Khabar Dabali Logo
  June 5, Fri

पार्टी एकतासँगै जनअपेक्षाअनुसारका काम गर्न सक्ने अवस्था बनेको छ

  • जेठ ३ गते, २०७७ - १५:४६
  • Uncategorized

नेपालको परिप्रेक्ष्यमा कम्युनिष्ट सरकार सधैं अल्पमतमा पर्ने, जनमत भएर पनि विभाजित हुने, जनमत भएर पनि पार्टी संसदमा सधैं जालझेलमा पर्ने अनि अर्को वर्गले जीत्ने स्थिति बनिरह्याे । २०४६/०४७ पछिको परिस्थितिलाई हेर्दा सधैं जनपक्षीय हिसाबले हाम्रो जनमत प्रचुर रहने तर संसदमा गईसकेपछि हामी कमजोर हुने स्थिति देखा परिरह्यो । जहाँ दक्षिणपन्थीहरु हाबी हुने र जनपक्षीय कामहरु नहुने स्थिति बनिरह्यो ।

त्यहि परिस्थितिकै कारण तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी केन्द्रका बीचमा एकता भएको हो । दुई पार्टीबीच एकता हुँदा वास्तविक जनमत हामीले संसदमा देखाउने स्थिति पनि बन्यो । आज ६ वटा प्रदेशमा वामपन्थीको प्रदेश सरकार र केन्द्रमा झण्डै दुई तिहाई जनमतसहितको संघीय सरकार बन्ने स्थिति बनेको छ । यसले दिर्घकालिन रुपमा उत्पीडित वर्ग, क्षेत्र र लिङ्गको हितमा काम गर्न सुरु गरेको छ । दोस्रो कुरा, अब यसको जगमा रहेर हामी स्थानीय तहको सरकारमा पनि वामपन्थीको वर्चस्व कायम गराउन सक्छौं ।

विकासको मोडेलहरु पनि जनताको पक्षमा, गरिबको पक्षमा, विपन्नको पक्षमा, अप्ठ्यारो परेको वर्गको पक्षमा जसरी हुनुपर्ने हो त्यो कम्युनिष्ट सरकारले मात्रै गर्न सक्छ । केन्द्र र तल्लो तहसम्म हाम्रो वर्चस्व भएसँगै जनताको पक्षमा हाम्रै नेपालको विशिष्ट परिस्थितिको आधारमा विकासको मोडलहरु लागु गराउन सक्छौं । हामी जनताको पक्षमा विकासको मोडेल बनाउन सक्छौं कि सक्दैनौं भन्ने वामपन्थीहरु, त्यसमा विशेषगरि अर्थशास्त्रीहरु, योजनाविद्हरु र हामी सबैको लागि चुनौति पनि हो । त्यो गर्न सक्यौं भने नेपालको विकासको मोडेल वामपन्थीहरुको वर्चस्वको जगमा रहेर हामीले दिन सक्यौं भने सदियौंसम्म एउटा पराधिन मनस्थितिबाट मुक्त हुँदै अगाडि बढ्न सक्छौं । राष्ट्रिय पुँजीको निर्माण गर्दै छरिएको पुँजीलाई एकत्रित गर्दै हामी अगाडि जान सक्छौं । मलाई लाग्छ, वामपन्थी एकताले निकै धेरै सम्भावनाका द्वारहरु खोलेको छ ।

नेकपाभित्र सिद्धान्तमा कसैको विभक्त मनोविज्ञान देखिँदैन् । माथिदेखि तलसम्मका नेता तथा कार्यकर्तामा कुनै खालको दुविधा छैन् । सिद्धान्तमा विभाजन छैन् भने चलायमान पार्टीमा काम गर्ने शैली, व्यवहार र आचरणको बारेमा लिएर टिप्पणी हुनु सामान्य कुरा हो । यी सामान्य कुराले पार्टी एकतालाई असहजता तिर लैजान्छ भन्ने लाग्दैन् । त्यसको परिकल्पना कसैले पनि गरेको छैन् ।

(देवकोटा नेपाल बुद्धिजिवि संगठनका संयोजक हुन्)

जेठ ३ गते, २०७७ - १५:४६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल कसरी अपमानित हुँदै आयो ?

नेपाल एकपछि अर्का घटनाबाट अपमानित हुँदै आएको छ । यो अपमान सत्तामा रहने शासकले आफ्नो सत्ता जोगाउन गरेका...   
पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

पाकिस्तानमा ९८ जना सवार जहाज दुर्घटना

काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक...   

थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

काठमाडौं । नेपालमा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य...   

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

काठमाडौं । झापामा ८ सहित थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

कोरोना संक्रमितको संख्या डरलाग्दो बढेकाे भन्दै विश्व स्वास्थ्य संगठनले जनायाे चिन्ता

काठमाडाैं । विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबाट संक्रमितको संख्या एकै दिन ठूलो संख्यामा भेटिएको...   

कर्णाली प्रदेशसभाको बैठक तयारी, मुख्यमन्त्रीसहित १६४ को स्वाब सङ्कलन गरियाे

काठमाडाैं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित...   
उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

उपत्यकाका सबै नाका शिल गर्न गृहमन्त्रालयको परिपत्र, काठमाडौं छिर्न कोरोना परिक्षण रिपोर्ट हुनुपर्ने

काठमाडौं । गृह मन्त्रालयले काठमाडौं उपत्यकामा बढ्दो कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका सबै...   
चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

चिनियाँ वैज्ञानिकको दाबी : भेटियो कोरोनाको औषधी, अब उपचार गर्न भ्याक्सिन नचाहिने

काठमाडौं । कोरोना महामारीको प्रकोपका बीच चीनबाट एक सुखद खबर बाहिरिएको छ । चिनियाँ वैज्ञानिकहरुबाट...   
अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

अमेरिकामा कोरोनाबाट धनीभन्दा गरिबहरुको मृत्यु बढि

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणको असर आय, नस्ल र उमेरको आधारमा भएको देखिएको छ । संक्रमित तथा संक्रमणबाट...   

क्वारेन्टिनको सुरक्षाकाे जिम्मा नेपाली सेनालाई

जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्लास्तरीय...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top