Ntc summer Offer
Khabar Dabali ३ जेष्ठ २०८१ बिहीबार | 16th May, 2024 Thu
NIMB

रु साढे तीन करोड लगानीमा चल्ला उत्पादन उद्योग सुरु

प्यूठान, राजनीतिक र समाजसेवा पृष्ठभूमिका यहाँका पाँच जनाले संयुक्त रुपमा रु साढे तीन करोड लगानीमा यस मध्यपश्चिम क्षेत्रकै ठूलो चल्ला उत्पादन उद्योग सञ्चालनमा ल्याएका छन् ।

जिल्लाको दक्षिणी क्षेत्र बाङ्गेसाल गाविसको ददेरीमा रु तीन करोड ५० लाख ५६ हजार लगानीमा चल्ला उत्पादन उद्योग सञ्चालनमा आएको हो । चार राजनीतिक दलका जिल्ला स्तरीय नेताहरुले चल्ला उत्पादन उद्योग सुरु गरेका हुन् ।

उद्योग सञ्चालन गर्नेहरुमा राप्रपाका जिल्ला उपाध्यक्ष बुद्धबहादुर जिसी, एमाले केन्द्रीय सल्लाहकार सदस्य एवम् नेपाल औषधि कम्पनीका पूर्व महाप्रबन्धक टीकाराम शर्मा, बिजुवार गाविसका पूर्व अध्यक्ष एवम् एमाओवादी प्यूठान नगरपालिका प्रतिनिधि उमाराम पौडेल, दोसाध प्राविका पूर्व प्रधानाध्यापक एवम् एमाले कार्यकर्ता मानबहादुर जिसी र काँग्रेसका क्रियाशील सदस्य प्रकाश सुवेदी रहेका छन् ।

उनिहरुले ‘राप्ती फिड्स एण्ड ह्याएचरी इन्डष्ट्रिज प्रालि’को नामबाट चल्ला उत्पादन उद्योग सञ्चालन गरेका हुन् ।

“आर्थिक वृद्धि र यहाँको विकास गर्ने जिम्मेवारी हाम्रो पनि हो” सञ्चालक मध्येका एक बुद्धबहादुर जिसीले भने । कुखुरापालक कृषकलाई लक्षित गरी उद्योग खोलिएको उनले बताए ।

“अरुलाई कृषिमा लाग्नुस् भन्दै सल्लाह दिने गरेका थियौँ, अव हामी आफै लागिपरेका छौँ” सञ्चालक उमाराम पौडेलले भन्नुभयो– “राजनीतिमा लागेकाहरु पनि व्यवसाय र कृषिमा लाग्ने हो भने देशको विकास चाँडो हुने थियो ।” देशका नेताहरु उत्पादनमूलक कार्यमा नलाग्दासम्म समस्या यस्तै रहने उनले बताए ।

चार वर्ष पहिला उद्योग स्थापना भए पनि चल्ला उत्पादनको कार्य संयुक्त लगानीमा यसै वर्षबाट सुरु भएको हो । उद्योगले मध्येपश्चिम क्षेत्रमै उच्च प्रविधिबाट उन्नत जातका गुणस्तरीय चल्ला उत्पादन गर्दै आएको छ । यहाँको चल्ला उत्पादन गुणस्तरीय भएको भन्दै जिल्ला बाहिर अत्यधिक माग हुन थालेको उद्योगका प्रशासकीय प्रमुख धर्मराज भण्डारीले बताए । “गुणस्तरीय उन्नÞत जातका चल्ला उत्पादन हुँदा व्यावसायिक कृषि फार्मलाई सहज भएको छ” उहाँले यहाँ उत्पादन गरेको चल्ला अन्यको तुलनामा स्थानीय कृषकलाई सुपथ मूल्यमा दिने गरेको बताए । “उद्योग सञ्चालनमा आएपछि नाफा र खर्च उस्तैउस्तै भएको छ ।” सञ्चालक बुद्धबहादुर जिसीले भन्नुभयो, “उद्योग विस्तारसँगै अब उद्योगले नाफा दिने समय आएको छ ।” उद्योगमा अहिले प्राविधिकसहित १६ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् । उद्योगमा रु नौ हजारदेखि रु २० हजारसम्म तलब दिई कर्मचारी राखिएको उद्योग सञ्चालकहरुले बताएका छन् । “उद्योगमा हप्ताको दुई दिन आइतबार र बुधबारमात्रै चल्ला उत्पादन गर्ने गरेका छौँ ।” उद्योगका प्रशासकीय प्रमुख भण्डारीले भन्नुभयो, “एकै हप्तामा १२ हजार चल्ला उत्पादन गर्ने गरेका छौँ ।” उद्योगमा अहिले १० हजारको सङ्ख्यामा तयारी अवस्थामा ठूला कुखुरा रहेको उद्योगले जनाएको छ । उद्योग सञ्चालनमा कृषि तथा व्यापार आयोजनाले अहिले रु ४० लाखबराबरको प्राविधिक सहयोग गरेको छ । पन्ध्र रोपनी जग्गा खरिद गरी सुरु गरिएको यहाँको उद्योगले उत्पादन गरेका चल्ला अहिले प्यूठानसहित रोल्पा, अर्घाखाँची, गुल्मी, सल्यान, दाङ, कपिलवस्तुलगायतका जिल्लामा निर्यात हुने गरेको छ । उत्पादित चल्लाको प्राविधिक परीक्षणबाटमात्रै बजारमा पठाइने गरेको उद्योगका प्राविधिक प्रमुख डा रेवन्त भट्टराईले बताउनुभयो । “चल्ला उत्पादनका लागि १० पोथीबराबर एक भाले कुखुराको आवश्यक पर्ने गर्छ ।” उनले भने, “हामीले उत्पादन गरेको चल्लाको गुणस्तर राम्रो हुने भए पनि यहाँको माग धेरै ठाउँमा आउने गरेको छ ।”

उद्योग थप विस्तारको तयारी गरेको भन्दै उद्योगका अध्यक्ष टीकाराम शर्माले ग्रामीण क्षेत्रमा उद्योग सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको भन्दै यस्ता निजी उद्योगलाई प्रोत्साहन गर्न राज्यले सहयोग गर्नुपर्ने बताए । उद्योग सञ्चालन गर्न अहिले विद्युत् र पानीको समस्या रहेको उद्योगले जनाएको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies