Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

गोविन्द केसी भन्छन्, मेरो माग पूरा नभए सरकार ढल्छ

काठमाडौं, चिकित्साशिक्षामा सुधारका लागि दस दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीका मागमा लचिलो बन्दै सरकारले मंगलबार दिनभरि उनीसँग वार्ता गरे पनि अबेर रातिसम्म कुनै सहमति हुन सकेन। आजको अन्नपूर्ण पोष्ट दैनिकम खबर छ–पटकपटकको वार्ता विफल भएपछि आक्रोसित बनेका डा. केसीले आफूलाई झुलाउनुको गम्भीर असर सरकारलाई पर्ने चेतावनी दिए। वार्ता विफल भएपछि अबेर राती शिक्षण अस्पतालबाट फर्केका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्द पोखरेलसँग टेलिफोनमा आक्रोसित हुँदै केसीले भने, ‘मलाई प्रधानमन्त्री सुशील कोइरालले थाङनामा सुताए, जथाभाबी सम्‍बन्धन दिने विश्वविद्यालयका पदाधिकारी र शिक्षामन्त्रीलाई बर्खास्त वा निलम्बन गर्ने मेरो माग पूरा भएन भने यही कारणले सरकार ढल्छ।’ नीति नबनाई नयाँ मेडिकल कलेजलाई स बन्धन नदिने निर्णय सरकारले गरे पनि जथाभाबी स बन्धन दिने त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त नगरी अनशन नतोड्ने अडान केसीले राखेपछि कुनै सहमति हुन नसकेको हो। डा. केसीलाई मनाउन मंगलबार बिहानै शिक्षण अस्पताल पुगेका मु यसचिव लीलामणि पौड्याल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेल मंगलबार राति ११ बजेस म अनशनस्थलमै थिए। सरकारले मंगलबार मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट केदारभक्त माथेमा उच्चस्तरीय समितिको प्रतिवेदन आएर त्यसअनुसार नीति र कानुन नबनेस म नयाँ मेडिकल कलेजलाई स बन्धन नदिने निर्णय गरेको थियो। त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका पदाधिकारीलाई कारबाही गर्न राखिएको मागलगायत सम्बन्धन र विद्यार्थी भर्नाका विषयमा छानबिन गर्न आयोग गठन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको थियो। तर केसीले विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त नै गर्नुपर्ने जिकिर गरेका थिए। आजदेखि अस्पतालका सबै सेवा ठप्प डा. केसीको माग पूरा गर्न सरकारले अटेर गरेको भन्दै मुलुकभरका चिकित्सकले बुधबारदेखि सरकारी र निजी दुवै अस्पतालका आकास्मिकबाहेकका सम्पूर्ण सेवा ठप्प पार्ने भएका छन्। सरकारले पटकपटकका सम्झौता कार्यान्वयन नगरेको र डा। केसी जीवनमरणको दोसाँधमा परेको भन्दै चिकित्सकहरू आन्दोलनमा होमिएका हुन्। नेपाल चिकित्सक संघका अध्यक्ष डा।अञ्जनीकुमार झाले मंगलबार टिचिङ अस्पताल परिसरमा भेला भएका सयौं चिकित्सक र सर्वसाधारणबीच सरकारले आफूहरूसँग भएका सम्झौता कार्यान्वयन नगरेको भन्दै मुलुकभरका स्वास्थ्य संस्था ठप्प पार्ने घोषणा गरे। झाले स्वास्थ्य क्षेत्रको सुधारका लागि पटकपटक संघर्ष गरे पनि सरकारले नसुनेकाले आफूहरू थप कडा आन्दोलनमा उत्रिन बाध्य भएको बताए। ुमाग पूरा नभएकाले हामीले रिले अनशन बस्ने निर्णय गरेका थियौुं, झाले भने, ुअब रिले अनशन होइन, हामी मुलुकभरका स्वास्थ्य संस्था ठप्प पार्ने निर्णयमा पुगेका छौं, यसलाई कसैले रोक्नसक्ने छैन।ु
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending