Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

लोकसेवाको केही पदमा कैयौं गुणा आवेदन, केहीमा शून्य

\"\"काठमाडौं, २३ मङ्सिर । लोकसेवा आयोगद्वारा निजामती कर्मचारीको पदपूर्तिका लागि माग गरेका केही पदमा कैयौं गुणा बढी आवेदन परेपनि केही पदमा भने आवेदन दिनेको सङ्ख्या शून्य नै रहेको छ । आयोगले आवेदन माग गर्ने विभिन्न श्रेणी र पदका लागि कैयौँ गुणा बढी आवेदन परे पनि प्राविधिक तर्फका केही विषयमा भने पदपूर्तिका लागि दरखास्त नै नपर्ने गरेको छ । आयोगले आर्थिक वर्ष २०७२÷७३ मा एकसय २६ वटा विज्ञापनमा एकसय ७२ पदका लागि दर्खास्त दिनेको सङ्ख्या शून्य रहेको तथ्याङ्क अधिकृत सञ्जयकुमार चौधरीले जानकारी दिए । आयोगमा शाखा अधिकृत, नायब सुब्बा, खरिदार, महिला विकास निरीक्षकजस्ता पदमा सयौं गुणा आवेदन पर्ने गरेको छ । उनका अनुसार आवेदन शून्य हुनेमा स्वास्थ्य सेवा, इन्जिनियरिङ र राजपत्रअङ्कित द्वितीय श्रेणीका प्राविधिक पद रहेका छन् । आयोगकी सूचना अधिकारी गीता हुमागाईंले शैक्षिक योग्यता र मापदण्डका आधारमा योग्यता नपुग्दा आवेदन नपरेको बताइन् । “अधिक स्वास्थ्य क्षेत्रका केही पदमा आवेदन नपर्ने समस्या छ”, उनले भनिन्–‘‘ती पदमा शैक्षिक योग्यता पुगेपनि मापदण्ड नपुग्दा आवेदन नै पर्दैनन् ।” तथ्याङ्क अधिकृत चौधरीका अनुसार सबैभन्दा बढी प्राविधिकतर्फ राजपत्राङ्कित द्वितीय श्रेणीका ७२ विज्ञापनका एकसय १६ पदमा र स्वास्थ्यका ३९ विज्ञापनका ४५ पदमा आवेदन नपर्ने गरेका छन् । राजपत्राङ्कितमा इन्जिनियरिङ, कृषितर्फ भेटेरिनरी, वन, नापी समूहका रहेका छन् । यसरी आवेदन नपर्नेमा तीन पदबाहेक सबै आन्तरिक प्रतियोगिता हुने गरेको छ । आवेदन नदिनेमा खुलातर्फ राजपत्राङ्कित तृतीय श्रेणीको रेखा विशेषज्ञ, स्वास्थ्य तर्फका नवौँ श्रेणीका आयुर्वेद र ग्यास्ट्रोइन्टरोलोजी सर्जरी रहेका छन् । बाँकी एकसय ६९ पद सबै आन्तरिक प्रतियोगिताका पद रहेका छन् । चौधरीले राजपत्राङ्कित द्वितीय श्रेणीअन्तर्गत अमिन, सहायक महिला विकास निरीक्षक, फरेस्टरलगायत पदमा तल्लो पदमा कुनै उम्मेदवार नहुने कारण आन्तरिक प्रतियोगिताबाट पूर्ति हुने पदमा दर्खास्त नपर्ने गरेको बताए । आयोगले ती पदमा बर्सेनि विज्ञापन गरेपनि विस २०६९ देखि आवेदन नपर्ने गरेको चौधरीले जानकारी दिए । “बर्सेनि विज्ञापन गरेपनि कुनै न कुनै पदमा दर्खास्त पर्दैनन्”, उनले भने, ‘‘तर हामीले ऐनमा व्यवस्था भएअनुसार विज्ञापन गरेका छौँ ।” इन्जिनियरिङ सेवातर्फ माइनिङ इन्जिनियरिङ, सिभिल एभिएसन इन्जिनियरिङ पदमा शैक्षिक योग्यताका कारण आवेदन नपर्ने गरेका छन् । “हामीले सामान्य प्रशासन मन्त्रालयले पठाएको तथ्याङ्कका आधारमा विज्ञापन गर्ने गरेका छौँ”, हुमागाईंले भनिन्,“तर ती पदमा आवेदन नपरेर त्यतिकै खेरगएका छन् ।” तथ्याङ्क अधिकृत चौधरीले आन्तरिक प्रतियोगितामा पदपूर्ति हुने विज्ञापनमा कार्यालय सहयोगी मात्र पाउने व्यवस्था भएकाले योग्यता नपुग्दा आवेदन नै नपर्ने गरेको बताए । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता रीता पोखरेलले मन्त्रालयले रिक्त दरबन्दी पठाएको आधारमा आफूहरुले विज्ञापनका लागि आयोग पठाउने गरेको बताइन् । “मन्त्रालयले कर्मचारी चाहियो भनेर हामीलाई रिक्त दरबन्दी पठाउने गरेका छन्”, उनले भनिन्,“अनि हामीले त्यही मागका आधारमा विज्ञापन गर्न आयोगलाई पठाउने गरेका छौँ ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending