Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

जसले अखण्ड लुम्बिनीको अभियान चलाएका थिए

\"\"काठमाडौं, २६ मंसिर । सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक संसदमा दर्ता गएपछि ५ नम्बर प्रदेशका जिल्लाहरुमा आन्दोलन जारी छ । संशोधन विधेयककै टुंगो नलागेपछि आन्दोलन मत्थर हुँदै गएको छ तर आन्दोलन पूर्ण रुपमा रोकिएको छैन । मंसिर १४ गते बेलुका संसद सचिवालयमा संशोधन विधेयक दर्ता गरिएपछि रुपन्देही लगायतका प्रदेश ५ का जिल्लाहरुमा आन्दोलन शुरु भएको थियो । संशोधन विधेयक असफल पार्न एमालेले रुपन्देहीको बुटवललाई केन्द्र बनाएर आन्दोलन चर्काउने पूर्व तयारी नै गरेको थियो । कारण थियो, यसअघि अखण्ड लुम्बिनीका पक्षमा कांग्रेस माओवादीका केही हस्तीहरु लागिपरेका थिए । अखण्ड लुम्बिनीका पक्षमा अभियान चलाउनेहरुले साथ दिने भन्दै एमालेले आन्दोलनको केन्द्र बुटवललाई बनाउने योजना बनाएको थियो ।
गुल्मी, पाल्पा, अर्घाखाँची जिल्लालाई रुपन्देही, नवलपरासी र कपिलवस्तुसँग छुट्याएपछि नेताहरुको आफ्नो ब्यापार मात्र होइन, राजनीतिसमेत चौपट हुन्छ ।
को को हुन् अखण्ड पक्षधर ? संविधान जारी हुनुअघि प्रदेश सिमांकनको बहस चलिरहेकै बेला एमाले नेताहरु मात्र होइन, नेपाली कांग्रेस र तत्कालिन एमाओवादीका स्थानीय नेताहरुले अखण्ड लुम्बिनीका पक्षमा खुलेरै अभियान चलाए । माओवादी नेता टोपबहादुर रायमाझी, कांग्रेस नेता बालकृष्ण खाँड, चन्द्र भण्डारी, एमालेका विष्णु पौडेल, प्रदीप ज्ञवाली, गोकर्ण विष्ट लगायत पाल्पा, गुल्मी, अर्घाखाँची र रुपन्देहीका स्थानीय नेताहरु अखण्ड लुम्बिनीका पक्ष जोडतोडले लाग्यो । सबै नेताहरुको बलले गर्दा ७ प्रदेशको सीमांकनमा (नवलपुरबाहेक) लुम्बिनी खण्डित हुन पाएन । यीनै नेताहरु अहिले अखण्ड ५ प्रदेशको अभियानमा पनि अगुवाइ गरिरहेका छन् । माओवादी नेतृत्वको सरकारले मधेसी मोर्चालाई समेत समेट्न भन्दै ल्याएको संशोधन प्रस्तावमा माओवादी नेता रायमाझी नै एमालेका सभाहरुमा भाषणवाजी गर्दै हिँडे । सत्तारुढ कांग्रेसका नेताहरु चन्द्र भण्डारीहरु पार्टी निर्णय विरुद्ध पार्टीकै झण्डा बोकेर कार्यकर्तासँगै सडकमा आए । छुट्याउनै नहुने के छ कारण ? लुम्बिनी अञ्चलका रुपन्देही, कपिलवस्तुबाहेक नवलपरासीको १३ गाविससहित सबै जिल्लाहरु पहाडी जिल्लामा पर्दछ । पहाडका नेताहरुले घर घडेरी जोड्ने काम बुटवलमा नै गरेका छन् । सबै जसो नेताहरुले रुपन्देही, कपिलवस्तु र नवलपरासीमा घर घडेरी जोडेका छन् । केही नेताहरु लुम्बिनी अञ्चलकै ब्यापारिक केन्द्र बुटवल आसपासमा जग्गा दलाली नै गर्दै आएका छन् । राजनीति गर्नका लागि पहाडमा जग्गा देखाइराख्ने तर बुटवलमा महल बनाएर बसेका छन्, जसलाई ‘पहाडका मारवाडी’ भनेर चिनिन्छन् । यी पहाडी जिल्लालाई तराईसँग छुट्याएपछि नेताहरुको आफ्नो ब्यापार मात्र होइन, राजनीतिसमेत चौपट हुन्छ । त्यसैले अहिलिे संशोधन गर्न लागिएको सीमांकनपछि सुनौलीको बोर्डर विश्वकर्मा मन्दिर अगाडि रहने भ्रम समेत छर्न भ्याएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending