Ntc summer Offer
Khabar Dabali २५ बैशाख २०८१ मंगलवार | 7th May, 2024 Tue
NIMB

एमाले मन्त्री ज्ञवालीले अयोग्य भनि हटाएका कुलमानले गरे चमत्कार

\"radha-kulman\"काठमाडौं, २३ कात्तिक । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पालामा ऊर्जामन्त्री बनेकी राधा ज्ञवालीले अयोग्य भन्दै कारवाहीको दायरामा राखेका कूलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि नयाँ चमत्कार नै गरिदिएका छन् । दैनिक १६ घण्टासम्म लोडसेडिङको मार खेप्नुपरेको राजधानीमा तिहारयता कुलमानले काठमाडौंमा लोडसेडिङ हटाएका छन् । माओवादी केन्द्रको सरकारको पालामा निर्देशक बनेका घिसिङलाई तत्कालिन ऊर्जामन्त्री ज्ञवालीले चिलिमे हाइड्रोपावरबाट सरुवा गरेर प्राधिकरणको केन्द्रीय कार्यालय तानेकी थिइन् । घिसिङ चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरेका थिए । उनले चिलिमेकै आम्दानीबाट सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्ये भोटेकोशी जलविद्युत आयोजना निर्माण सुरु गरेका थिए । राम्रो उत्पादन दिन थालेपछि तत्कालिन ऊर्जामन्त्री ज्ञवालीले एमाले निकट प्राधिकरणकै एक कर्मचारीलाई प्रबन्ध निर्देशक बनाएर चिलिमे पठाएकी थिइन् । घिसिङलाई त्यहाँबाट तानेपछि सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्ये भोटेकोशी जलविद्युत र चिलिमे हाइड्रोपावरमा एमालेले चलखेल गर्ने बाटो खुलेको थियो । त्यतिबेला घिसिङलाई चिलिमेबाट सरुवा गरेपछि रसुवामा आन्दोलन समेत भएको थियो । रसुवामा राजनीतिक दलहरुसमेत विभाजित भएर आन्दोलनको समर्थन र विरोध गरेका थिए । उनको सरुवापछि चिलिमे हाइड्रोमा शेयरको भाउ समेत ह्वातै घटेकोे थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि काम गर्न सक्ने क्षमता देखेर प्राधिकरणका ११ औं तहका कर्मचारी घिसिङलाई कार्यकारी निर्देशक बनाइएका थिए । राजधानीमा मात्र नभइ राजधानीबाहिरका मुख्य शहरहरुमा पनि लोडसेडिङमुक्त गर्ने योजनामा कुलमान रहेका छन् । विद्युुतमा अनावश्यक रुपमा भइरहेको खपत कम गरी उचित ब्यवस्थापन गर्न सके लोडसेडिङ हटाउन सकिने मान्यतामा उनी छन् । उनको योजनाअनुसार लोडसेडिङमुक्त अभियान प्रभावकारी रुपमा गर्न प्रधानमन्त्री प्रचण्डले समेत निर्देशन दिइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies