Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

डिसेम्बर २ नेपालको इतिहासमा कालो दिन होः नेपाल

\"15027895_718689488307755_4988276547668798273_n-750\" काठमाडौं, १६ मंसिर । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपालले नेपालको इतिहासमा डिसेम्बर २ तारिख नेपालको भूमी लुट्ने कामको सुरुवात भएको ‘कालो दिन’ भएको बताएका छन । बेलायती पक्षबाट डिसेम्बर २ तारिखका दिन तत्कालिन तराई क्षेत्रको ठूलो भुभाग छाड्नु पर्ने भन्दै,सुगौली सन्धिको लागि नेपाललाई बाध्यकारी प्रस्ताव गरिएको दिन भएकाले ग्रेटर नेपालले गुमेको नेपाली भुमी फिर्ता पाउनुपर्ने माग सहित विरोध र्याली गरेर कालो दिन मनाउन लागेको उनले बताए । उनले खबरडबलीसँगको कुराकानीको क्रममा भने–‘तत्कालिन बेलायती साम्राज्यवादले हाम्रो भुमी खोस्ने कामको सुरुवात गरेको हुनाले नेपालको इतिहासमा डिसेम्बर २ लाई हामीले कालो दीन भनेका हौ । हाम्रो भाग सुगौली सन्धिको नाममा लुटिएको भुमि फिर्ता गरियोस भन्ने हो । हामी कसैका बिरोधी होइनौ ।’ संयोजक नेपालले अगाडि भने–‘यहि सन्दर्भमा भोली हामीहरु शान्तिवाटीकामा भेला भएर लैनचौर सम्म र्याली सहित सुगौली सन्धि मार्फत गुम्न पुगेको नेपालको भूभागको दावी गर्छौ । हामी नेपालको भूमि फिर्ता गर भन्ने नारा सहित र्याली गछौ र ग्रेटर नेपालको नक्सा पनि प्रदर्शन गछौ ।’ मुलुकमा यतिबेला संविधान संशोधनको विषयमा विरोध भैरहेको देखिन्छ, हामीलाई यो प्रस्ताव नेपाली जनताको लागि नभएर भारतीय आप्रवासिको लागि ल्याइएको हो र त्यो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इशारामा आएको हो भन्ने लागेको छ । सुगौलि सन्धिको प्रस्ताव आएको दिनलाई कालो दिवशका रुपमा मनाउँदै गर्दा संविधान संशोधनमा पनि हाम्रो विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । हामीले भोलीको कालो दिनको कार्यक्रम लाई शान्तिपूवक विरोध गर्ने निर्णय गरेका छौ –नेपालले बताए । उनले भने–‘अग्रेज शासकहरुले नेपाली भुमी खोस्न खोज्दा भएको लडाईमा सुत्केरी महिला देखी बालक,बृद्ध समेत सहभागी भएका थिए । उनीहरुले आफ्नो देश र माटोको रक्षाका लागी बलिदानी दिए,तर त्यो भूमिको रक्षा र खोजी गर्न पट्टी यतिबेला सबैको ध्यान पुगेको देखिएन । यो हाम्रो विर नेपाली इतिहासको अपमान हो ।’

कसरी भएको थियो सुगौली सन्धि ?

महाकाली देखी पश्चिम पट्टीको धेरै ठाउँमा नेपालीहरुले हार वेहोर्नु परे पछि १८१५ मे १५ मा एउटा समझदारी भएर महाकाली नदी नेपालको हुने भनि तत्कालीन इस्टइन्डीया कम्पनी सँग समझौता भएको थियो । त्यही सम्झौतालाई नै आधार मानेर नेपालको सीमाङ्कन हुनुपर्नेमा बेलायतीहरुले फेरी बदनियतपूर्वक १८१५ को डिसेम्बर २ मा महाकाली देखी पूर्वको टिस्टा नदि सम्मको सम्पूर्ण तराई र मेचिदेखी पूर्वतर्फको दाजिलिङ,सिक्कीम,सिलुगढि सम्मको भूभाग पनि नेपालले छाड्नुपर्ने भन्ने व्यावहोराको पत्र सहित १५ दिनभित्र सहिगरी पठाउन भनि तत्कालीन बेलायतीहरुले बाध्यकारी प्रस्ताब पठाए । १८१५ डिसेम्बर २ मा उनिहरुको पक्षबाट सहि भएर आएको उक्त प्रस्तावमा नेपालले भने सहि गरेको देखिन्न–उनले भने । त्यसपछि बेलायतीहरुले नेपालमा पसेर आक्रमण गर्ने योजनाका साथ अघि बढेको देखिन्छ । अहिलेको हेटौडा देखि पश्चीम पट्टीको भूभाग, मकवानपुरकेा भिमपफेदी,जुन तराई नेपालमा पर्दछ, त्यो क्षेत्रमा आएर उनीहरुले आफ्नो छाउनी खडा गरे । त्यतिबेला उनीहरुले काठमाडौं तर्फ सैनीक पठाउने तयारी गरेको हल्ला समेत फैलियो । केहि क्षेत्रको लडाईमा बेलायती पक्षको सफलता पनि भयो । तसर्थ १८१६ को मार्च ४ मा नेपाल सरकारले चन्द्र शेखर उपाध्याय र गजराज मिश्रलाई आफ्नो प्रतिनीको रुपमा बेलायती पक्षले १८१५ डिसेम्बर २ मा सुगौली सन्धिका लागि गरेको प्रस्तावमा सहमती भन्दै पत्रसहित पठाएको थियो । उनले भने–‘यो सन्धिको विषयमा एउटा आशंका रहेको छ, नेपालको त्यत्रो भूभाग गुम्ने गरी गरीएको त्यो सन्धिमा न त राजाको सहि छ, न त प्रधानमन्त्रीको नै । बेलायती पक्षबाट आएको सन्धी नेपालले मान्न बाध्य भएको देखिन्छ । यहि सन्धिका कारण नेपालको भूभाग लुटिएको हुनाले ग्रेटर नेपाल राष्टवादी मोर्चाले डिसेम्बर २ लाई कालो दिनका रुपमा मनाउदै आएको हो ।’

\"15283912_580142805506130_7406803633674744812_n-750\"

हामी भारत बिरोधी होइनौ, हाम्रो भुमि मागेका हौ ।

ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपाले आफुहरु भारत बिरोधी नभएको तर नेपालको भुभाग फिर्ता पाउनु पर्छ भनेको कारण भारत बिरोधी भनिएको भन्दै उनले त्यसको खण्डन गरे । भारतले हाम्रो भुमि फिर्ता गरोस, उसले हामीलाई छिमेकी राष्टको नाममा कुनै हस्तक्षेप नगरोस भन्ने हाम्रो चाहना हो । त्यो उसले किन सुनिराखेको छैन ? उनले प्रश्न गरे । उनले अगाडि भने –हामी भारत बिरोधी कसरी भयौ ?ं हामीले त नेपालको फिर्ता पाउनुपर्ने जमिन मागेका हौ । हामीले के दिल्ली मागेका छौ र ? हामीले सुगौली सन्धि हुनु भन्दा पहिले हामी जहाँ सम्म थियौ त्यो भारतले फिर्ता गर्नु पर्दछ मात्र भनेका छौ । हामीलाई भारत वा अरु कसैको विरोध गर्नुपर्ने जरुरी छैन । हामी नेपालमाथी भएको यो अन्यायलाई टुलुटुलु हेरेर बस्न सक्दैनौ ।

सरकारसँग आग्रह–हाम्रो भुमिको खोजी गरौं

उनले भने–संयुक्त राष्टसंघले १९६० मा संसार भरीका उपनिवेश ध्वस्त हुनुपर्छ भनेको छ । संयुक्त संघको सदस्य राष्ट भारत र नेपाल दुबै हुन,तर संयुक्त राष्टसंघले दिएको यो निर्देशन किन भारतले मानिरहेको छैन ? किन हाम्रो भुमिमा विश्राम गरीरहेको छ ? हामी चाहन्छौ नेपाल सरकारले हाम्रो गुमेको भुमिको विषयमा खोजी गरोस, ग्रेटर नेपाल फिर्ता गराउन लागोस ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending