Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

आजसम्म विश्वमा भएका हवाई दूर्घटना – जहाँ खेलाडीहरु शिकार भए

\"plane_footbal-2-750\"काठमाडौं । ब्राजिलको स्थानीय फुटबल टीम सवार चार्टड विमान कोलम्बियाको मेडलिनमा दुर्घटना ग्रस्त भयो । चालक दलसहित ८१ जना सवार विमान दुर्घटनामा पाँचजनाको भने जीवितै उद्दार गरिएको छ । उक्त विमानमा सेपेकोएन्सी टीमका फुटबल खेलाडी साउथ अमेरिका कप इन्टरनेशनलको फाइनल खेल खेल्न जाँदैथिए । यो सँगै खेलाडिको हवाइ दुर्घटनाको लिष्टमा अर्को एक खेल टीमको नाम लेखियो । जुन टिम हवाई दूर्घटनाको शिकार भए– १. लोकोमोटिभ यारोस्लेवल आइस हकी टीम (२०११) तीन पटक आइस हकी च्याम्पियनको उपाधी जितेको रुसको लोकोमोटिभ यारोस्लेवल आइस हकी टीम चढेको विमान २०११ मा दुर्घटना भयो । उक्त दुर्घटनामा टीमका सबै खेलाडीको मृत्यु भएको थियो । खेलाडीहरु उक्त विमानमा सिजनको पहिलो म्याच खेल्नका लागि बेलारुस जाने क्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा चालक दलका सात सदस्यसमेत ३६ खेलाडी र खेल अधिकारीको मृत्यु भएको थियो । २. जाम्बिया नेशनल फुटबल टीम (१९९३) २८ अप्रिल १९९३ मा जाम्बिया नेशन फुटबल टीमको १८ सदस्य विश्वकप क्वालिफायरका लागि सेनेगल जाँदै थिए । जाम्बियाई एयरफोर्सको उक्त विमान गेबनको नजिकै दुर्घटना भयो । दुर्घटनामा सबै खेलाडीको मृत्यु भएको थियो । ३.एलियान्जा लीमा (१९८७) पेरुको सबैभन्दा उत्कृष्ट फुटबल टीम एलियान्जाको विमान लीमा फर्कदैं गर्दा ल्यान्डिङ हुन लाग्दा दुर्घटना भयो । विमानमा सवार ४३ जनाका साथ एलियान्जा लीमाको पूरै टीमको उक्त दुर्घटनामा मृत्यु भयो । दुर्घटनामा पाइलट भने बाँच्न सफल भएका थिए । ४. ओल्ड क्रिश्चियन रग्बी टीम (१९७२) १३ अक्टोबर १९७२ मा उरुग्वेको राजधानी मोन्टेभिडियोबाट चिलीको सेन्टियागो जाने क्रममा फोकर ‘फेयरचाइल्ड’ उरुग्वेको ओल्ड क्रिश्चियन टीम सवार विमान बाटोमै गायव भयो । ५.अमेरिका फिगर स्केटिंग टीम (१९६१) विश्व च्याम्पियनसिपमा भाग लिन तत्कालिन चेकोस्लोभाकिया गइरहेको अमेरिकाको फिगर स्केटिंग टीमका खेलाडी चढेको विमान ब्रसेल्स हवाइ अड्डामा दुर्घटना हुँदा १८ खेलाडीसहित ७३ यात्रुको मृत्यु भएको थियो । अमेरिकी टीमको यस खेलमा १९५० देखि दबदबा थियो । \"plane_footbal-1-750\" \"plane_footbal-3-750\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending