको मृत्यु भएको छ। आजको अन्नपूर्ण  पाेष्ट  दैनिकमा खबर छ–उनीहरूलाई बचाउन जाँदा सेफ्टीट्यांकको ग्यासले निसास्सिएर अर्का युवकले पनि ज्यान गुमाएका छन्। सेफ्टीट्यांकको स्ल्याब ढलान गर्न लगाइएको काठको सेट्रिङ हटाउन छिरेका मजदुरहरू जनकपुर १९ बेंगाशिवपुरका ३० वर्षीय श्याम मुखिया, २६ वर्षीय मिलन मण्डल खत्वे र २६ वर्षीय सुनिल दासलाई भित्रै करेन्ट लागेको थियो। करिब दुई फिट पानी जमेको सेफ्टीट्यांकमा छिर्न उनीहरूले घरअगाडि रहेको विद्युत्को लाइनबाट हुकिङ गरेर बल्ब बालेका थिए। बाहिर झुन्ड्याइएको बल्बसहितको तार सेफ्टीट्यांकको पानीमा झरेपछि प्रवाह भएको करेन्ट लागेर तीनैजना भित्रै ढलेका थिए। उनीहरू भित्रै छट्पटाइरहेको देखेर बाहिर उभिएका एकजना प्रस्ट बोल्न नसक्ने व्यक्तिले आवाज दिएपछि नजिकैको अर्को घरअगाडि उभिएका अरुण साह त्यसतर्फ दौडिए। विद्युत्को लाइनमा हुकिङ गरिएको तार सेफ्टीट्यांकमा खसेको र भित्र मजदुरहरू बेहोस भएको देखेपछि अरुण हुकिङ गरिएको तार चुँडाएर उनीहरूलाई बचाउन छिरेका थिए। सानो प्वालमात्र रहेको उक्त सेफ्टीट्यांकमा जम्मा भएको ग्यासको असरले उनी पनि बेहोस भएपछि चारैतिरबाट मानिसको भीड लागेको थियो। बेहोस भएका अरुणलाई उपचारका लागि अस्पताल पुर्‍याउँदै गर्दा बाटोमै उनले ज्यान गुमाए। धनुषा औरही घर भएका ३० वर्षीय अरुण शनिबारै काठमाडौंबाट दिदीलाई भेट्न जनकपुर पुगेका थिए। वैदेशिक रोजगारमा मलेसिया जाने प्रक्रियामा रहेका अरुण दिदीकै घरमा खाना खाएपछि हात धोएर एकैछिनका लागि बाहिर निस्केका थिए। मजदुहरूलाई बचाउन जाँदा उनी आफैं दुर्घटनामा परेको परिवारजनले बताए। वैदेशिक रोजगारका क्रममा मलेसियामा रहेका धनुषा सघाराका मनोज यादवले पठाएको रेमिटेन्सले परिवारजनले मजदुर लगाएर जनकपुरमा नयाँ घर निर्माण गरिरहेका थिए। बिहान करिब साढे १० बजे भएको घटनामा मृत्यु भएका चारैजनालाई जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टम गरी प्रहरीले दाहसंस्कारका लागि परिवारको जिम्मा लगाएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending