Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सल्यानमा महिला हिंसाका घटनामा वृद्धि, डिसेम्बरमा मात्रै ११ बलत्कारका घटना

मंसिर २९, सल्यान । सल्यानमा महिला हिंसाका घटना वृद्धि भएको पाइएको छ । बलत्कार, घरेलु हिंसा, घर निकाला, ज्यादती लगायतका घटना वृद्धि भएको एक अध्ययनले जनाएको छ । अनौपचारिक सेवा केन्द्र इन्सेकले आज (बुधबार) सल्यान खलंगामा सार्वजनिक गरेको नेपाल मानवअधिकार वर्ष पुस्तक सन २०१६ को लागि तयार पारेको एक वर्षको मानवअधिकार सम्बन्धी प्रतिवेदनबाट यस्तो तथ्य सार्वजनिक भएको हो । इन्सेक प्रतिनिधि मीना बुढाथोकीद्धारा सन् २०१६ जनवरी देखि डिसेम्बरसम्मको प्रस्तुत प्रतिवेदन अनुसार हत्या ३, बालअधिकार हनन् तथा बाल बलत्कार ३, महिला हिंसा, बलत्कार तथा बलत्कार प्रयास ८, बहुविवाह १, महिलामाथि हुने अमानविय व्यवहार १, रहेका छन् । यस्तै कुटपिट गरी घर निकाला२९, काम गर्न नसकेको भन्दै घर निकाला १, सन्तान जन्माउन नसकेको भन्दै घर निकाला ३, यातना दिएर घर निकाला ४ , दोइजो नल्याएको भन्दै घर निकाला १, दोस्रो विवाह ४ र ज्यानमार्ने धम्की १ रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष बलत्कारका घटना चौगुणाले वृद्धि भएको छ । गत वर्ष २ वटा मात्र बलत्कारका घटना भएकोमा यस वर्ष भने ११ वटा भएका छन् । गाउँ स्तरसम्म चेतनाको विकास तथा कानुनी उपचार गरे न्याय पाइन्छ भन्ने धारणाको विकासका कारण बलत्कारका घटना यो वर्ष बढि देखिएको इन्सेक प्रतिनिधि बुढाथोकीले बताइन । उनले भनिन्– भयो हिजोसम्म यस प्रकारका घटना खासै सार्वजनिक हुदैनथे, गाउँघरमा गुुपचुप मिलाउने सस्कार थियो, सुरक्षाको प्रत्याभुति पनि खासै थिएन तर आजभोली सबैमा चेतनाको विस्तार तथा कानुनी उपचार गरे पिडितले न्याय पाउछन भन्ने विश्वासका कारण यस प्रकारका घटना सार्वजनिक हुदै आइरहेका छन् । बढ्दो सहरीकरण, प्रविधिको प्रयोग तथा बढ्दो विकृतिका कारण पनि यस प्रकारका घटना मौलाउदै आइरहेको जिल्ला अदालत सल्यानका निमित्त श्रेष्टेदार हरि राम्जाले बताए । दिनप्रतिदिन महिला हिंसाका घटना बृद्धि हुनु चिन्ताको विषय भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending