Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

एमाले मन्त्री ज्ञवालीले अयोग्य भनि हटाएका कुलमानले गरे चमत्कार

\"radha-kulman\"काठमाडौं, २३ कात्तिक । पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पालामा ऊर्जामन्त्री बनेकी राधा ज्ञवालीले अयोग्य भन्दै कारवाहीको दायरामा राखेका कूलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि नयाँ चमत्कार नै गरिदिएका छन् । दैनिक १६ घण्टासम्म लोडसेडिङको मार खेप्नुपरेको राजधानीमा तिहारयता कुलमानले काठमाडौंमा लोडसेडिङ हटाएका छन् । माओवादी केन्द्रको सरकारको पालामा निर्देशक बनेका घिसिङलाई तत्कालिन ऊर्जामन्त्री ज्ञवालीले चिलिमे हाइड्रोपावरबाट सरुवा गरेर प्राधिकरणको केन्द्रीय कार्यालय तानेकी थिइन् । घिसिङ चिलिमे हाइड्रोपावरको प्रबन्ध निर्देशक भएर लामो समय काम गरेका थिए । उनले चिलिमेकै आम्दानीबाट सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्ये भोटेकोशी जलविद्युत आयोजना निर्माण सुरु गरेका थिए । राम्रो उत्पादन दिन थालेपछि तत्कालिन ऊर्जामन्त्री ज्ञवालीले एमाले निकट प्राधिकरणकै एक कर्मचारीलाई प्रबन्ध निर्देशक बनाएर चिलिमे पठाएकी थिइन् । घिसिङलाई त्यहाँबाट तानेपछि सिन्धुपाल्चोकमा निर्माणाधिन १०२ मेगावाटको मध्ये भोटेकोशी जलविद्युत र चिलिमे हाइड्रोपावरमा एमालेले चलखेल गर्ने बाटो खुलेको थियो । त्यतिबेला घिसिङलाई चिलिमेबाट सरुवा गरेपछि रसुवामा आन्दोलन समेत भएको थियो । रसुवामा राजनीतिक दलहरुसमेत विभाजित भएर आन्दोलनको समर्थन र विरोध गरेका थिए । उनको सरुवापछि चिलिमे हाइड्रोमा शेयरको भाउ समेत ह्वातै घटेकोे थियो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेपछि काम गर्न सक्ने क्षमता देखेर प्राधिकरणका ११ औं तहका कर्मचारी घिसिङलाई कार्यकारी निर्देशक बनाइएका थिए । राजधानीमा मात्र नभइ राजधानीबाहिरका मुख्य शहरहरुमा पनि लोडसेडिङमुक्त गर्ने योजनामा कुलमान रहेका छन् । विद्युुतमा अनावश्यक रुपमा भइरहेको खपत कम गरी उचित ब्यवस्थापन गर्न सके लोडसेडिङ हटाउन सकिने मान्यतामा उनी छन् । उनको योजनाअनुसार लोडसेडिङमुक्त अभियान प्रभावकारी रुपमा गर्न प्रधानमन्त्री प्रचण्डले समेत निर्देशन दिइसकेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending