Khabar Dabali १० बैशाख २०८३ बिहीबार | 23rd April, 2026 Thu

हराएका १८ लाख मत खोज्ने जिम्मा वाइसिएलको — दिपशिखा

\"deep-shikha-750\"रसुवा, ७ मंसिर । वाइसिएल नेपालका महासचिब रामप्रसाद सापकोटा  ’दिपशिखा’ ले दोस्रो संबिधान सभाको निर्वाचनमा माओबादीको  हराएका १८ लाख मत खोज्ने कामको जिम्मा वाइसिएलले लिने बताएका छन । रसुवाको कालिकास्थानमा मंगलबार नेकपा (माओबादी) केन्द्रको सहाएक संगठन वाइसिएल नेपाल, रसुवाको प्रथम बिस्तारित बैठकलाई सम्बोधन गर्दै उनले दोस्रो संबिधान सभाको बेला वाइसिएल बुद्द बनेर बस्दा जनताका मुद्धा हरुलाई पराजित गर्न षड्यन्त्र गरिएको बताए । उनले इतिहासले सोधेको प्रस्नै प्रश्नको घेरामा माओवादी आन्दोलन उभिएको भन्दै त्यसको जवाफ सहि ढंगले दिन सक्नु या नसक्नुमा नै माओवादी आन्दोलनको भबिष्य जोडीएको बताए । हिजोका दिनमा माओवादी आन्दोलन माथि उठेका प्रश्नहरुको सहि ढंगले जवाफ दिदा आन्दोलनले उठाएका एजेन्डाहरु स्थापित भएको भन्दै महासचिब दिपशिखाले अहिले उठेका प्रश्नहरुको पनि सहि ढंगले जवाफ दिइने बताए । उनले आफ्नो समयमा प्रचन्ड, मोहन बैध्य, बाबुराम भट्टराई लगाएतले इतिहासले सोधेको प्रश्नको जवाफ दिइ सकेको भन्दै अहिले उठेका सबै प्रश्नहरुको जवाफ दिने जिम्मा  युवाहरुको काधमा आएको बताए । अबको वाइसिएल स्मार्ट वाइसिएल बन्ने र भ्रस्ट दलाल र बेइमानहरुका बिरुद्द पहाड  बनेर उभिने भन्दै उनले हिजो आफुहरु गणतन्त्रका लागि लढिरहदा  सिहदरबारमा बसेर खिसिटिउरी गर्नेहरुलाइ अब वाइसिएलले नछाड्ने बताए । त्यसै गरी बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्र रसुवाका अध्यक्ष ईन्द्र गौतम ’जगतजङग’ ले राजनीतिक, आर्थिक , सामाजिक आन्दोलनलाई थप उचाइमा उठाउन युवा संगठनहरुको परिचालन महत्वपूर्ण हुने बताए । उनले वाइसिएललाई आवस्यकता पर्दा जनमुक्ती सेनाको भूमिका निर्बाह गर्न सक्ने जुझारु संगठनको रुपमा प्रयोग गर्नु पर्ने बताउदै पार्टिले अघी सारेका नाराहरुलाई आत्मसात गर्दै सम्ब्रृद्द रसुवा निर्माणमा जुटन युवाहरुलाई आव्हान समेत गरे । बैठकलाइ वाइसिएल नेपाल ३ नम्बर प्रदेसका सम्योजक सुदिप तमाङग, नेकपा माओवादी केन्द्र रसुवाका बरिष्ठ उपाध्यक्ष माधव लामिछाने ’समिर’, उपाध्यक्ष उद्धब रिजाल , सचिब फुर्बा तेन्जिन तमाङग लगायतले प्रशिक्षण दिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending