Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

‘पर्ख र हेर’ को प्रचण्ड रणनीति : अलमलियो एमाले

\"\"काठमाडौं, २५ मंसिर । व्यवस्थापिक संसदमा संविधान संशोधन विद्येयक दर्ता गरेका प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेपछि सशक्त प्रतिवाद गर्ने तयारीमा तात्तिएको एमाले अलमलिएको छ । संशोधन किन ? भनिरहेको एमालेलाई ‘संशोधन संविधानको कार्यान्वयन गर्न’ भनेर उत्तर दिईरहेका प्रचण्डले यसअघिको उनको कार्यशैलीभन्दा फरक ढंगबाट रणनीति अख्तियार गरेपछि एमाले अलमलिएको हो । अर्कोतिर संशोधनको माग गरिरहेको मधेसी मोर्चाले समेत प्रधानमन्त्रीलाई संशोधनमा सघाउनपर्नेमा नमान्ने घोषणा गरेका मोर्चाका नेताहरुलाई पनि प्रचण्डको ,उही रणनीतिले समस्यामा हालेको छ । मोर्चाका नेताहरुसँगको अन्तरंग छलफलमा प्रचण्डले भन्ने गरेका छन्, –‘संशोधनको माग तपाईहरुको हो । समर्थन गर्नुस् । नगरेपनि सरकारलाई केही समस्या छैन ।’ संशोधन विद्येयक लगत्तै हतारिएर नमान्ने र समर्थन नगर्ने घोषणा गरेका मोर्चाका नेताहरु समेत अव कसरी अघि बढ्ने भन्नेमा अकर्मन्य मात्रै छैनन् , निकासका बारेमा समेत अष्पष्ट छन् । संशोधन लगत्तै हतारिएर संसद अवरुद्द गर्ने र आन्दोलनको घोषणा गर्दै आन्दोलन सुरु गरेको एमालेलाई सरकारको रणनीतिले अप्ठ्यारोमा पारेको छ । संसदमा संशोधन, लोकमान सिहंमाथिको महाअभियोग लगायतका प्रस्तावहरु छन् भने एमाले संसद अवरुद्द गरिरहेको छ । संविधान कार्यान्वयनका लागी स्थानिय निकायको निर्बाचनसँग सम्बन्धित कानुन विद्येयकहरु समेत एमाले अवरोधका कारण उसै अलपत्र छ । संसद अनावश्यक रुपमा अवरोध गरेको र निर्बाचन रोकेको आरोप एमालेमाथि झन पुष्टी हुँदै जानेछ । उसो त संसदमा प्रस्तुत विद्येयकमाथि संसदहरुले खुल्लारुपमा गर्न पाउने छलफल या अभिमत माथि एमालेले निरंकुश रुपमा छलफलै गर्न नदिने निषेधको राजनीतिमा लागेको भन्दै एमालेप्रति नकारात्मक सन्देश प्रवाहा भईरहेको समेत छ । आफु प्रधानमन्त्री होउन्जेल संशोधन विद्येयक फिर्ता नलिने घोषणा गरेका प्रचण्डले स्थानिय निकायको चुनाव घोषणाका लागी गृहकार्यमा छन् । प्रधानमन्त्री स्रोतका अनुसार केहीदिनभित्रै स्थानिय निकायको चुनाव घोषणा हुन सक्छ । सरकारले चुनावको मिति घोषणा गर्यो भने प्रतिपक्षी एमाले र मोर्चा अर्को समस्यामा पर्न सक्छन् । बुटवल आन्दोलनबाट पछाडी फर्किसकेको एमाले सदनको अवरोधबाट कसरी पछाडी फर्कन्छ हेर्न बाँकी छ । प्रधानमन्त्री प्रचण्ड भने फकाउने र फिर्ता हुने भन्दा पनि थकाउने रणनीतिमा छन् । प्रधानमन्त्री स्रोत भन्छ–‘जायज र आवश्यक काम अगाढी बढाउँदै जाने । मान्नेले मान्छन्, नमान्नेले अवारोध पुर्याएको ठहर्छ’ । संसदबाट संशोधन विद्येयक तत्काल छिनोफानो गर्न चाहेको एमालेलाई अहिले उही मुद्दाले समस्यामा पारेको छ । संशोधन विद्येयक फिर्ता नभएसम्म संसद अवरुद्द गर्न नछोड्ने भनेर अडान लिईरहेको एमालेलाई प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भएसम्म फिर्ता नलिने भनेर जवाफ दिईसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending