Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

जसले अखण्ड लुम्बिनीको अभियान चलाएका थिए

\"\"काठमाडौं, २६ मंसिर । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक संसदमा दर्ता गएपछि ५ नम्बर प्रदेशका जिल्लाहरुमा आन्दोलन जारी छ । संशोधन विधेयककै टुंगो नलागेपछि आन्दोलन मत्थर हुँदै गएको छ तर आन्दोलन पूर्ण रुपमा रोकिएको छैन । मंसिर १४ गते बेलुका संसद सचिवालयमा संशोधन विधेयक दर्ता गरिएपछि रुपन्देही लगायतका प्रदेश ५ का जिल्लाहरुमा आन्दोलन शुरु भएको थियो । संशोधन विधेयक असफल पार्न एमालेले रुपन्देहीको बुटवललाई केन्द्र बनाएर आन्दोलन चर्काउने पूर्व तयारी नै गरेको थियो । कारण थियो, यसअघि अखण्ड लुम्बिनीका पक्षमा कांग्रेस माओवादीका केही हस्तीहरु लागिपरेका थिए । अखण्ड लुम्बिनीका पक्षमा अभियान चलाउनेहरुले साथ दिने भन्दै एमालेले आन्दोलनको केन्द्र बुटवललाई बनाउने योजना बनाएको थियो ।
गुल्मी, पाल्पा, अर्घाखाँची जिल्लालाई रुपन्देही, नवलपरासी र कपिलवस्तुसँग छुट्याएपछि नेताहरुको आफ्नो ब्यापार मात्र होइन, राजनीतिसमेत चौपट हुन्छ ।
को को हुन् अखण्ड पक्षधर ? संविधान जारी हुनुअघि प्रदेश सिमांकनको बहस चलिरहेकै बेला एमाले नेताहरु मात्र होइन, नेपाली कांग्रेस र तत्कालिन एमाओवादीका स्थानीय नेताहरुले अखण्ड लुम्बिनीका पक्षमा खुलेरै अभियान चलाए । माओवादी नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँड, चन्द्र भण्डारी, एमालेका विष्णु पौडेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट लगायत पाल्पा, गुल्मी, अर्घाखाँची र रुपन्देहीका स्थानीय नेताहरु अखण्ड लुम्बिनीका पक्ष जोडतोडले लाग्यो । सबै नेताहरुको बलले गर्दा ७ प्रदेशको सीमांकनमा (नवलपुरबाहेक) लुम्बिनी खण्डित हुन पाएन । यीनै नेताहरु अहिले अखण्ड ५ प्रदेशको अभियानमा पनि अगुवाइ गरिरहेका छन् । माओवादी नेतृत्वको सरकारले मधेसी मोर्चालाई समेत समेट्न भन्दै ल्याएको संशोधन प्रस्तावमा माओवादी नेता रायमाझी नै एमालेका सभाहरुमा भाषणवाजी गर्दै हिँडे । सत्तारुढ कांग्रेसका नेताहरु चन्द्र भण्डारीहरु पार्टी निर्णय विरुद्ध पार्टीकै झण्डा बोकेर कार्यकर्तासँगै सडकमा आए । छुट्याउनै नहुने के छ कारण ? लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तुबाहेक नवलपरासीको १३ गाविससहित सबै जिल्लाहरु पहाडी जिल्लामा पर्दछ । पहाडका नेताहरुले घर घडेरी जोड्ने काम बुटवलमा नै गरेका छन् । सबै जसो नेताहरुले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा घर घडेरी जोडेका छन् । केही नेताहरु लुम्बिनी अञ्चलकै ब्यापारिक केन्द्र बुटवल आसपासमा जग्गा दलाली नै गर्दै आएका छन् । राजनीति गर्नका लागि पहाडमा जग्गा देखाइराख्ने तर बुटवलमा महल बनाएर बसेका छन्, जसलाई ‘पहाडका मारवाडी’ भनेर चिनिन्छन् । यी पहाडी जिल्लालाई तराईसँग छुट्याएपछि नेताहरुको आफ्नो ब्यापार मात्र होइन, राजनीतिसमेत चौपट हुन्छ । त्यसैले अहिलिे संशोधन गर्न लागिएको सीमांकनपछि सुनौलीको बोर्डर विश्वकर्मा मन्दिर अगाडि रहने भ्रम समेत छर्न भ्याएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending