Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

अङ्ग्रेजी नयाँ वर्षका कारण पोखरा पर्यटकले भरिभराउ

पोखरा, १५ पुस । नेपालकै लोकप्रिय पर्यटकीयस्थल पोखरा यतिखेर अङ्ग्रेजी नयाँ वर्षको आगमनससंगै पर्यटकले भरिभराउ बनेको छ । प्राकृतिक सुन्दरताको नगरी पोखरामा यतिखेर स्वदेशी एवम् विदेशी पर्यटकको चाप बढेसँगै यहाँका होटेल तथा रेष्टुराँलाई सेवा प्रवाह गर्न भ्याइनभ्याई छ । विगतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा विशेष गरी विदेशी पर्यटक पोखराको भ्रमणमा आउने गरेकामा केही वर्षयता स्वदेशीमा पनि घुमफिर संस्कृति बढ्दै गएका कारण पर्यटकको सङ्ख्या ह्वात्तै बढेको पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए। “पछिल्लो समयमा पोखरामा उत्साहजनक रुपमा स्वदेशी पर्यटकको वृद्धि भएको छ”, उनले भने – “भूकम्प र नाकाबन्दीले सुस्ताएको यहाँको पर्यटनलाई बढ्दो आन्तरिक पर्यटक आगमनले विस्तारै आत्मनिर्भरतातर्फ उन्मुख बनाएको छ ।” अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा जाने भन्ने कुरा ब्रान्डिङ जस्तै बनेको बताउँदै उहाँले यस याममा पोखरामा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक आउने गरेको जानकारी दिए । विभिन्न शैक्षिक संस्थाका विद्यार्थी पनि आफ्नो क्यालेन्डर मिलाएर अङ्ग्रेजी नयाँ वर्षका अवसरमा पोखरा आउने गरेका छन् । नयाँ वर्षमा पोखरामा होटेल नपाइने डरले अधिकांश पर्यटकले अग्रिम बुकिङ गर्ने गरेका छन् । विगत एक साताअघिदेखि बुकिङ गर्ने क्रम सुरु भएको जानकारी दिँदै अध्यक्ष थापाले डिसेम्बर ३१ र जनवरी १ का लागि अधिकांश होटेलमा बुकिङ सकिसकेको जानकारी दिए । विगत १८ वर्षयता निरन्तर अङ्ग्रेजी नयाँ वर्षका अवसरमा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन ९रेवान० पोखराले गर्दै आएको सडक महोत्सवले पनि यस समय आउने पर्यटकलाई भरपुर मनोरञ्जन प्रदान गरेको छ । नयाँ वर्षको अवसरमा पोखराको सुन्दरताको अवलोकनका साथै महोत्सव पनि अवलोकन गर्न पाइने भएकाले विगत केही वर्षयता पर्यटक महोत्सवलाई समेत लक्षित गरी आउने गरेको १८औँ पोखरा सडक महोत्सवका संयोजक गोपीबहादुर भट्टराई बताउँछन् । \"\" “घुम्नका लागि अनुकूल समय, जारी महोत्सव र नेपालभित्र बढ्दै गएको घुमफिर संस्कृतिका कारण उत्साहजनक रुपमा पोखरामा आन्तरिक पर्यटकको आगमन बढेको छ”, उनले भने – “पुस १३ गतेदेखि सुरु भई १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा लगभग पाँच लाखको सङ्ख्यामा पर्यटक आउने अनुमान गरेका छौँ ।” मौसमको अनुकूलताका कारण यतिखेर पोखरा आसपासका माछापुच्छ«े, अन्नपूर्ण, तथा धवलागिरिलगायतका हिमशृङ्खलाले पर्यटकलाई खुलेर स्वागत गरेका छन् । हिमाली दृश्यको अवलोकनका साथै पोखरा आउने पर्यटक यहाँको फेवातालमा बोटिङको मज्जा लिँदै तालको बीचमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न जान्छन् । जारी सडक महोत्सवका कारण सिङ्गारिएको लेकसाइड यतिखेर साँच्चै दुलही झैँ सिङ्गारिएको छ । युरोपियन राष्ट्रको जस्तै आभास हुने किसिमको झिलीमिलीले स्वदेशी एवम् विदेशी पर्यटकलाई आनन्दित तुल्याएको छ । पोखराको अर्को आकर्षण डेभिड फल्सबाट खसेको पानीको फोहोरा र त्यहाँबाट निस्कने बाफको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ भने नजिकै रहेको गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफामा पर्यटक रमाउने गरेका छन् । फेवातालको शिरमा रानीवनमाथि देखिने विश्व शान्ति स्तूप पनि यहाँको अर्को पर्यटकीय गन्तव्य हो । यहाँबाट देखिने पोखराको सुन्दर दृश्य, फेवाताल, हिमाल, सराङ्कोटलगायतका स्थानको अवलोकन पर्यटकको रोजाइमा पर्ने गरेका छन् । यी स्थानका अतिरिक्त पोखराको विन्ध्यवासिनी मन्दिर, सराङ्कोट, लेखनाथ नगरपालिकास्थित बेगनास, रुपालगायतका सात ताल, महेन्द्र गुफा, चमेरो गुफा, सेती नदीको गल्छी, माटेपानी गुम्बा, अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय आदि पर्यटकका रोजाइमा पर्ने गरेका छन् । साहसिक पर्यटनका प्याराग्लाइडिङ, अल्ट्रालाइट फ्लाइट, बञ्जीजम्प, जिप फ्लाई आदिले पनि पोखरामा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । प्रकृतिका धेरै अनुपम छटाका कारण पोखराले पर्यटकलाई आकर्षित गर्ने गरेको बताउने पश्चिमाञ्चल होटेल सङ्घका अध्यक्ष भरतराज पहारी अङ्ग्रेजी नयाँ वर्षका कारण केही दिनयता पोखराका होटेलमा पर्यटक आउने क्रम तीव्र रुपमा बढेको बताउँछन् । होटेल सङ्घमा आबद्ध यहाँका लगभग ४०० होटेलका साथै आबद्ध हुने क्रममा रहेका लगभग ५० होटेल गरी ४५० हाटेलले पोखरामा पर्यटकलाई सेवा प्रवाह गरिरहेको उनको भनाई छ । “पोखरा क्षेत्रमा पर्यटक बस्न सक्ने गरी होटेलका लगभग नौ हजार कोठामा २० हजार बेड सङ्ख्या रहेको छ”, उनले भने – “पोखरा आसपासका धम्पुस, रुपाकोट, बेगनासलगायतका स्थानका हेटेलमा समेत प्रतिदिन पोखराले ३० हजारको सङ्ख्यामा पर्यटकलाई राख्न सक्दछ ।” नयाँ वर्षका कारण बढेको पर्यटकको चापलाई दृष्टिगत गरी होटेलले आफ्नो सेवा प्रवाहलाई पनि प्रभावकारी बनाएको होटेल एसिया, लेकसाइडका सञ्चालक धर्मराज पन्थीले बताए । “एक साताअघिदेखि नै पर्यटकले होटेलमा अग्रिम बुकिङ गरेका छन्”, पन्थीले भने – “डिसेम्बर ३० देखि जनवरी १ सम्म धेरै बुकिङ भइसकेको छ, होटेलमा विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकको सङ्ख्या बढी छ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending