Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

दुर्घटनामा ६ को मृत्यु

\"Accident-sign-610x259-750\"काठमाडौं, ४ मंसिर । देशको विभिन्न ठाउँमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । मकवानपुरको भिमफेदी–८ जुरिखेतस्थित सडकमा बा.३ च ९२८९ नम्बरको कार आफै अनियन्त्रित भई दुर्घटना हुँदा कारमा सवार काठमाडौं महानगरपालिका–२० बस्ने ५० वर्षीय शरद बैधको घटनास्थलमै मृत्यु भएको छ । गम्भीर घाइते भएकी काठमाडौं महानगरपालिका–३० ज्याठा बस्ने ४० वर्षीया अनुजा श्रेष्ठको प्राथामिक स्वास्थ्य उपचार केन्द्र भिमफेदीमा उपचारको क्रममा मृत्यु भएको हो । चालकसमेत ३ जना घाइतेलाई उक्त उपचार केन्द्रबाट थप उपचारको लागि चुरेहिल अस्पताल पठाइएको छ । कारलाई प्रहरीको नियन्त्रणमा रहेको छ । नवलपरासीको शुक्रौली–२ शुक्रौली चोकस्थित हुलाकी सडक खण्डमा लु.१ ख ९७८९ नम्वरको ट्रकले बा.९ प ८३८४ नम्वरको मोटरसाइकललाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० बस्ने ३८ वर्षीय बैजु हरिजनको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाबाट बा.९ प ८३८४ नम्वरको मोटरसाइकल उछिट्टिन गई लु.८ प १०८९ नम्वरकोे मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक रामग्राम नगरपालिका–१० बस्ने २७ वर्षीय जंगली हरिजन र २६ वर्षीय पशुराम हरिजन घाइते भएका छन् । घाईतेलाई उपचारको लागि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । झापाको मेची नगरपालिका –११ पालीया पुलस्थित पूर्व पश्चिम राजमार्गमा हाल नम्वर नखुलेको सवारी साधनले शुक्रवार ठक्कर दिंदा पैदलयात्री सोही ठाउँ धरमपुर–४ बस्ने ४६ वर्षीय दिलिप कट्वालको घटनास्थलमै मृत्यु छ । फरार सवारी साधनको खोजतलास भइरहेको छ । कपिलबस्तुको बाणगंगा नगरपालिका–१० बुङचीस्थित महेन्द्र राजमार्गमा ना.४ ख ७८९६ नम्वरको बस र म १ च ३९६ नम्वरको एम्बुलेन्स दुर्घटना भएको छ । एम्बुलेन्समा सवार कंचनपुर बाइस बिजुवा बस्ने ६० बर्षीय मदिया राना र ५५ वर्षीय सुब्बा रानाको मृत्यु भएको हो । एम्बुलेन्स चालक समेत ७ जना गम्भीर घाइते भएकोले उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल पठाइएकोमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो । अन्य ५ जनालाई थप उपचारको लागि मेडिकल कलेज भैरहवा रिफर गरिएको छ । बसमा सवार २ जना सामान्य घाइते भई स्थानिय अस्पतालमा उपचार पश्चात डिश्चार्ज भएका छन । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending