Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

प्रचण्ड मोर्चाकै गच्छदार भन्छन्, जनताले आन्दोलन चाहेका छैनन्

काठमाडाैं, ३० दलीय मोर्चाको एउटा घटक मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले जनताले अहिले आन्दोलन नचाहेको बताएका छन् । आजको कान्तिपुर देनिकसँग कुराकानी गर्दै गच्छदारले आन्दोलन नभई सहमतिबाटै संविधान जारी गर्नुपर्नेमा जोड दिएका हुन् । मोर्चाका कतिपय निर्णयप्रति गच्छदारले सार्वजनिक रूपमै फरक मत राख्दै आएका छन् । ‘जनताले आन्दोलन चाहेकै छैनन् । मुलुक फेरि राजनीतिक मुठभेड र द्वन्द्वमा जाओस् भन्ने चाहेका छैनन् । जनताले शान्ति र संविधान चाहेका छन् । यस्तो अवस्थामा वार्ता र छलफलबाटै सहमतिमा पुग्नुपर्छ ।’ गच्छदार भन्छन्, ‘सहमतिमै संविधान जारी गर्नुको विकल्प छैन । आम सहमति नभए पनि विगतका आन्दोलनकारी शक्तिहरूबीच अधिकतम सहमतिमा संविधान जारी गर्नुपर्छ ।’ प्रक्रियाबाट संविधान जारी गर्ने सत्तापक्षको हठका कारण आन्दोलन बाध्यात्मक बन्न पुगेको उनले बताए । ‘सत्तापक्षले त्यो हठ त्याग्नुपर्छ । अर्कोतर्फ चर्को आन्दोलन गर्ने, आमहड्ताल, अनिश्चितकालीन नेपाल बन्दजस्ता अतिवादी सोच पनि ठीक छैन ।’ उनले भने, ‘हाम्रो आन्दोलन सत्तापक्षमाथि दबाब सिर्जना गर्न मात्र हो । सत्तापक्षलाई सहमतिको बाटोमा फर्काउनका लागि हो ।’ अझै पनि २/४ दिन बाँकी रहेको भन्दै यसबीच वार्ता र छलफलबाट सहमतिमा पुग्न सकिने भन्दै उनले समयको सदुपयोग गर्नुपर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending