Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

कर्णालीका लागि प्रधानमन्त्रीका यी १० घोषणा

\"\"सुर्खेत, २५ म‌ंसिर  । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुर्खेत जिल्ला लगायत समग्र कर्णाली क्षेत्रको आर्थिक उन्नति र विकासका लागि बिभिन्न बुँदामा कार्ययोजना बनाएक छन् । बिहिबार कर्णाली एक्सपो २०७३ अन्तराष्ट्रिय मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आर्थिक बर्षको वजेट मार्फत  कर्णालीका जनताको बिकाशको लागि बिभिन्न कार्यक्रम व्यवस्था गर्ने बताएका हुन् । उनले बताएका १० कार्यक्रम यस्ता छन् । १.हुम्लाको सदरमुकाम सिमिकोटलाई उत्तरी नाका हिल्सासंग जोडने सडक निर्माण सम्पन्न गर्न नेपाली सेनाद्धारा निर्माणाधिन खुलालुलैफु कालीकोटवाट सिमीकोटसम्मको सडकका लागि बजेट व्यवस्था भई सकेको छ । डोल्पा सदरमुकामलाई एकवर्ष भित्र र हुम्ला सदरमुकामलाई दुई बर्ष भित्र सडक सन्जालमा जोडिने कार्यक्रम रहेको छ । २.कर्णाली लगायतका विभिन्न भौगालिक क्षेत्रमा जैविक विविधताको संरक्षण, राराताल क्षेत्रमा पर्यापर्यटन विकास तथा जडीबुटी प्रशोधन र व्यवसायिक उत्पादन बृद्धिका लागि ज्ञान शीप प्रविधी र अनुदान उपलव्ध गराइनेछ । सार्वजनिक निजी साझेदारीमा सुर्खेतमा जडीबुटी र जुम्लामा स्याउ प्रशोधन केन्द्र स्थापना गरिनेछ । ३.कर्णाली लगायतका हिमाली र उचच पहाडी क्षेत्रमा आवासीय विद्यालय विस्तार गरिने नीति रहेको छ । यसको कार्यान्वयनका लागि पहल गर्नु हुनेछ । ४.अछाम, कालीकोट, मुगु, डोल्पा, जाजरकोट, दैलेख, क्षेत्रलाई समेटेर पर्यटनको एकिकृत विकासका लागि कुसेमुसे चाखुरे पर्यटन एकिकृत विकास कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेको छ। यसमा समवद्ध सवैले पहल गर्नका लागि आग्रह गर्दछु । मैले याहा उल्लेख गरेका वाहेक पनि धेरै कार्यक्रमहरु बजेट तथा कार्यक्रममा परेका छन । सरकारी निकाय र तपाई निजी क्षेत्रका संघ संस्थाहरुले पहल गरी कार्यान्वयनमा ल्याउन आग्रह गर्दछु । अन्य तपाईहरुले सुझाव गरेका र माग राखेका तपसिलका कार्यक्रमहरुलाई तपसिल बमोजिम सम्वोधन गर्न चाहान्छु । १) कर्णाली क्षेत्रको प्रवेश विन्दुको रुपमा रहेका सुर्खेतमा आवश्यक भौतिक पूर्वाधार निर्माणमा बिशेष योजना तथा कार्यक्रम मार्फत सम्वोधन गरिनेछ । साथै प्रदेश नं. ६ को लगानीका सम्भावनाहरुलाई मध्यनजर गरी विशेष आर्थिक क्षेत्रका रुपमा विकास गर्ने तथा औद्योगिक क्षेत्र स्थापनाका लागि आवश्यक प्रकया आरम्भ गरिनेछ । यस क्षेत्रमा संभाव्यताका आधारमा सिमेन्ट कारखाना लगायतका कारखाना स्थापना गर्न प्रोत्साहन गरिनेछ । २) सुर्खेत—नेपालगञ्ज रत्न राजमार्गलाई दुई लेन बनाउने सम्वन्धमा र सुर्खेत —सल्यान—दांग सडकको स्तरोन्नति गरी डबल लेन बनाउन आवश्यक प्रक्रिया शुरु गरिनेछ । त्यस्तै गरी सुर्खेत दैलेख हुँदै महाबु कालिकोट जुम्ला डबल लेन सडक निर्माण कार्यको आवश्यक प्रकृया थालनी गरिनेछ । ३) सुर्खेत लगानी वर्ष २०७३ द्धारा प्रस्ताव गरिएका ठूला लगानीका क्षेत्रहरुमा राष्टिय तथा अन्तर्राष्टिय लगानी भित्र्याउनका लागि नेपाल सरकारका तर्फबाट ठोस पहल गरिनेछ । ४) सुर्खेतको विद्युत प्रशारणलाई १३२ केभीए विद्युत प्रशारण लाईनमा अविलम्ब जोडने माग सम्वोधन गर्न आवश्यक प्रकृया थालनी गरिनेछ । ५) विभिन्न कारणले रोकिएका चौकुने सिमेन्ट कारखाना तत्काल संचालनमा ल्याउन पहल गरिनेछ । माथिल्लो कर्णाली जलविद्युत आयोजना संचालनमा प्रकृयामा रहेको छ । नलसिड.गाड जलविद्युत सञ्चालनका ल्याइनेछ । सरकारका तर्फबाट सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको विमानस्थलको विस्तृत संभाव्यता अध्ययन गरि आगामी नीति तथा कार्यक्रमहरुमा समावेश गरिनेछ । ६) विगतमा अन्वेषण प्रारम्भ गरिएको दैलेखको पञ्चकोशीमा पेटोल पदार्थ उत्खनन् प्रक्रिया अविलम्ब अगाडि बढाइने । ७) मुगुको रारा ताल, डोल्पाको शे फोसुण्डो, दैलेखको पञ्चकोशी, जुम्लाको चन्दननाथलगायत यस क्षेत्रमा पर्यटन लगानी आकर्षण गर्नका लागि आवश्यक नीति बनाई कार्यान्वयनमा ल्याइने छ । ८) चीनसंग जोडिएका कर्णालीका मुगुको गमगढी– नाक्चेनाङ्ला, हुम्ला सिमिकोट–लिमी–लाप्चा, हुम्ला सिमिकोट–हिल्सा र डोल्पा दुनै– धो–मुरिम्ला नाकाखोल्न पहल गरिने छ । ९) हाल सुर्खेतमा निर्माणाधीन जडीबुटी संकलन तथा व्यवसाय केन्द्र संगै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि आवश्यक सहयोग उपलव्ध गराइने छ । जाजरकोट र कालिकोटमा प्रशस्त पाइने बहुमूल्य रत्नपत्थर उद्योग स्थापनाका संभाव्यता अध्ययन गरी सो को आधारमा आवश्यक व्यवस्था मिलाईने छ । १०) एक प्रदेश एक मेडिकल कलेजको अवधारणा अनुरुप यस आर्थिक बर्षमा सुर्खेतमा प्रदेशस्तरीय मेडिकल कलेज स्थापना गरिनेछ, सबै प्रदेशमा पोलिटेक्निकल इन्ष्टिच्यूट स्थापना गरिनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending