Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

मङ्सिर ३ गते हङकङमा नेपाली खेलाडी दौडने

काठमाडौँ, २७ कात्तिक । नेपालका चार धावकले हङकङमा हुने ‘अक्सफाम ट्रेल वाकर’म्याराथनमा दौडने भएका छन् । आगामी मङ्सिर ३ गते हुन लागेको उक्त दौडमा नेपालका तर्फबाट पूर्ण तामाङ, तीर्थ तामाङ, वेदबहादुर गुरुङ र भीम गुरुङ भाग लिँदैछन् । उनीहरु नेपालमा हरेक वर्ष हुने तेन्जिङ हिलारी एभरेष्ट म्याराथनका विजेता/उपविजेता हुन् । हङकङमा हुने उक्त स्पर्धामा विश्वभरका १० हजारभन्दा बढी धावकले प्रतिस्पर्धा गर्दैछन् । उनीहरुले दौडदा एभरेष्ट म्याराथन लेखिएको टि–सर्ट लगाउनेछन् । विगत १५ वर्षदेखि सुरु भएको एभरेष्ट म्याराथनका प्रतिस्पर्धीले विस्तारै अन्तर्राष्ट्रिय ‘एक्सपोजर’ पाउन थालेको र त्यसको परिणामस्वरुप नेपाली खेलाडीले हङकङमा उक्त अवसर पाएको आज आयोजित कार्यक्रममा जानकारी गराइयो । एभरेष्ट म्याराथनका अभियन्ता विक्रम पाडेकाजीले सरकारले लगानी नगरीकन नै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म्याराथनमा नेपाली खेलाडीले सुःखद परिणाम ल्याएको बताए । उनले देशभरका कुनाकाप्चामा छरिएर रहेका खेलाडीलाई एभरेष्ट म्याराथनमा अवसर दिनुको परिणाम हङकङ म्याराथनमा सहभागिता रहेको बताए । वरिष्ठ म्याराथन धावक बैकुण्ठ मानन्धरले नेपालमै आएर पनि विदेशीहरु नेपाली भन्दा धेरै दौडने गरेको दृष्टान्त दिँदै अब नेपालीहरु पनि विदेशी सरह दौडन सक्छन् भन्ने देखाउने अवसर आएको बताए । नेपाल पर्यटन बोर्डका सञ्चार संयोजक शरद प्रधानले विदेशमा नेपाली खेलाडीले दौडिएर भूकम्पपछि पर्यटन क्षेत्रमा परेको क्षतिलाई कम गराउन भूमिका खेल्ने आशा व्यक्त गरे । यसैबीच आइतबार हङकङ प्रस्थान गर्ने खेलाडीलाई आजै एक कार्यक्रमबीच वरिष्ठ धावक मानन्धरले राष्ट्रिय झन्डा दिएर बिदाइ गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending