Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

भारतीय विदेश सचिव नेपालमा

काठमाडौँ, हालै नियुक्त भएका भारतका विदेश सचिव डा सुब्रमन्यम् जयशङ्कर नेपालको दुईदिने औपचारिक भ्रमणमा विहिबार बिहान राजधानी आइपुगेका छन् ।

दुई महिनाअघि विदेश सचिवको कार्यभार सम्हालेका जयशङ्कर नेपालसँगको आत्मीयता प्रवद्र्धन तथा दुई मुलुकबीचको गाढा सम्बन्धका विविध आयामबारे वरिष्ठ सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग छलफल गर्न भ्रमणमा आएका हुन् ।

सार्क मुलुकको यात्राका क्रममा भारतीय विदेश सचिवले पाकिस्तान, श्रीलङ्का, अफगानस्तान र भुटानको भ्रमण गरिसकेका छन् । विदेश सचिवमा नियुक्त भएपछि सुब्रमन्यम्को यो पहिलो नेपाल भ्रमण हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै उनले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० यात्राका क्रममा आफू नेपाल भ्रमणमा आएको बताउँदै आफ्नो यो भ्रमणले भारत सरकार तथा भारतीय प्रधानमन्त्रीको नेपालप्रतिको हाम्रो सम्बन्धको महत्व प्रतिविम्बित गर्ने बताए ।

साथै उनले नेपालको राजनीतिक नेतृत्वका वरिष्ठ व्यक्ति र विभिन्न राजनीतिक दलका नेतासँग भेटवार्ता गर्ने जानकारी दिए ।

भारतले अवलम्बन गरेको ‘सबैभन्दा पहिले छिमेक’ नीतिअनुसार नेपालसँगको बहुआयामिक एवम् परस्पर लाभदायक सम्बन्ध सुदृढ तुल्याउन आफ्नो मुलुक प्रतिबद्ध रहेको सचिव सुब्रमन्यम्ले बताए ।

गत साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुषमा स्वराजको भ्रमणका बेला भएका द्विपक्षीय सहमति, पारस्परिक लाभका परियोजना कार्यान्वयनमा भएका प्रगतिलगायत विषयबारे आफ्ना समकक्षी शङ्करदास वैरागीसँग छलफल गर्ने भारतीय विदेश सचिवले बताए । “नेपाली जनताको शान्ति, स्थायित्व र समृद्धिको आकाङ्क्षाको भारत समर्थन गर्छ,” उनले भने ।

उनको राष्ट्रपति डा रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग उहाँले बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

विदेश सचिव सुब्रमन्यम्लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशकुमार सुवेदी, नेपालका लागि भारतीय राजदूत रञ्जित रे र यहाँस्थित भारतीय दूतावासका उच्च अधिकारीहरूले स्वागत थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending