Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रधानमन्त्रीका नाममा सात खसी ढालिए

सुर्खेत, भेरी(बबई डाइभर्सन आयोजनाको शिलान्यास गर्न प्रधानमन्त्री सुशील कोइराला नै आउने भएपछि सुर्खेतमा सोमबार निकै तामझाम थियो। अाजकाे अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–नेपालगन्जबाट सामान ल्याएर मञ्च निर्माण र सजावट भएको थियो। कार्यक्रमस्थलमा भोज दिन भन्दै सातवटा खसी काटिइसकेका थिए भने दुईवटा खसी काट्न बाँकी थिए। करिब एक हजारभन्दा बढीलाई खाना पकाइएको थियो। आयोजनाको शिलान्यासमा प्रधानमन्त्री कोइराला, गृहमन्त्री वामदेव गौतम, सिचाइँमन्त्री एनपी सावदलगायत सरकारी अधिकारी आउने तय भएको थियो। सोमबार बिहानैदेखिको वर्षाका कारण काठमाडौंबाट हेलिकोप्टर उड्न नसकेपछि अन्ततः दिउँसो २ बजे कार्यक्रम स्थगित भयो। आयोजनाको करिब १० लाख रुपैयाँ खेर गयो। कार्यक्रम स्थगित भएपछि अधिकांश सहभागी भोज नै नखाई फर्के। कार्यक्रमका लागि बाँके र सुर्खेतबाट ठूलो सं यामा सुरक्षाकर्मी परिचालन भएका थिए। सिचाइँ सचिव, सिचाइँ विभागका महानिर्देशक, सरकारी कर्मचारी, राजनीतिक दलका कार्यकर्तादेखि जिल्लाका सभासद्हरूसमेत आइपुगेका थिए। सरकारले नै राष्ट्रिय गौरवको आयोजना घोषणा गरेकाले यस आयोजनाको शिलान्यास प्रधानमन्त्रीबाटै गराउन लामो कसरत गरिएको थियो। विभिन्न झाँकी र बाजागाजासहित हातहातमा माला लिएर प्रधानमन्त्रीको स्वागतका लागि स्थानीय प्रतीक्षारत थिए। वर्षाका कारण हेलिकोप्टर उड्न नसक्ने भन्दै काठमाडौंबाट प्रधानमन्त्री नेतृत्वको टोली नआएपछि सोमबार हुने भनिएको आयोजनाको शिलान्यास भएन। कार्यक्रम हुन नसकेपछि सोमबारको तयारीमा लगानी भएको १० लाख रुपैयाँ खेर गएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मीनराज ढकालले जानकारी दिए। उनले भने, \'प्रधानमन्त्री आउने भनेर हामीले भव्य तयारी गरेका थियौं, वर्षाले गर्दा उहाँहरू आउन सक्नु भएन।\' शिलान्यास कार्यक्रम मौसममा सुधार भए मंगलबार प्रधानमन्त्रीबाटै हुने बताइएको छ। प्रधानमन्त्री मंगलबार आएमा कार्यक्रम तयारीमा थप रकम खर्च हुनेछ। आयोजनाको शिलान्यास तयारीमै लाखौं रकम खेर फालिएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन्। उनीहरूले काठमाडौंबाट सरकारी टोली आउन नसक्दा स्थानीय अधिकारीबाटै आयोजना शिलान्यास गर्नुपर्ने बताए। यो आयोजनाले १२ किलोमिटर सुरुङ खनेर सुर्खेतको भेरी नदीको पानी बबई नदीमा खसालेर ४८ मेगावाट विद्युत् उत्पादन गर्ने तथा बाँके र बर्दियामा गरी ६० हेक्टर खेतीयोग्य जमिनमा सिचाइँ गर्ने लक्ष्य राखेको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending