Khabar Dabali ६ बैशाख २०८३ आईतवार | 19th April, 2026 Sun

स्वास्थ्यमन्त्री थापाको पहिलो तलब कोषलाई

\"gagan-400\"काठमाडौँ, ७ मंसिर । स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी (बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन । मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुगेका थापाले त्यहाँ उपचाररत बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने भनी त्यति बेला नै घोषणा गरेका थिए । सोही अनुरुप उनले सोमबार रकम हस्तान्तरण गरेको मन्त्री थापाको नीजि सचिवालयले जनाएको छ । अस्पतालमा उपचार गर्न आउने विपन्नलाई सहयोग गर्नका लागि सम्भ्रान्त एवं सम्पन्न वर्गलाई आह्वान गरेका थिए । अस्पतालमा अर्बुद रोगपीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको सो कोषलाई अर्थ अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने नपर्ने भावनाका साथ सशक्त बनाउन निर्देशन दिएका थिए । सो निर्देशन अनुसार नै अहिलेसम्म कुनै पनि बालबालिका अर्थाभावका कारण उपचारबाट वञ्चित हुनु नपरेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए । उनका अनुसार गत वर्ष पुराना पाँच सय ८४ र नयाँ ४५ जनाको उपचार गरिएको थियो । अंकोलोजी वार्डमा २६ श्यया छन् । सन् १९९७ मा बेलायतीले सुरु गरिदिएको कोषमा अहिले रु चार करोड छ । मन्त्री थापाको सहयोग र समर्थनले आफूहरुलाई हौसला बढेको बताउँदै उहाँले कोषमा रकम बढाउन अरुलाई पनि प्रेरणा मिल्ने विश्वास गरे । मन्त्री थापाले कान्ती अस्पतालको मात्र नभई अन्य अस्पतालमा स्थापना भएका कोषलाई पनि प्रभावकारी र मजबुत गराउन आग्रह गरेका छन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending