Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

भट्टराईको ठहर– संघीयता विरोधीहरु एकतावद्ध भए

\"\"काठमाडौं, २५ मंसिर । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशमा जारी संक्रमणकाल लम्बिँदै जाँदा संघीयताविरोधी शक्तिहरु एकताबद्ध भएको बताएका छन् । नयाँ शक्ति पार्टीको आंगिक संगठन तामाङ राष्ट्रिय परिषद् र नेवाः राष्ट्रिय परिषद्ले संयुक्त रुपमा शनिबार काठमाडौंमा आयोजना गरेको ‘संविधान संशोधनमा हाम्रो सरोकार’ विषयत्मक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘संविधान संशोधनमार्फत आन्दोलनरत मधेशी, थारु, आदिवासी, जनजातिलगायतका सीमान्तकृत समुदायहरुको माग पूरा गर्न हामी विभिन्न राजनीतिक दल र सरकारसँग संवादमै छौं’ संयोजक डा. भट्टराईले भने,–‘संघीयता विरोधी तथा एकात्मक जातिवादी अहंकारका पक्षधर मानिसहरु अहिले संघीयताको विरुद्ध एकताबद्ध भएका छन्, त्यसलाई तोडेर राजनीतिक निकास दिनका लागि आन्दोलकारीलगायत अन्य राजनीतिक शक्तिहरु एकजुट हुनुपर्छ ।’ उनले सरकारले ल्याएको संशोधन प्रस्ताव अपूरो रहेको बताउँदै नयाँ शक्ति पार्टीले आन्दोलनरत सबै पक्षको माग सम्बोधन हुने गरी संशोधन प्रस्तावलाई परिमार्जन गर्न सरकारका प्रधानमन्त्रीलाई आग्रह गरिसकेको बताए। डा. भट्टराईले संशोधन प्रस्तावमा भाषा, नागरिकता र प्रदेशहरुको सीमांकनको विषयमा अझ प्रस्टताका साथ प्रस्ताव आउनुपर्ने कुरामा जोड दिंदै भाषाको सन्दर्भमा बहुभाषिक नीति अनुसार भाषामा परिमार्जन प्रस्ताव आउनुपर्ने बताए। उनले नागरिकताको सवालमा बाहिर हल्ला फिँजाइएको जस्तो अंगीकृत नागरिकता भएका व्यक्तिहरुलाई संसारमा कहीं पनि देशको सर्वोच्च पदमा स्थान नदिइने भएकोले अंगीकृत नागरिकले सर्वोच्च पदमा आसिन हुन पाउने भन्ने चर्चा सहि नभएको बताए । अहिलेको न्यायपालीकाको संरचना एकात्मक प्रकृतिको भएको भन्दै उनले संघीय ढाँचा अनुसार न्यायपालिकाको पनि पुनःसंरचना हुनुपर्नेमा जोड दिए । त्यसैगरी मुलुकको द्रुततर आर्थिक विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व अपरिहार्य रहेको बताउँदै त्यसका लागि नयाँ संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीसहितको शासकीय स्वरुप र पूर्ण समानुपातिक संसदसहितको व्यवस्था हुनुपर्नेमा उनको जोड थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending