Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

७० वर्षीय वृद्धले गरिन् ४० करोडको किर्ते

पोखरा, किर्ते गरेर विरौटाको करोडौं मूल्य पर्ने जग्गा हडप्न खोज्ने गिरोहमा संलग्न आमा छोरा पक्राउ परेका छन्। रामेछापको चुरचुरे ८ घर भई काठमाडौं बस्ने ७० वर्षीया गंगामाया कार्की र उनका २५ वर्षीय छोरा टंकबहादुर पक्राउ परेका हुन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–काठमाडौंको कालीमाटीमा बस्दै आएकी गंगामाया र छोरा गत शनिबार पोखरा आइपुगेका थिए। उनीहरूले आइतबार एक होटलमा बसेर जग्गा नामसारी गर्दा चाहिने नागरिकता, मृत्यु दर्ता, फुकुवापत्र, छाप, हस्ताक्षरसहितका कागजपत्र बनाएको अनुसन्धानबाट खुलेको हो । गिरोहमा संलग्न थप तीनजना फरार छन्। पक्राउ परेकी एक युवतीको नाम र ठेगाना प्रहरीले खुलाएको छैन। दुई वर्षअघि मृत्यु भएका पोखरा ४ गणेशटोलका कृतिकुमार बाटाजुको नामको पोखरा १७ स्थित होटल ग्रान्डअगाडि मुलबाटोमा रहेको ६ रोपनी दुई आना, दुई पैसा, दुई दामको जग्गा गिरोहले गंगामायालाई बाटाजुकी श्रीमती हर्षकुमारी बनाएर नामसारी गर्न लागेका थिए। जग्गाको प्रचलित मूल्य करिब ४० करोड भएको प्रहरीले जनाएको छ। २०५९ चैत्र २ गते मृत्यु भएका कृतिकुमारको मृत्यु भएको थियो। त्यसको २० दिनपछि नै हर्षकुमारीको पनि निधन भएको थियो। पोखरा र काठमाडौंमा जग्गा दलाली गर्ने गरोहको योजनामा गंगामायाको नाममा उक्त जग्गा नामसारी गर्न लागिएको थियो। मालपोत कार्यालय कास्कीमा मोठ भिडाएर मालपोत अधिकृतको दस्तखत गर्न लाग्दा शंकास्पद ठानेर खोजबिन गर्दा किर्ते गरिएको खुलासा भएको थियो। मालपोत अधिकृत केशवराज भट्टराईले फुकुवापत्रमा करिब दुई साताअघि पोखराबाट सरुवा भइसकेका पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत महेश बरालको नाम देखेपछि फाइल रोकेका थिए। ु‘पहिले नै सरुवा भइसकेका कार्यकारी अधिकृतको नाम र हस्ताक्षर रहेको पत्र बुधबारको मितिमा देखेपछि शंका लागेर रोकें’ उनले भने, ‘बुझ्दै जाँदा हस्ताक्षर, थर, लेटरप्याड, फन्ट सबै किर्ते पाइएपछि प्रहरीलाई खबर गर्‍यौं।’ अधिकृतले नमिल्ने बताएर फाइल रोकेलगत्तै किर्ते गर्न पुगेको गिरोह मालपोतबाट फरार भएको थियो। लेखापढी गरेका कृष्णप्रसाद सैंजुले फाइल झुट्टा भएको बुझेपछि हारगुहार गरी गिरोहको खोजीमा लागेका थिए। सादा पोशाकका प्रहरीसहितको टोलीले गंगामाया र एक युवतीलाई लेकसाइडको जरेवरस्थित होटल होलीडेबाट बुधबार राति समातेको थियो भने टेकबहादुरलाई काठमाडौं जान लाग्दा पृथ्बीचोकबाट समातेको थियो। ‘टेकबहादुरको मोबाइलको लोकेसन पत्ता लगाएर खोज्दै जाँदा बस कुरिरहेको अवस्थामा फेला पार्‍यौं’कास्कीका अनुसन्धान अधिकृत देविप्रसाद पौडेलले भने। कास्कीका प्रहरी नायवउपरीक्षक केदार रजौरेले पोखरा र काठमाडौंमा जग्गाको दलाली गर्ने गिरोहको सक्रियतामा करोडौंको जग्गा हड्प्ने प्रयास भएको बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending