Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

नेपाल आज पूर्वी टिमोरविरुद्ध जितका लागि उत्रने

\"nepali-team-training\"काठमाडौँ, २० कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले आज पूर्वी टिमोरसँग पहिलो खेल खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे मैदानमा उत्रँदा नेपाल जितको खोजीमा हुने निश्चित छ । कारण नेपाल पूर्वी टिमोरभन्दा बलियो प्रतिद्वन्द्वी मानिन्छ । हुन पनि नेपालले सन् २०११ मा काठमाडौँमा भएको विश्वकप छनोटका दुवै खेलमा पूर्वी टिमोरलाई भारी अन्तरले पराजित गरेको थियो । सोक्रममा नेपालले पहिलो खेलमा २–१ तथा दोस्रो खेलमा ५–० को जित दर्ता गरेको थियो । जारी प्रतियोगिताको पहिलो खेलमा पनि पूर्वी टिमोर ब्रुनाईसँग ४–० ले पराजित भइसकेको छ । तसर्थ पनि यो टोलीलाई तुलनात्मक कमजोर मानिएको छ । खेलअघिको पत्रकार सम्मेलनमा नेपाली प्रशिक्षक ग्योतुकी कोजीले भने नेपालले पूर्वी टिमोरलाई कमजोर प्रतिद्वन्द्वी नठान्ने बताउनुभयो । नेपालका लागि सुःखद यो हुन सक्छ, यसअघि हातको शल्याक्रिया गरेका भरत खवासले खेल्ने सम्भावना छ । उहाँ नेपाली टोलीका भरपर्दा स्ट्राइकर हुनुहुन्छ । गत वर्ष बङ्गलादेशमा भएको बगबन्धु कप र लगत्तै १२ औंँ दक्षिण एसियाली खेलकुद ९साग०को फुटबलतर्फ स्वर्ण जितेको नेपालको हाल उच्च मनोबल छ । अहिले नेपाललगत्तै तेस्रो उपाधि जित्ने दाउमा छ । समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल मङ्गलबार ब्रुनार्ईविरूद्ध खेल्नेछ । यो समूहमा पाकिस्तान र बङ्गलादेशले अन्तिममा आफ्नो नाम फिर्ता लिएपछि तीन टोली मात्र छन् । नेपालले आज पूर्वी टिमोरलाई हराएका खण्डमा मात्र पनि सेमिफाइनलको यात्रा तय गर्नेछ । सोलिडारिटी कप एसिया क्षेत्रमा कमजोर फिफा विश्व वरियता भएका राष्ट्रको प्रतियोगिता हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies