Khabar Dabali ७ माघ २०८२ मंगलवार | 20th January, 2026 Tue
Investment bank

पाँच सय र एक हजारका नोटमा प्रतिबन्धका कारण भारतमा ३३ को मृत्यु

\"india-3-660x330\"नयाँदिल्ली, ४ मंसिर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँच सय र एक हजारका नोटमा प्रतिबन्ध लगाएपछि भारतभर यसको गहिरो प्रभाव परेको छ । ती दुई नोटलाई प्रतिबन्ध घोषणा गरेको एक साताभित्र मुद्रा जोडिएका घटनामा ३३ जनाको मृत्यु भएको छ । मुद्रा प्रतिबन्धकै कारण केहीले आत्महत्या गरेका छन् भने धेरैलाई हृदयाघात भएको छ । कालो धन र भ्रष्टाचार नियन्त्रण गर्न सरकारले चालेको अप्रत्याशित कदमको मारमा सर्वसाधारण परेका छन् । उनीहरूमा चरम असुविधा भएको छ र मनोवैज्ञानिक त्रास बढेको छ । आर्थिक तनावपछि हृदयाघातका कारण केहीको मृत्यु भएको छ । आर्थिक संकट सामना गर्न नसक्दा केहीले आत्महत्या गरेका छन् । सरकारले नोभेम्बर ८ मा पाँच सय र हजारका नोटमा प्रतिबन्ध लगाएको खबर सुनेलगत्तै फैजाबादका एक व्यापारीको हृदयाघातका कारण मृत्यु भएको भारतको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ । त्यस्तै, पैसा साट्न बैंकमा घन्टौँ लामो लाइनमा बस्नुपर्दा पनि वृद्धवृद्धाको हृदयाघात भएर मृत्यु भएको छ । महाराष्ट्रको नन्डेड जिल्लामा रहेको एउटा बैंकमा पैसा साट्न लाइनमा बसेका एक ७० वर्षीय वृद्धको मृत्यु भएको पिटिआईले जनाएको छ । त्यस्तै, अर्का एक ७३ वर्षीय वृद्धको पनि मुलुन्डमा बैंकमा नै लाइन बस्ने क्रममा हृदयाघात भएको छ । पुराना नोट बैंक डिपोजिट गर्ने क्रममा शुक्रबार केरलामा एक ४८ वर्षीय व्यक्तिको मृत्यु भएको छ । महिला र पुरुषका लागि छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ । घन्टौँसम्म लाइनमा कुर्नुपर्दा केही मानिस सडकमै ढलेका छन् । अहमदाबादका एक किसानको शनिबार बैंकमा लाइनमा बस्दाबस्दै हृदयाघात भएर मृत्यु भएको छ । त्यस्तै, गुज्रातको सुरेन्द्रनगर जिल्लाको बैंकमा लाइन बस्ने क्रममा ६९ वर्षीय पुरुषको मृत्यु भएको छ । पैसा साट्न नपाएपछि मंगलबार अनुपसारका एक किशोरले आत्महत्या गरेका छन् । १२ कक्षाका विद्यार्थीले सिलिङमा झुन्डिएर आत्महत्या गरेका हुन् । बैंक र एटिएम मेसिनमा बिहानदेखि बेलुकासम्म सर्वसाधारणको भीड लाग्ने गरेको छ । बैंकहरूले एटिएमबाट एक सयका नोट मात्र निकाल्न सकिने व्यवस्था गरेको बताए पनि अधिकांंश मेसिन रित्तै छन् । खुलेका मेसिनबाट पैसा झिक्न नसकिएको सर्वसाधारणले गुनासो गरेका छन् । केही मेसिनमा प्राविधिक त्रुटि भएको सूचना टाँसिएका छन् । अर्कोतर्फ पैसा भएका एटिएम मेसिनमा केही घन्टामा नै रकम सिद्धिँदा पैसा झिक्न लाइनमा बसेका सर्वसाधारण रित्ता हात फर्कनुपरेको छ । पैसा साट्ने लामो लाइनमा दिनहुँजसो झडप हुने गरेका छन् । उत्तर प्रदेशको एउटा बैंकमा लाइनमा बसेका मानिसले बैंकका कर्मचारीलाई ढुंगा प्रहार गरेका छन् । बंैकमा ढुंगा हान्ने सयजनालाई प्रहरीले पक्राउ गरेको छ । घन्टौँ कुर्दा पनि आफ्नो पालो नपाएपछि एक युवतीले कपडा खोलेर सडकमै प्रदर्शन गरेकी छिन् । उनलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएको थियो । बंैकअगाडि अर्धनग्न भएर विरोध गरेको उनका तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । यसैबीच, नोट साट्ने मानिसलाई व्यवस्थित गर्न भन्दै केही बैंकले नोट साट्नेका औँलामा मसी लगाइदिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending