Ntc summer Offer
Khabar Dabali ८ जेष्ठ २०८१ मंगलवार | 21st May, 2024 Tue
NIMB

प्रधानमन्त्री प्रचण्डले यसरी बुझे शान्ति सम्झौताका १० वर्ष

\"prachanda-750\"काठमाडौं, ५ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति सम्झौता यताको दश वर्षको अवधिमा नेपालको राजनीतिमा गुणात्मक परिवर्तन आएको बताएका छन् । शनिबार राति नेपाल टेलिभिजनको सिधा कुरा प्रधानमन्त्रीसँग कार्यक्रमको अन्तर्वार्तामा प्रधानमन्त्रीले दश वर्षको शान्ति प्रक्रिया मौलिक र गुणात्मक भएको बताएका हुन् । शान्ति सम्झौताको दश वर्ष पुरा भएको सन्दर्भमा प्रधानमन्त्रीको स्वकिय सचिवालयले तयार गरेर पठाएको अन्तर्वाताको सारसंक्षेप । — दश वर्षको अगाडि र अहिलेको स्थिति हेर्दा राजनीतिक रुपमा अलि व्यवहारिक र भावनात्मक रुपमा पनि पृथक समीक्षा हुुनुपर्छ । यो दश वर्षमा राजतन्त्रबाट गणतन्त्रमा, एकात्मकताबाट संघीयतामा जानु सामान्य कुरा होइन । यो शान्ति सम्झौता र शान्ति प्रक्रियाको देन हो । अहिले देशमा द्धन्द्धको स्थिति छैन । शान्ति सम्झौताको दश वर्ष हेर्दा ठूलठूला राजनीतिक र भावनात्मक परिवर्तन भएको छ । राजनीतिमा गुणात्मक परिवर्तन आएको छ । तर, जनताको जीवनमा परिवर्तन ल्याउने सपना गुणात्मक रुपमा अगाडि बढ्न सकेको छैन, अबको हाम्रो ध्यान जनताको जीवन बदल्ने दिशातिर हुनुपर्छ । — जनजीविकाको क्षेत्रमा पनि क्रमशः प्रयासहरु भएका छन् । विश्वका अनुभव हेर्दा नेपालको संक्रमणकाल धेरै लामो होइन । तर, जनअपेक्षाका दृष्टिले लामो भन्नुपर्ने हुन्छ । यस बीचमा हामीले शान्ति सम्झौता, सेना समायोजन, हतियार व्यवस्थापन, संविधान सभा, गणतन्त्र, विकास निर्माणका दृष्टिले हेर्दा दश वर्षलाई उत्साहवद्र्धक रुपमै लिन सकिन्छ । — वैद्य, विप्लवजीहरु पनि पुरानै ठाउँमा हुनुहुन्न । सेना समायोजनदेखि विभाजित भएको माओवादी आन्दोलन एकताको आवश्यकतातिर जाँदैछ । जनताका मुद्धा र विकास एवं परिवर्तनलाई संस्थागत गर्न सबै माओवादीहरु एकतावद्ध हुनैपर्छ । समयले सबै माओवादी एकै ठाउँमा आएर परिवर्तनलाई संस्थागत र समृद्धितिर जान निर्देशित गरेको छ । सबै माओवादी धाराहरुलाई म विशेष रुपमा एकताका लागि अपील गर्न चाहन्छु । — बेपत्ताको छानविन छिटै होस् भन्ने चाहन्थ्यौं । यसमा केही बिलम्व भयो, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता आयोग बनेर काम गरिरहेका छन् । ऐन संशोधन र कार्यान्वयनको सकारात्मक वातावरण बनाउनेतिर हाम्रो जोड छ । परिणाम देखिन थालेका छन्, छिटै सकारात्मक नतिजा आउँछ र शान्ति प्रक्रियाले पनि पूर्णता पाउँछ । — संक्रमणकाल केही जटिल हुन्छ । ठूलठूला परिवर्तनहरुको व्यवस्थापनका लागि केही समय लाग्थ्यो र लाग्यो । सरकार सबै समस्याहरुलाई सकारात्मक रुपमा समाधान गर्ने कोशिस गरिरहेको छ । हामी सबै समस्यालाई व्यवस्थापन गर्न सक्षम छौं । — सरकारको १०० दिनमा विकास आयोजना, छिमेकीसँगको सम्बन्ध, संविधान संशोधनको तयारी, जनजिविकाको सम्बोधन लगायतका काममा निकै प्रगति भएको छ । मेरो काममा म सन्तुष्ट छु, परिणामले त्यसको पुष्टि गर्दछ । सरकार बनेदेखि नै संविधान संशोधनको प्रयास भएको हो, त्यसमा पर्याप्त प्रगति भएको छ । पूनर्निर्माणको काम सन्तोषजनक रुपमै अगाडि बढेको छ । देश सुशासन र विकास निर्माणतिर जाँदैछ, व्यवस्थापनका दृष्टिले सरकार बलियो बन्दै गएको छ । सरकारले लिएका निर्णयहरुले धेरै ठाउँमा सुधार आएको छ । त्यसै गरी विदेशमा गएका नेपाली नागरिकका लागि सरकारले गरेका काम सकारात्मक छन, तथ्यले यही भन्छ । सरकार निरन्तर राष्ट्र र जनताको पक्षमा अघि बढेको छ । — संविधान संशोधनको अन्तिम तयारीमा छु । संविधान संशोधनको पूर्वाधारका रुपमा विश्वासको वातावरण बनेको छ । मुद्धा फिर्ता, उच्चस्तरीय आयोग, भाषा आयोग, क्षतिपूर्ति, शहिद घोषणा लगायतका काम गम्भीरतापूर्वक भएका छन् । यसलाई सामान्य रुपमा लिनु हुँदैन, यो संविधान संशोधनका लागि विश्वासको वातावरणकै लागि गरिएको हो । मधेशी मोर्चा र संघीय गठबन्धनको भनाइले मलाई अप्ठ्यारो पारेको छैन । प्रतिपक्षले पनि हिमाल, पहाड र तराईलाई मिलाएर राष्ट्रिय एकता कायम गर्ने हो भने संविधान संशोधनमा तयार हुनुपर्छ । — मैले प्रतिपक्षका साथीहरुले हिजो आफैले भनेको विषयको वरिपरि रहेर समझदारी खोजेको छु । उहाँहरुले आफैले गरेको प्रतिवद्धताबाट बिचलित हुन मिल्दैन । के उहाँले देशलाई अप्ठ्यारोमा लान खोजेको हो ? के उहाँहरुले संविधान कार्यान्वयन गर्न नचाहेको हो ? म अझै पनि आशावादी छु, उहाँहरु सहमतिमा आउनु हुन्छ । उहाँहरुले चुनाव हुन नदिने स्थिति र कोणबाट सोच्नुभयो भने हामीले पनि गम्भीर भएर सोच्नुपर्ने हुन्छ । — हामी ६ गते प्रमूख दलहरु बसेर छलफल गर्छाैं । सहमतिका लागि प्रयास गर्छाैं । उहाँहरु मान्नुभएन भने हामी अगाडि बढ्छौं । संविधान संशोधन प्रस्ताव तयार हुन्छ र थप छलफल पनि गर्दै जान्छौं । यसमा धेरै समय अल्मलिने अवस्था छैन । — भ्रष्टाचार नियन्त्रण र कालोबजारी रोकथामको क्षेत्रमा काफी प्रगति भएको छ । बजार अनुगमन नियमित गरिएको छ । भ्रष्टाचार नियन्त्रणमा कडा कानून बनाउन सकिन्छ, त्यसका लागि मृत्युदण्डको व्यवस्था नै गर्नुपर्छ भन्ने लाग्दैन । तर, बलियो कानून जरुरी छ । — उर्जाको क्षेत्रमा अघिल्लोपटक हामीले महत्वकांक्षी योजना बनाउन खोजेका थियौं । तर, सकेनौं । यसपटक हामीले जनतामा नतिजा देखिने गरी काम गर्न खोज्यौं । हामीले एउटा सक्षम मानिसलाई प्राधिकरणको प्रमूखका रुपमा अगाडि ल्यायौं । प्रधानमन्त्री, मन्त्री र प्राधिकरणसम्म जनताको पक्षमा केही गरिछाड्ने संकल्पले हामी लोडसेडिङ अन्त्य गर्न सफल भयौं । दोस्रो, हामीले विद्युतको व्यवस्थापनमा भएका कमि सच्चायौं, हामीले विद्युतको अधिकतम सदुपयोग र विद्युत चोरी कम गरेर लोडसेडिङ रोक्न सफल भयौं । तर, हामी यसैमा रमाउनु हुँदैन । ठूला आयोजना छिटो सम्पन्न गरेर मात्र हामी लोडसेडिङ सधैका लागि अन्त्य गर्न सक्छौं । अहिलेको अनुभवले इमान्दार भएर काम गर्याैं भने लोडसेडिङ कम गर्न सकिन्छ भन्ने प्रमाणित हुन्छ । हामी विद्युत आपूर्तिमा सुधार गर्न सक्छौं । — बुढीगण्डकी अहिलेका विद्युत आयोजनाहरुमध्ये सबैभन्दा ठूलो आयोजना हो । त्यसको अन्तिम तयारी भइरहेको छ । किसानहरुलाई उचित मुआब्जा दिएर आयोजनाको सुरुवात गर्ने गृहकार्य भइरहेको छ । यसबाहेक अरु आयोजनाहरु पनि छिटै सुरु हुन्छन् । त्यसका लागि सरकारले आयोजनाको स्तर निर्धारण गरी जनताको शेयर समेत समावेश गर्ने गरी तयारी गरेको छ । केही हप्ताभित्र केही ठूला आयोजनाहरु प्रारम्भ हुन्छन् । — देशको स्वाधिनतालाई मजबूत बनाउने उद्देश्यले नै म सरकारमा छु । मेरो एक मात्र चाहना देश र जनताको हित हो । हिमाल, पहाड र तराईलाई जोड्ने मेरो सकारात्मक प्रयासलाई तोडमरोड गर्ने प्रयास गर्ने गरिएको छ । यसबाहेक गरिएका तर्कहरु सत्य होइनन्, भ्रामक प्रचार मात्र हुन् । सीमानामा भएका विवाद र डुबानका बारेमा सरकारी तबरमा कुरा भएको छ । मेरो भारत भ्रमणमा पनि यस विषयमा कुरा भएको छ । दुवैतिरको विज्ञहरुको टिमले काम गरिरहेको छ । हामी छिटै एउटा टुंगोमा पुग्छौं । — बिनिता केसीलाई धन्यवाद दिन चाहन्छु । विदेशमा रहेका नेपालीलाई उद्दार गर्ने र राहत दिने मेरो संकल्प छ । अस्ति पनि केही साथीहरु प्रधानमन्त्री कार्यालयमा आएर धन्यवाद दिनुभयो । आज मात्रै मैले उद्दार गरिएका पाँच जना युवाहरु भेटे, उहाँहरुका दर्दानाक कुरा सुने । सरकारले उद्दार र राहतका लागि प्रयास गरिरहेको छ । तर, यी सबै सहायक कुरा नै हुन् । स्थायी समाधानका लागि देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । त्यसमा सरकार गम्भीर छ । अहिले सरकारको तर्फबाट राहत र उद्दार दिने कुरामा गम्भीरतापूर्वक कदम चालेका छौं । — नेपालीहरु लाखौंको संख्यामा भारतमा काम गर्छन्, उनीहरु भारतीय मुद्राकै कारोबार गर्छन्, नेपाल र भारतको खुल्ला सीमाना र सम्बन्ध छ । त्यसैले मैले भारतीय प्रधानमन्त्रीलाई टेलिफोन गरी भारतीय नागरिकले पाउने सुबिधा नेपालीलाई पनि चाहियो, भारु सटही सहज हुनुपर्यो भनेको छु । उहाँले सकारात्मक रुपमा समाधान गर्छाैं भन्नुभएको छ । केही दिनमा समाधान हुने आशा गरेका छौं । — खेलाडीहरुलाई घोषणा गरेको पुरस्कार हामी दिन्छौं । २१ वर्षपछि नेपालले पदक हासिल गरेको छ । हामीले घोषणाका लागि घोषणा गरेका छैनौं, यसको कार्यान्वयन हुन्छ । खेलाडीहरुले देशको गौरव बढाएका छन्, यसलाई हामीले राष्ट्रको शानको रुपमा लिनुपर्छ । सरकार खेल क्षेत्रप्रति संवेदनशील छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies