Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

देउवाले यसरी कब्जा गर्दैछन् कांग्रेस !

काठमाडौं, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले हारको ‘नजिर’ र चढ्दो ‘बुढ्यौली’ लाई ख्याल गर्दै १३औं महाधिवेशनबाट जसरी पनि आफू कांग्रेसको नेतृत्वमा स्थापित हुने रणनीति बनाएका छन् । १०औं महाविधेशनमा गिरिजाबाबुसँग र १२औं महाविधेशनमा सुशील कोइरालासँग पराजित भई बनेको ‘सधैं हार्ने नेता’ को ‘छवि’ लाई तोड्ने प्रयासस्वरुप देउवा आफ्नो रणनीतिमा अगाडि बढिसकेसकेका छन् । पार्टी, सरकार र संविधान निर्माणमा सुशील कोइरालाको लाचारीलाई हतियार बनाउँदै देउवाले आगमी भदौ २४ देखि २८ सम्म हुने महाधिवेशनका लागि आफ्नो तयारी अघि बढाएका हुन् ।
  • पार्टी संगठन, सरकार र संविधानका विषयमा सुशील कोइरालाको लाचारीलाई देउवा पक्षले मुद्दा बनाउने
  • पदाधिकारी थप्ने कोइरालाको तयारीको विक्षमा देउवा पक्ष
  • संविधानभन्दा महाधिवेशनमा केन्द्रित अभियानका लागि नेता तोकिए
‘कहिले गिरिजाबाबु त कहिले सुशील कोइरालासँग हारेको नजिर मेटाउने दाउमा देउवाजी हुनुहुन्छ’ देउवाका एक विश्वासपात्र भन्छन्– ‘अब अर्को महाधिवेशनसम्म उहाँको उमेर ७३–७४ वर्ष पुग्छ, त्यसैले उमेरको हिसाब समेत यस पटक उहाँलाई जित्नैपर्ने दबाब छ ।’ देउवा तीनपटक प्रधानमन्त्री भइसकेका छन्  । पार्टी फुटाएर प्रजातान्त्रिक कांग्रेसको सभापति बने पनि एकीकृत पार्टी बनेपछि देउवाले ‘कोइराला विरासत’ भत्काउन सकेका छैनन् । जसरी पनि कोइरालालाई पल्टाउन तयारी थालेका देउवाले नेतृत्वमा पुग्ने प्रयासस्वरुप केन्द्रीय सदस्य र जिल्ला सभापतिको भेला गरिसकेका छन् । ‘पार्टी संगठन, सरकार र संविधानका विषयमा सुशील कोइरालाको लाचारी नै हाम्रो प्रमुख हतियार हो’ देउवा पक्षका एक वरिष्ठ नेता भन्छन्– ‘हाम्रो उद्धेश्य जसरी पनि जित्नु हो । त्यसैले कोइरालाका कमजोरीमा टेक्दै महाधिवेशनकेन्द्रित अभियान थालिसकेका छौं ।’ संस्थापन पक्षको यही कमजोरीलाई जिल्ला, क्षेत्र, गाउँ र वडासम्म पुर्याएर माहोल आफ्नो पक्षमा लगाउने रणनीति देउवा पक्षको छ । कोइराला परिवारको उत्तराधिकारीमा डा. सशांक, डा. शेखर र सुजाता कोइरालाको बढ्दो खिचातानीलाईु समेत देउवा पक्षले प्रयोग गर्ने भएको छ । संस्थापनबाट असन्तुष्ट अर्जुननरसिंह केसी, गगन थापासहितलाई आफ्नो पक्षमा पार्ने तयारीमा देउवा पक्ष लागेको छ । यसका लागि पदाधिकारीमा उनीहरुलाई ‘समुचित स्थान’ दिन सक्ने गरी देउवा पक्षले आन्तरिक गृहकार्य अघि बढाएको छ । संस्थापन पक्षले सहमतिबाट संविधान भने पनि प्रक्रियामा बल गरेर विपक्षीलाई भड्काउने काम कोइराला पक्षले गरेको देउवा पक्षको आरोप छ । ‘भन्नलाई सुशीलजी सहमति–सहमति भन्नहुन्छ ।  तर, सहमतिबाट निकास निकाल्न अग्रसर देखिनुभएको छैन’ देउवा पक्षका नेता आफ्नो योजना खुलाउँदै भन्छन्, ‘प्रक्रियाबाट बनाइने संविधानले मुद्धा सम्बोधन गर्दैन, दलबीच झन् दुरी बढाउँछ । त्यसले विपक्षीलाई भड्काउँछ, त्यसैले हाम्रो एजेन्डा सहमतिका अधारमा संविधान हो ।’ संविधान बन्दा भन्दा नबन्दा नै महाधिवेशनमा कोइरालाका कमजोरी बढ्ता उघार्न सकिने देउवा पक्षको बुझाइ छ । ‘सहमतिमा संविधान बनोस् भन्ने चाहना हाम्रो छ । तर, संविधान नबन्दा कोइरालाका कमजोरी देखाउँदै आफू स्थापित हुन हामीलाई सहयोग पुग्छ । त्यसैले हाम्रो पक्षलाई पनि महाधिवेशनसम्म संविधान नबनेकै राम्रो हो’ देउवा पक्षका अर्का नेता भन्छन् । एमालेसँग घिस्रिएर प्रक्रियाको कुरा गर्दै संविधान निर्माणलाई अलपत्र परेको मुद्दालाई नै कार्यकर्तासम्म पुर्याएर देउवा पक्षले कोइरालाका कमजोरी खोतल्ने प्रयास गर्न लागेको हो । ‘संगठन र क्रियाशील सदस्यता वितरणमै पनि संस्थापन पक्षले आफूखुशी निर्णय गर्दै आएको छ त्यसैले हामीले केन्द्रीय सदस्य र जिल्ला सभापतिको भेला गरिसकेका छौँ ।’ जिल्लाबाट संगठन निर्माण र आफ्नो पक्षको प्रतिकूल अनुकूल पक्षबारे रिपोर्टिङ गर्न नेता खटाएको भन्दै ती सदस्यले भने, ‘अञ्चलमा समेत केन्द्रीय नेता खटाइएको छ अब हाम्रो सम्पूर्ण ध्यान महाधिवेशनमा केन्द्रित भएको छ ।’ ७५ मध्ये देउवा पक्षमा करिब ४५ सभापति छन् । यसमा पनि ३८ सभापतिले आफ्नो पक्षबाटै १२औं महाधिवेशनमा चुनाव जितेको जिकिर देउवा पक्षको छ । त्यस्तै, केन्द्रीय समितिमा भएको ४० प्रतिशत मत, संसदीय दलको ९० प्रतिशत, भातृ संस्थामा बढ्दो लोकप्रियतालाई देउवा पक्षले रणनीतिमा बदल्ने सोच बनाएको छ । देउवा निवास महाराजगंजमा भएको केही दिन अघिको भेलाले १४ अञ्चलमा आफ्नो पक्षमा माहोल बनाउन केन्द्रीय नेतालाई जिम्मेवारी तोकेको हो । ‘जिल्लामा समन्वय गर्ने, आफ्नो पक्षमा लबिङ गर्ने, द्वन्द्व भए मिलाउनेसहितका काममा केन्द्रीय नेता खटिनुभएको छ ।’ देउवा पक्षका तीन नेताले भने । पदाधिकारी थपेर आकांक्षीलाई मिलाउने र नेतृत्व आफ्नो पक्षमा पार्ने सुशील कोइरालाको दाउको विपक्षमा देउवा पक्ष उभिने भएको छ । ‘परिवारका सदस्यलाई मिलाउने र आफू पदाधिकारीका आकांक्षीलाई आश्वासन दिनका लागि पदाधिकारी थप्ने पक्षमा सभापति देखिनुभएको छ’ ती नेताले देउवा पक्षको रणनीति खुलाउँदै भने, ‘कसैलाई पुरस्कृत गर्दै पार्टीमा वर्चस्व स्थापित हुने दाउमा सफल हुन दिदैनौं ।’ २०७० साल माघमा पनि देउवा संसदीय दलको चुनावमा कोइरालासँग पराजित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending