Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

महिला मजदुरकै भरमा उद्योग

मोरङ, ७ मंसिर । गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योग गाउँ जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्ततः गर्नसक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारको रुपमा प्रयोग गर्न उत्साहित गरेको छ । महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक ४०० रुपैयाँसम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका १०० भन्दा बढी ठूला उद्योगमा १५ हजारभन्दा बढी महिला कामदार नियमितरुपमा काम गरिरहेका छन् । “महिला कामदारका लागि हामीले बसबाट ल्याउने र पु¥याउनेसमेत गरेका छौँ”, अरिहन्त जुट मिल्सका गोविन्द बजगाईंले भने । दुहबी–४ सुनसरीकी सरस्वती चौधरी क्वालिटी बिस्कुट उद्योग, दुहबीमा काम गर्नुहुन्छ । उहाका श्रीमान् वैदेशिक रोजगारीका लागि कतार गएको तीन वर्ष भयो । छोराछोरीलाई बिहानै खाना खुवाएर चौधरी उद्योगमा काम गर्न जान्छन । उद्योगमा कामगर्ने बहुसङ्ख्यक महिलाका श्रीमान् विदेशमा छन् । पुरुष विदेश गएपछि उद्योगमा देखिँदै आएको मजदुर अभाव महिला मजदुरबाट पूर्ति गर्ने प्रयासमा उद्योग जुटेका छन् । “पुरुष कामदारको अभाव पूर्तिगर्न पनि हामीले महिलालाई राखेका छौँ, उनीहरू कामप्रति बढी जिम्मेवार हुने गर्दछन्”, क्वालिटी बिस्कुट उद्योगका प्रबन्ध निर्देशक नवलकिशोर काबराले भने,“उनीहरू गफमा भन्दा काममा बढी ध्यान दिन्छन् ।” यस्ता महिलालाई उद्योगले समयको पावन्दीलाई ध्यान दिएर काम गर्छन् । उनीहरूलाई साँझ ६ बजेपछि बिदा दिइन्छ । काबराको उद्योगमा ४०० भन्दा बढीले रोजगारी पाएका छन् । अरुमा पनि २०० भन्दा बढी महिला छन् । औद्योगिक करिडोरमा सञ्चालित जुट उद्योगमा पनि महिला मजदुरले नै बढी मात्रामा काम गरेको देख्न सकिन्छ । नेपाल जुट उद्योग सङ्घका अध्यक्ष राजकुमार गोल्छाले भने, “तर अहिले महिला कामदार राख्न थालेपछि अभाव हटेको छ ।” उनका अनुसार मजदुरकै कारण अहिले उद्योगले उत्पादन कटौती गर्नुपर्ने अवस्था छैन । महिला भनेपछि गार्मेन्टस् उद्योगमा मात्र काम गर्ने संस्कार थियो । महिला यतिबेला जुट, बिस्कुट, प्लास्टिक, चकलेट, चाउचाउलगायतका उद्योगमा काम गरिरहेका छन् । “मेरो रमपममा पनि महिला कामदार मनग्गे छन्”, एसियन थाइफुड्सका प्रबन्ध निर्देशक महेश जाजुले भने । यस क्षेत्रमा सानाठूला गरी ५५० भन्दा बढी उद्योग छन् । ती उद्योगमा करिब ६० हजारभन्दा बढीले रोजगारी पाएका छन् । त्यसमध्ये यस क्षेत्रमा सञ्चालित नौ जुट उद्योगमा मात्रै २० हजारभन्दा बढी मजदुर आबद्ध छन् । विगतमा खेती गर्ने पनि अहिले उद्योगमा मजदुरी गर्न थालेका छन् । मोरङ सिसवनी बडहराकी फूलमती राजवंशी उद्योगमा काम गर्नुभन्दा अगाडि अर्काको खेती गर्नुहुन्थ्यो । तर खेतीबाट सधैँ घाटा हुन थालेपछि कृषि पेसालाई चटक्कै छाडेर मजदुरी गर्न थालेको उनी बताउँछन । “कहिले पानी नपर्ने, कहिले मल नपाउने, कहिले उत्पादित वस्तुको मूल्य नहुने अवस्थाले लगानीसमेत नउठेर धेरैपटक घाटा सहनुप¥यो,” फूलमतीले भने, “उद्योगमा त काम गरेको दिन पैसा पाइहालिन्छ ।” उद्योगमा काम गर्ने महिलाले दैनिक रु ५५० देखि ८०० सम्म कमाउने गरेका छन् । उद्योगमा काम गर्नेमध्ये एकै परिवारका चार–पाँचजनासमेत महिला छन् । उद्योग सङ्गठनका कार्यकारी सदस्य नन्दकिशोर राठीले भने “महिला मजदुर सधैँ कसरी धेरै काम गरेर बढी पैसा कमाउने भन्नेतर्फ ध्यान केन्द्रित गरेको देखिन्छ”, उनले थपे, “त्यही भएर पनि हुनसक्छ केही वर्षयता उद्योगमा मजदुरको समस्या छैन ।”
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending