Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

सफाईटार सिचाइ आयोजना सञ्चालन हुने

धनकुटा, छिन्ताङ- ९, सफाईटारका कुलबहादुर खड्काको मुहारमा चमक आउन थालेको छ । धान फलाउने खेतमा धूलो उडेको दुई वर्षपछि पुनः सिचाइ आयोजना सञ्चालन हुने कुराले नयाँ आशाका किरण छाएको खड्काले बताए । गाउँमा व्यावसायिक तरकारी खेती पनि सुरु भइसकेको थियो । तर, कुलो बन्द भएपछि गाउँमा गरिबी बढेको उनले बताए ।
धनकुटाको छिन्ताङ-९ स्थित सफाईटार क्षेत्रमा सिचाइ गर्ने उदेश्यले तमोर नदीको झोलुंगे पुलको प्रयोग गरि आहाले-५को लेमलेम्मा खोलाबाट पानी ल्याइएको थियो । तर, झोलुङ्गे पुल जीर्ण भएपछि उक्त सिचाइ आयोजनालाई बन्द गरिएको थियो । दुई वर्षअघि भत्किएको सफाईटार सिचाइ आयोजनालाई पुनः मर्मत गरि सञ्चालनमा ल्याउने भएपछि खड्का जस्तै सफाईटारका ५२ परिवारमा खुसी छाएको छ ।
जिल्ला विकास समितिको कार्यालय धनकुटाले झोलुङ्गे पुलक्षेत्र कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा ३३ लाख रुपैयाँको लागतमा नयाँ झोलुङ्गे पुल बनाइदिएपछि सिचाइ आयोजना सञ्चालन गर्न लागिएको सफाईटार जल उपभोक्ता समितिका अध्यक्ष भीमनाथ खड्काले बताए। \'सिचाइ कुलोका लागि आवश्यक फलामका पाइप निर्माणस्थलसम्म ल्याइसकिएको छ । अबको दुई महिनाभित्र योजना सञ्चालन गरिसक्ने अध्यक्ष खड्काले बताए ।
सिचाइ योजना मर्मतका लागि पूर्वाञ्चल सिचाइ डिभिजन कार्यालय धनकुटाले १० लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । आर्थिक स्रोत कतैबाट नजुट्दा १२ सय मिटर लामो सिचाइ आयोजना समयमै मर्मत हुन सकेको थिएन । सिचाइ आयोजनाको पक्की कुलोमा नियमित पानी आउन छाडेपछि भत्किएको छ ।
यस्तै सिचाइ आयोजना भत्केको बेला मर्मतसम्भार गर्न सफाईटार जल उपभोक्ता समितिले पूर्वाञ्चल सिचाइ डिभिजन कार्यालय धनकुटासँग सहकार्य गरि \'कुले कुखुरो कार्यक्रम\' सुरु गरेको छ । ५२ घरधुरी उपभोक्तालाई एक/एक  चल्ला नि:शुल्क वितरण गरेको जल उपभोक्ता समितिका अध्यक्ष खड्काले बताए ।
पूर्वाञ्चल सिचाइ डिभिजन कार्यालय प्रमुख देवराज निरौलाले चल्लाको खुट्टामा चिह्नको रुपमा नीलो मसि लगाएर कुले कुखुरो कार्यक्रमको उद्घाटन गरेका थिए । उपभोक्ता समितिले एक सय ५० रुपैयाँका दरले चल्ला खरिद गरि उपभोक्तालाई वितरण गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending