Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

किन खेर जान्छ गर्भ ?

हरेक दम्पत्तीको सुखद सपना र चाहना हो सन्तान । आफ्नो सन्तान स्वस्थ जन्मियोस् र गर्भवती अवस्थामा रहेकी महिलाको स्वास्थ्यमा असर नपरोस् भनेर दम्पत्तीमात्र होइन, पूरै परिवारले चिन्ता व्यक्त गरिरहेको हुन्छ । चिकित्साविज्ञानमा आएको विकास र विस्तारसँगै अहिले विकास र विस्तारसँगै अहिले धेरै दम्पती चिकित्सककै सल्लाह र सुझावका आधारमा सन्तान जन्माउनतर्फ लाग्ने गर्दछ । तर, कतिपय अवस्थामा गर्भवती महिलाको पेटबाट बच्चा खेर जान सक्छ । नागरिककको साप्ताहिक संस्करणमा प्रवीण ढकाल लेख्छन् –सन्तानको सुखको चामा रहेका केही दम्पत्तीलाई गर्भ खेर जाने समस्याले सताइरहेको हुन्छ । हेरचाह र सावधानी नगर्नेमा मात्र होइन, उचित हेरचाह र सावधानी अपनाउँदा पनि बेलाबखत महिलाको गर्भबाट भ्रुण खेर जाने गर्छ । चिकित्सकीय भाषामा यस्तो समस्यालाई गर्भपात वा गर्भपतन भएको भनिन्छ । वरिष्ठ प्रसूतिरोग विशेषज्ञ डा. सरस्वती पाध्येका अनुसार गर्भवती महिलाको पाठेघरमा बढिरहेको शिशु २८ हप्ताभन्दा पहिले विभिन्न समस्याका कारण बाहिर निस्कने समस्या नै गर्भपतन हुनु हो । डा. पाध्येका अनुसार सामान्यतया २८ हप्ताभन्दा अघिधको एक सय ग्राम तौलको शिशु बाहिरिएमा मात्र गर्भपतन भनिन्छ । यसरी भएको गर्भपतन करिब २५ देखि ३० प्रतिशतसम्म हुन्छ । तर, नेपालमा त्यसपछिका हप्तामा पनि विभिन्न कारणले गर्भपतन हुने गर्छ । गर्भेशिशु खेर जाने समस्या वंशाणुगत समस्याले पनि हुनसक्छ । ‘धेरै कारणले गर्भेशिशु खेर जानसक्छ, त्योमध्ये वंशाणुगत कारण पनि एक हो, ’ उनले भनिन्, ‘यस्तै महिलामा क्रोमोजोम हर्मनमा विकृति भएमा पनि यस्तो हुनसक्छ ।’ गर्भमा रहेको भ्रुण महिलाको पाठेघरसम्बन्धी समस्याका कारण पनि खेर जाने निजामती कर्मचारी अस्पतालका निर्देशक तथा वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. विमल थापा बताउँछन् । उनका अनुसार अति सानो पाठेघर हुने, पाठेघरको मुख खुकुलो हुने, यसैगरि पाठेघरमा संक्रमण हुने, सिफिलिस, टोक्सोल्पास्मा, साइटो मेगालो भाइरस, रुबेला, हर्पिसजस्ता रोगका कारण पनि भ्रुण खेर जाने हुन्छ । ‘यसरी भ्रुण खेर जाने समस्या देखियो भने एक वर्षसम्म अर्को गर्भधारण गर्नु हुन्न, ’ उनले भने, ‘साथै चिकित्सकको उचित सल्लाहअनुसार मात्र गर्भधारण गर्नुपर्ने हुन्छ ।’ कुनै कुनै महिलामा श्रीमानको वीर्य नफाप्ने हुन्छ र यस्तो भएमा पनि प्राकृतिक रुपमा नै भ्रुण फ्याँकिने समस्या निम्तिने डा. पाध्ये बताउँछिन् । उनका अनुसार महिलाका हर्मनमा आउने गडबडीसँगै मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढेगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ । यसका साथै गर्भवती अवस्थामा धेरै काम गर्नु, गह्रुंगो भारी बोक्नु, जथाभावी यौन सम्पर्क राख्नुजस्ता कारणले पनि गर्भे भ्रुण खेर जाने गर्छ । चिकित्सकका अनुसार गर्भ खेर जाने समस्यालाई थ्रेटेन्ट एबोर्सन, इनएभिटेबल एबोर्सन, सेप्टिक एबोर्सन, इन्कम्प्लिट एबोर्सन, कम्प्लिट एबोर्सन, ह्याबिच्युअल एबोर्सन, मिस्ड एबोर्सनलगायत विभिन्न प्रकारमा विभाजन गरिएको छ । डा. पाध्येका अनुसार थ्रेटेन्ट एबोर्सनमा रक्तस्राव हुने, दुख्नेजस्ता समस्या हुन्छ । यस्तो अवस्थामा गर्भासयको मुख बन्द नै हुन्छ । उचित आराम र उपचारले गर्भले निरन्तरता लिन सक्छ । यो अल्ट्रासोनोग्राम गरेर थाहा पाइन्छ । तर, हेलचेक्र्याँइ गरेमा गर्भ खेर जान्छ । इनएभिटेबल एबोर्सनमा गर्भाशयको मुख खुल्न थालेमा, अपरिहार्य गर्भपतन हुने सम्भावना भएको बुझिन्छ  । इन्कम्प्लिट एबोर्सनमा गर्भपतन अधकल्चो भएको हुन्छ  भ्रुण अथवा सालको केहि भाग बाहिर निस्कने र केही भाग पाठेघरभित्रै रहने हुनाले बढी रक्तस्राव हुने, दुख्ने आदि हुनसक्छ । यस अवस्थामा बेलैमा उपचार नभएमा सेप्सिस भई र बढी रक्तस्रावले गर्दा गर्भवतीको मृत्युसमेत हुने डर हुन्छ । भ्रुण, सालनाल सबै पूरा निस्केको अवस्थालाई कम्प्लिट एबोर्सन भनिन्छ । यसबेला बेथा लागेजस्तै गरी दुख्छ र सम्पूर्ण भ्रुण तथा सालनाल बाहिरिन्छ र दुखाइ तथा रक्तस्राव कम हुँदै जान्छ । सेप्टिक एबोर्सनमा कुनै पनि कारणले इन्फेक्सन भएमा ज्वरो आउने र तल्लो पेट बढि दुख्ने समस्या हुन्छ । यस्तो नहोस् भन्न पहिले नै एन्टिबायोटिक दिनुपर्ने हुन्छ र मृर्गौलाको अवस्था हेर्न रगत, पिसाब आदि जाँच गराउनुपर्ने डा. पाध्ये बताउँछिन् । उनका अनुसार विभिन्न कारणले दुई वा दुईभन्दा बढीपटक गर्भ खेर गएको छ भने त्यस्तो अवस्थालाई ह्याबिच्युअल एबोर्सन भनिन्छ । यसको उपचार गर्न गाह्रो हुन्छ । तर, समस्या पहिचान गरेर निराकरण भने गर्न सकिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending