Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

पशुपतीका वृद्धवृद्धा भन्छन्, ‘हे भगवान्, यहाँको उडुस मारिदिनुस्’

काठमाडौं, मुलुकको पुरानो पशुपति वृद्धाश्रममा भगवानको शरण माग्दै २३० वृद्धवृद्धा बस्छन् । तर तिनै वृद्धाश्रममा रहेका वृद्धहरु भने यतिबेला हैरान छन् । उनीहरुले हैरानी पाउनुको एउटै कारण हो ‘उडुस’ । ‘उमेर पाको भएर के गर्नु रु’ ७५ वर्षीया पवित्रा सुवेदीले पिडा पोखिन्, ‘त्यसै पनि बुढेसकालले छोपीसक्या बेलामा उडुस्ले हैरानै बनायो ।’ सुवेदी उडुसका कारण आफू आफ्नो कोठामा बस्नै नसक्ने अवस्थामा पुगेको गुनासो पोख्छिन् । ‘खाटमा बस्यो कि कताबाट केले टोक्ने हो पत्तो नै हुन्न ।’ सुवेदी भन्छिन्, ‘रातभरि निन्द्रा पनि लाग्दैनँ ।’ ७० वर्षीय जीतबहादर राई आफूलाई उडुसले सताएको गुनासो पोख्छन् । ‘गर्मीयाम सुरु हुन थालेपछि उडुस धेरै बढ्ने गर्छ ।’ राई भन्छन्, ‘पहिलेभन्दा अहिले अलि बढेको जस्तो छ साह्रै समस्या पारेको छ ।’ ६ वर्षदेखि पशुपति वृद्धाश्रममा बस्दै आएका उनलाई अहिले भने उडुसले निकै सताएको महसुस भएको छ । ‘अब मर्ने बेला पनि भयो ।’ खबरडबलीसँग उनले भने ‘यहाँ बस्न पनि आनन्द नै छ तर, सबै साथीभाई पनि उडुसले समस्यामा छन् ।’ दुई वर्षदेखि वृद्धाश्रम बस्दै आएकी मिना पाण्डे, राईकै जस्तो गुनासो पख्छिन् । ‘ औषधी पनि हाल्न मिल्दैन रे ।’ उनले भनिन् ‘हामीलाई असर गर्छ रे, त्यसैले पनि उडुस घटेन ।’ लामो सास फेर्दै टाउको हात राख्दै उनले थपिन्, ‘हे भगवान, यहाँको उडुस सखाप पारिदिनुस् ।’ वृद्धाश्रमका कार्यालय प्रमुख मनोज कुमार बस्नेत वृद्धाहरुको स्वास्थ्य संवेदनशिलतालाई ध्यानमा राखेर औषधि प्रयोग नगर्नाले उडुस बढेको स्विकार गर्छन् । ‘यहाँ औषधी प्रयोग गर्न मिल्दैन औषधीको असर उडुसलाई भन्दा यहाँ बस्नेलाई पर्छ ।’ उनले भने, ‘उडुस मार्न प्रयोग हुने औषधीले यहाँका वृद्धवृद्धाहरुलाई श्वास प्रश्वासमा निकै असर गर्छ ।’ बस्नेतका अनुसार वृद्धाश्रमको भवनको बनावटका अनुसार पनि पहिले देखि नै उडुस निराकरण गर्न समस्या पर्दै आएको छ । ‘काठले बनेको घर भएका कारणले पनि होला, यहाँ उडुसको बिगबिगि बढेको छ । उडुस कहाँ लुक्छ भन्ने कुरा नै थाहा हुँदैनँ,’ उनले भने, ‘हामीले अन्य विधिबाट हटाउन खोज्यौं तर औषधी बिना यसको निराकरण नहुने पायौँ । धेरैले कपुर हाल्ने सल्लाह दिए तर यसले पनि काम नगर्ने रहेछ ।’ कर्मचारी श्रीवीन्द खनाल उडुस मार्दा झनै बढ्ने जीव भएकाले पनि समस्या परेको बताउँछन् । ‘यो जीव नै कस्तो खालको  हो ।’ उनले भने, ‘निराकरण गर्न खोज्दा अर्को साल झनै बढ्छ । यद्यपी हामी अहिले निराकरणको अन्य उपाए खोजी रहेका छौं ।’ कुल क्षमता २३० रहेको वृद्धाश्रममा अहिले सोहि संख्याको हाराहारीमा ६५ उमेर समुहभन्दा माथिका आफन्तविहिन वृद्धवृद्धा बस्दै आएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending