Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

कहाँ अड्कियो संविधान संशोधनको हलो ?

\"prachanda_oli_deuwa\"काठमाडौं, १४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग तीनबुँदे सहमति गरी सरकार गठनमा बहुमत बनाएको नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन सरकारलाई अहिले संविधान संशोधन गर्नु फलामको च्यूरा चपाउनु बराबर भएको छ । संविधान संशोधनको कारण देखाउन भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले त्यसमा असहयोगमात्र होइन, त्यसको प्रतिरोध गर्ने निर्णय गरिसकेको छ भने सत्तारुढ दलहरु नै संशोधनमा अलमलिएका छन् । त्यहाँमाथि संविधान संशोधन नगरे मधेस आन्दोलन चर्काउने मधेसी दलको चेतावनी पछि भने सरकार गम्भिर अप्ठ्यारोमा फँसेको छ । यति हुँदाहुँदै पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको खाका तयार पारी संसदमा लैजाने तयारी गरेका थिए । तर, संशोधनको क्रममा ५ नम्बर प्रदेशका ५ जिल्लालाई ४ र ६ नम्बर प्रदेशमा गाभ्ने निर्णयले अहिले सत्तारुढभित्रै पनि विवाद चर्किएको छ । सिमांकनको विषयमा सहमति हुन नसकेका कारण समस्यामा परेको सरकारले गठबन्धन दलको विवाद नसुल्झि संविधान संशोधन प्रस्ताव दर्ता गराउन असम्भवप्रायः देखिएको छ भने नयाँ सिमांकनको लागि गरिएको निर्णयको सर्वत्र आलोचना र विरोधमात्र होइन प्रदर्शन समेत सुरु भइसकेको छ । ‘कतिपय कुरामा त सहमति गर्न सकिन्थ्यो होला तर प्रदेश नै विभाजन गर्ने कुरामा चित्त बुझेको छैन, तत्काल संशोधन सम्भव देखिएन ।’, नेपाली कांग्रेसका एक नेताले भने,‘५ नम्बर प्रदेशका जिल्लाहरु हेरफेर गर्नुको कारण र उद्देश्यबारे प्रस्ट नभई कांग्रेसले समर्थन गर्दैन ।’ सरकारमा कांग्रेसका तर्फबाट मन्त्री भएपनि उनीहरुको एकल निर्णयका आधारमा संशोधन प्रस्तावलाई पारित गर्न नहुने कांग्रेसका नेताहरुको दाबी छ । त्यसकारण पनि कांग्रेसभित्र यहि विवाद चर्किरहेको छ । सोमबार बसेको पदाधिकारी वैठकमा पनि ५ नम्बर प्रदेशका विषयमा नै विवाद भएको थियो । नेता डा. रामशरण महतका अनुसार यो विभाजनको विवाद कांग्रेसमा मिलेको छैन, सभापति शेरबहादुर देउवा र मन्त्री विमलेन्द्र निधिले भन्नासाथ संशोधन हुँदैन, त्यसपछि हुने आन्दोलनको मथिङ्गल भएर कांग्रेसका अन्य नेता बस्न सक्तैनन् । त्यसो त ५ नम्बर प्रदेश विभाजनको विषयलाई कांग्रेसले चुनावी रणनीतिको आधारबाट पनि व्याख्या गरेको छ । नेकपा एमालेले ५ नम्बर प्रदेशको विषयलाई लिएर त्यहाँको जनमत आफ्नो पक्षमा पार्ने भएकाले त्यसपछि उत्पन्न हुने कांग्रेसको अवस्थालाई पनि मुल्यांकन गरेर अघि बढ्नका लागि नेताहरुको बहस भएको थियो । ५ नम्बर प्रदेश एमाले र कांग्रेसको निर्वाचन शक्ति क्षेत्र हो । माओवादीको पनि राम्रो उपस्थिति भएका पहाडी जिल्ला चलाएर मधेसको समस्या कसरी समाधान हुन्छ भन्ने प्रश्न नेताहरुले वैठकमा गरेका थिए । ‘तराईसँग छुट्याएर जिल्ला गाभ्ने कुरामा सहमति हुँदैन, नेताले भनेर पनि केही हुँदैन’, वैठकमा सहभागी कांग्रेसका एक नेताले भने,‘मधेस मिलाउने नाममा पहाड र हिमाल विगार्न पाइँदैन ।’ सरकारले चाहेर पनि अब समयमा संविधान संशोधनको प्रस्ताव लैजान सक्ने स्थिति छैन । ५ नम्बर प्रदेशमा रहेका गुल्मी, अर्घाखाँची, पाल्पा, प्युठान र रोल्पालाई ४ र ६ नम्बर प्रदेशमा लैजाने सरकारको प्रस्तावको विरोध भइसकेको छ । ठूला नेताले आफ्ना क्षेत्रमा केही नचलाउने र अन्य क्षेत्रमा पार्टी नै भँसाउने हिसावले काम गर्न लागेको भन्दै असन्तुष्टि पोखेका नेताहरुले पार्टी विभाजन हुनेसम्मको धम्की दिएपछि कांग्रेसले एमालेको सहमतिविना संविधान संशोधन गर्नु उपयुक्त नहुने निष्कर्ष निकालेको छ । जबकि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मधेसी मोर्चासँग बसेको संयुक्त वैठकमा सभापति शेरबहादुर देउवा र विमलेन्द्र निधिले उक्त प्रस्तावमा सहमति जनाइसकेका थिए । ‘विमलेन्द्र जीले जे भन्यो त्यहि मान्ने हो भने कांग्रेसमा अरु किन चाहियो ? उहाँले ५ नम्बर प्रदेशको जिल्लाको बारेमा कुरा गर्न सुहाउँछ ? उहाँ त्यहाँबाट चुनाव उठ्ने हो र ?’, वैठकमा नेताहरुले गरेको प्रश्न सुनाउँदै स्रोतले भन्यो,‘बर्दियादेखि भन्ने कुरा छ, कैलाली कञ्चनपुरचाहीँ किन नहुने ? त्यो चाहीँ सभापतिको इच्छाको जिल्ला भएर हो ? जे पनि हुनसक्छ । हामीले पनि राजनीति गर्नु छ, हामीलाई खुइलाउने हो भने हामी पनि खुइलाउन जान्दछौं ।’ त्यसो त एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको संशोधन प्रस्तावका नाममा गरिएको सहमतिको औचित्य नै सावित नहुने बताएका छन् । उनले पहाडको विषयलाई, पश्चिमको विषयलाई सप्तरी, सिरहा र सर्लाहीका नेताले निर्णय गरेर नसुहाउने बताए । उनले त्यसो गरे सरकारले ठूलो मुल्य चुकाउनुपर्ने चेतावनी पनि दिइसकेका छन् । उता, यहि प्रस्तावको विपक्षमा संघीय समाजवादी फोरम पनि उभिएका कारणले अहिलेको समयमा सहमति हुन नसक्ने लगभग निश्चित भएको छ । स्रोतका अनुसार सत्तारुढ दलहरुभित्रै यो प्रस्तावमा विवाद कायम रहेको, बलियो प्रतिपक्ष आन्दोलनमा जान लागेको र मधेसी मोर्चाले नै नमानिरहेको अवस्थामा संशोधन आउने सम्भावना न्युन छ । अझ, प्रधानमन्त्रीको प्रस्तावका कारण नै ५ नम्बर प्रदेशको विषयमा झन जटिलता थपिएको छ । उता, एमालेको ५ नम्बर प्रदेशको वैठकले कुनै पनि हालतमा जिल्ला हेरफेर गर्न नदिने निर्णय गर्दै आन्दोलनको घोषणा पनि गरिसकेको छ । त्यस्तो अवस्था आए रक्तपातसम्म हुनसक्ने एमालेका स्थानीय नेताहरुले वैठक र मञ्चमा पनि भनिसकेका छन् । जनप्रहार साप्ताहिकमा खबर छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending