Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कांग्रेस एमालेका अस्पताललाई आधा अर्ब अनुदान

काठमाडौं, विभिन्न दलका नेता तथा कार्यकर्ताले आफ्ना पार्टीका चर्चित व्यक्तित्वका नाम जोडेर चलाएका अस्पतालले पहुँच र दबाबकै भरमा राज्यबाट करोडौं अनुदान लिने गरेको खुलेको छ। आजको नागरिक दैनिकमा खबर छ–स्वास्थ्य मन्त्रालयले बाँड्ने यस्तो रकम कुन शीर्षकमा, कसरी खर्च हुन्छ भन्ने अनुगमनसमेत हुँदैन। प्रस्ट नीतिबिनै बाँडिने रकम चरम दुरूपयोग हुने गरेको छ। कांग्रेस नेता बिपी कोइराला, महेन्द्रनारायण निधि, गिरिजाप्रसाद कोइराला, कम्युनिस्ट पार्टी संस्थापक पुष्पलाल र कम्युनिस्ट नेता मनमोहन अधिकारीका नाममा खुलेका अस्पतालसमेत यसरी रकम कुम्ल्याउनेमा पर्छन्। रकम पाउने अधिकांश निजी तथा सामुदायिक अस्पतालले सेवाशुल्कका नाममा बिरामीसँग पनि चर्को शुल्क असुल्दै आएका छन्। स्वास्थ्य मन्त्रालय, चिकित्सा सेवा महाशाखाका प्रमुख गुणराज लोहनीले सामुदायिक अस्पताललाई प्रदान गरिने अनुदान वितरणसम्बन्धी स्पष्ट नीति नहुँदा राजनीतिक पहुँचवालाले धेरैजसो रकम लैजाने गरेको बताए। \'अनुदानका नाममा धेरै ठूलो रकम लैजानेमा नेताकै नाममा खुलेका अस्पताल छन्’ लोहनीले भने, ‘अन्यले पनि राजनीतिक पहुँचकै आधारमा रकम पाउने हुन्।’ उनका अनुसार चालु आर्थिक वर्षमा मात्र ३५ भन्दा बढी सामुदायिक तथा निजी अस्पतालले मन्त्रालयबाट ५३ करोड १३ लाख रुपैयाँ अनुदान बुझेका छन्। यस आर्थिक वर्ष सबैभन्दा बढी मनमोहन सामुदायिक अस्पताल, ठमेलले ५ करोड लगेको छ भने कम पाउनेमा अपांग बाल अस्पताल छ। यसले १० लाख रुपैयाँ पाएको छ। हरेक वर्ष ४ देखि ५ करोड रुपैयाँ अनुदान लैजाने मनमोहनमा एमालेनिकट नेता–कार्यकर्ता सञ्चालक छन्। डेढ वर्षअघिबाट मात्र सञ्चालनमा आएको महेन्द्रनारायण निधि मेमोरियल अस्पतालले पनि पहुँचकै भरमा यस वर्ष ५ करोड अनुदान लगेको छ। भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधि संरक्षक रहेको यो अस्पतालमा कांग्रेस नेता तथा कार्यकर्ता सञ्चालक छन्। एमाले नेताकै नाममा सञ्चालित पुष्पलाल अस्पताल, कांग्रेसनिकटले सञ्चालन गरेको बिपी स्मृति अस्पताल, सुष्मा कोइराला मेमोरियल ट्रस्ट अस्पताल, जिपी कोइराला श्वासप्रश्वास केन्द्र, बिपी नेत्र अध्ययन प्रतिष्ठान, मनोहरा तथा एमाओवादी निकटले सञ्चालन गरेको सहिद स्मृति अस्पतालले समेत करोडौं रकम पहुँच र दबाबकै भरमा लैजान सफल छन्। चालु आर्थिक वर्षमा पुष्पलाल अस्पतालले ४ करोड, बिपी स्मृति अस्पतालले २ करोड, सुष्मा कोइराला मेमोरियल ट्रस्ट अस्पतालले १ करोड र सहिद स्मृति अस्पतालले १ करोड रुपैयाँ लगेको मन्त्रालयको तथ्यांक छ। बिपी नेत्र अध्ययन प्रतिष्ठान, मनोहराले गत वर्ष ४ करोड रुपैयाँ लगेको थियो। मन्त्रालयसँग अनुदान उपलब्ध गराउने स्पष्ट निर्देशिका नरहेको र अनुगमन प्रणालीसमेत नरहेकाले पहुँचवालाले बढी रकम लैजाँदै आएको लोहनी स्विकार्छन्। ‘अस्पतालहरूले आफ्ना भागमा जति रकम पार्न सफल छन्, उनीहरूलाई तपार्इंको भागमा परेको रकम लिन आउनु भन्नेबाहेक अरू केही भन्न सकिएको छैन\' उनले भने, ‘लगिएको रकमको सदुपयोग भयोरभएन अनुगमनसमेत हुँदैन।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending