Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

तीन दलको सहमतिप्रति मधेसी मोर्चाको आपत्ति

\"\"काठमाडौं, २९ मंसिर । संविधा संशोधन प्रस्ताव निश्क्रिय पारेर चुनावमा जाने प्रमुख तीन दलका नेताहरुबीच भएको सहमतिप्रति मधेसी मोर्चाले आपत्ति जनाएको छ । मार्चाको प्रमुख घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले पटक –पटक कुरा फेरिरहेको भन्दै पेलेर जान खोजे मठभेड निम्तिने चेतावनी दिए । अध्यक्ष यादवले आफुहरुको माग संवोधन नगरी चुनाव घोषणा गरिए पहिलेको भन्दा सशक्त आन्दोलन गर्ने चेतावनी दिए । संविधान संसोधन नगरी चुनाव गरेर देखाउन पनि उनले प्रमुख दललाई चुनौती दिए । अब सरकारसँग वार्ताको औचित्य लगभग सकिएको भन्दै अध्यक्ष यादवले मोर्चा आन्दोलनको तयारीमा जुट्ने बताए । मोर्चाको अर्को घटक मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले प्रमुख तीन दलबीच बाहिर आएजस्तै सहमति भएको हो भने देश द्वन्द्वमा जाने बताए । मोर्चालाई विश्वासमा नलिइकन चुनाव हुन नसक्ने भन्दै उनले प्रमुख दलले जानाजान मुठभेड निम्त्याउन खोजेको टिप्पणी गरे । प्रमुख तीन दलबीच चुनावका विषयमा भएको भनिएको सहमति सरकार परिवर्तनका लागि कांग्रेसको षड्यन्त्र पनि हुन सक्ने उनको भनाइ रहेको छ । सद्भावना पार्टीका महासचिव मनिष कुमार सुमनले संसोधन फिर्ता लिएर वा निश्कृय बनाएर चुनाव हुन नसक्ने बताए । ‘एमालेले संविधान संसोधन मान्ने र हामी पनि चुनावमा जाने हुनसक्छ’, सुमनले भने ’होइन भने तराइका २२ जिल्लामा चुनाव गराउने कसैको ताकत छैन।’ उनले प्रधानमन्त्री प्रचण्डलाई आफ्नै निर्वाचन क्षेत्र सिराहामा चुनाव गराएर देखाउन चुनौती पनि दिए। मंगलबार प्रमुख तीन दलका शीर्ष नेताको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा संसदमा दर्ता भएको संसोधन विधयेक निष्क्रिय बनाएर बैशाख पहिलो साताभित्र स्थानीय निकायको निर्वाचन गर्ने समझदारी भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending